बेमौसमी फूल, समय र अकविता

– राम प्रसाईं

भनिरहेछ,

image

हुजुमकाना “सन्थाल” हुनुले
सन्थालजस्तै सपना फलोस्।

माओको रेडबुक पढ्दा-पढ्दै
ग्यास्ट्राइटिसको ‘मुदिर’ भएको
कमरेड विप्लव
अलि – अलि अभिवादनमा उठेका हातहरुसंग
टाउको निहुंराउदै छ

भनिरहेछ
“तुक्काशास्त्रको विद्यार्थी मुक्ताकाशमा
सपनाको जोहो गर्दैछ
सहिद, गद्दार, वफादार
सप्पै-सप्पैका सपनामा रङ्ग पोतिरहन्छ।“
जहाजहरुले यात्रीका
लगेज होल्ड गरेझैं
सपनाहरुको होल्ड गरिनु-मा
शत्-प्रतिशत् साजिसको गन्ध छ।
होल्ड गरेर सपनाहरु
तुहाउन खोज्नुभन्दा
सपना देख्ने आकाश्हरु अभिशप्त हुन् भनियोस्
सपना देख्नु अपराध हो भनियोस्

अन्तमा,
अन्य अर्थ नलागेमा,
“हाम्रो तुक्काशास्त्रको भाषामा
सपना भन्नु नि रेटोरिक् मात्र हो”
भनियोस्।

मन्जुर छ,
“सपना मालिकहरुका मात्र हुन्,
सपना गद्दाफीहरुका मात्र हुन्,
सद्दाम्, इदि आमिन् र माच्चुपिच्चुहरु मात्र
सपनाका नायक हुन्।”

“पाखण्डको डोकोमा
बोकेर आमा बेच्न हिंड्नु–तिम्रा सपना हुनुले
तिम्रा ईश्वरादेशको पाउबन्दीमा
सपनाका लगेजहरु होल्डमा राखिए पनि
निरन्तर-निरन्तर
भित्रीरहेछन् —
लेण्डुप दोर्जेका खाली-खाली कफनहरु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *