उर्वर साहित्य समाजको १६औं श्रृंखला सम्पन्न

मितिः २०६९ । १२ । १७,
काठमाण्डौ

त्रिपुरेश्वरको लोकबाजा संग्रहालयमा आज उर्वर साहित्य समाजको १६औं श्रृंखला सम्पन्न । हरेक महिनाको तेस्रो शनिवार श्रृजना र श्रष्टाको सम्मानमा हुँदै आएको यो श्रृंखला आज समाजका अध्यक्ष पारस ढकालको अध्यक्षतामा सम्पन्न भयो । शान्ता पन्थिको संचालनमा भएको उक्त कार्यक्रममा स्रष्टा प्रभाकर पाण्डेको प्रमुख आतिथ्यमा स्रष्टा पाण्डेलाइ पारस ढकाल र मिनराज दुलालले सम्मान गर्नुभएको थियो । अतिथिहरुमा क्रमशः भगवान चन्द्र ज्ञवाली, पूर्णविराम, अतृप्त पाण्डे, इन्द्रजित चौंलागाई रहनुभएको थियो ।

 

स्रष्टा प्रभाकर पाण्डेले आफ्नो कवितासंग्रह पच्चिस वर्षका पच्चिस कुराबाट २ कविता र केही हाइकुहरु वाचन गरेर सभा सुरु भएको थियो । उनका कविताहरुमा समालोचना गर्दै भगवान चन्द्र ज्ञवालीले भन्नुभयो कि कविताहरु अहिलेका युवाहरुमा देखिने कवि बन्ने कौतुहलतासँग यो संग्रह मेल खाँदैन र यसमा भएका कविताहरुमा बिसंगती र असन्तुष्टीलाइ प्रष्ट देखाइएको र फरक फरक कविताहरुमा फरक फरक रस रहेको पाइन्छ ।

उक्त कार्यक्रममा सर्जकहरु निर्मला स्नेही, नारायण निरासी, जि.बि. आचार्य, मिनराज दुवाल, प्रशान्त खरेल, इन्द्रजित चौंलागाई, पूर्ण विराम, अतृप्त पाण्डे, ध्रुबराज घिमिरे, गोपाल कुमार मैनाली, जे.के. एन् खडेरी, शान्ता पन्थि र पारश ढकाल लगायतले आ–आफ्ना रचना बाचन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष ढकालले आगामि दिनमा पनि सम्मानित स्रष्टाका नयाँ नयाँ कृतीहरु पाइने आशा अनि शुभकाना तथा आगामि दिनमा यस्ता कार्यक्रमहरु अझै विस्तृतरुपले लैजाने कुरा बताउँदै सभा बिसर्जन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *