प्रगतिशिल लेखक संघका अध्यक्ष घनश्याम ढकालको निधन

मातृका पोखरेल

ghanashyam_dhakal_225प्रगतिशिल लेखक संघका अध्यक्ष घनश्याम ढकालको आज २०६८ साल फाल्गुण् १ गते मोटरसाइकलको ठक्करबाट निधन भएको छ । बिहान १० बजे तिर बाटोमा हिडिरहेको बेलामा मिलन बस्नेत नामको ब्यक्तिले चलाएको बा ४७ प ३३१९ नम्बरको मोटरसाइकलले भृकुटीमण्डप नेपाल पुलिस क्लब अघि ठक्कर दिएको थियो । उहालाई वीर अस्पताल ल्याइ पुर्याउने बित्तिकै मृत्‍यु भएको घोषणा गरिएको थियो।२०१० साल माघ १४ गते स्याङ्जाको पुतलिबजारमा जन्मिनुभएका उहाँका कथा, उपन्यास र समालोचनाका एक दर्जन पुस्तकहरु प्रकाशित थिए ।
उहाँ सहिद विजय ढकालका पिता हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *