मेरो हो सुस्ता!!

 – पोष्टराज चापागाइ

लौन भारत, सत्य बोल् त, तेरो हो सुस्ता ?
इतिहास पढी हेर् त , मेरो हो सुस्ता !

नेपालीको रासोबासो सबै लुटदै,
तेरा डाका आई बस्ने डेरो हो सुस्ता ?

विशाल त्यो नेपालको छाती रेटेर,
मेरी आमा ! भनी लाको बेरो हो सुस्ता !

आफ्नो देश रक्षा गर्दै मर्ने पुर्खाले,
रगतले कोरी लेको घेरो हो सुस्ता !

नालापानी जस्ता कैयौं युद्ध लडेर,
किल्लाभित्र पार्या सेरो-फेरो हो सुस्ता !

लौन भारत, सत्य बोल् त, तेरो हो सुस्ता ?
इतिहास पढी हेर् त , मेरो हो सुस्ता !

२०६७-०८-२६
कीर्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *