अरुणकुमार सुबेदीको जीबन यात्रा लोकार्पण

खानीबीद अरुणकुमार सुबे्दीद्धारा लिखित जीबन यात्रा लोकार्पण भएको छ ।

बरिष्ठ पत्रकार एवं घोष्टराइटिङका सम्पादक टंक पन्त , बरिष्ठ पत्रकार एवं थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराला , नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवं लेखक अरुणकुमार सुबेदीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको जीवन यात्रामा राजनीतिक , सामाजिक , धार्मिक सास्कृतिक , आर्थक बिकास , ऐतिहासिक जस्ता बिषयलाई समेटिएको छ ।

खानी संबन्धी बिषयलाई अनुसन्धानात्मक रुपमा समेटिएको पुस्तक जीबन यात्रा युवा बिधार्थीैका लागि मात्र होइन हरेक क्षेत्रका लागि रोचक , पढनीय एवं सन्दर्भ सामग्रीका रुपमा रहेको छ ।

घोष्टराइटिङद्धारा प्रकाशित जीबन यात्राको समीक्षा गर्दे सम्पादकहरु टंक पन्त , तीर्थ कोइराला , गुणराज लुइटेल, भुगर्भबीद तारानिधि भटराइले नेपाली समाजमा रहेका बिकृतिलाई औल्याउदै नेपालको आगामी बाटोकोबारेमा उल्लेख गर्नुभएको थियो ।

लेखक सुबेदीले आफुले देशका लागि पुस्तक प्रकाशन गरेको जानकारी गराउनुभएको थियो । कार्यक्रममा पुर्बाञ्चल बिश्वबिधालयका पुर्ब उपकुलपति जगतबहादुर केसी , घोष्टराइटिङका सयोजक राजाराम गौतम , रेनुका खरेल , प्रकाशप्रसाद उपाध्याया लगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *