सिर्जनात्मक कार्यक्रमका माध्यमबाट जन्मोत्सव मनाइयो

– रमेश पोखरेल

 मितिः २०७०।०४।१९

Yatri Singha (Upasthit)

साहित्यकार द्वय विनोद मञ्जन र गायत्री विष्टकी छोरी विज्ञता कार्कीको बारौँ जन्मोत्सव उनैले लेखेको यात्रा संस्मरणात्मक उपन्यासको लोकार्पण गरी आज अपराह्न १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा मनाइयो । साहित्यिक परिवार नेपालकी महासचिव गायत्री विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सोही संस्थाकी अध्यक्ष एवम् बारौँ जन्मोत्सव मनाइ रहेकी स्रष्टा विज्ञता कार्कीले गरेकी थिइन् भने उनका पिता साहित्यकार एवम् सो संस्थाका कोषाध्यक्ष विनोद मञ्जनले स्वागत गर्नु भएको थियो ।

 Yatri Singha (Atithi)

कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति किरण मानन्धर हुनु हुन्थ्यो भने विशिष्ट अतिथिमा वष्ठि प्रगतिवादी साहित्यकार डा.मोदनाथ प्रश्रित, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठाका उपकुलपति के.के.कर्माचार्य उपस्थित हुनु हुन्थ्यो । अतिथिहरूमा वरिष्ठ चिकित्सक डा.सरोज धिताल, प्राज्ञ द्वय बूँद राना र सुलोचना मानन्धर, साहित्य सन्ध्या तथा जन साहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनय, प्रा.डा जीवेन्द्र देव गिरी, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, साहित्यकारहरू अनिल पौडेल, देवी नेपाल, विजय चालिसे, रमेश पोखरेल, गोपाल मैनाली, दुर्गा कोइराला, प्रजेश भट्टराई, सीताराम नेपाल, विष्णु घिमिरे, विज्ञताका हजुरबुबा रामचन्द्र कार्की, प्राज्ञ विष्णुभक्त फुयाल उपस्थित हुनु हुन्थ्यो ।

  Yatri Singha - Bimochan  Sarij Dhital

बालकवि शशिका विष्टको कविता वाचनबाट समुद्घाटन भएको विशिष्ट समारोहमा प्रमुख अतिथिले विज्ञता कार्कीद्वारा लिखित यात्रा संस्मरणात्मक उपन्यास यात्री सिंहको लोकार्पण गर्नु भएको थियो भने उक्त कृतिको टिप्पणी गर्दै वरिष्ठ चिकित्सक एवम् साहित्यकार डा. सरोज धितालले बाल साहित्यको चर्चा गर्दा बाल दृष्टिकोण नै आवश्यक हुने, सिर्जनशील बाबुआमाकी छोरीको सिर्जना मामासँग घुम्न गएको वेलाको संस्मरणलाई आधार मानेर तयार भएको र लेखनले भविष्यको राम्रो सम्भावना बोकेको धारणा राख्नु भयो ।

 Bijaya

Gyatri Bista

विजय स्मारक विद्यालयका प्राचार्य दुर्गा कोइराला र प्रजेश भट्टराईले विज्ञतालाई खादा लगाएर सम्मान गर्नु भयो, शुभ कामना दिनु भयो ।

 Bigyata Karki

K K gift to Bigyata

डा.मोदनाथ प्रश्रितले कृति लेखन मात्र नभएर त्यसमा आवश्यक पर्ने चित्र समेत आफैँ गर्ने राम्रो शैलीको प्रयोग गरिएको, झगडा गरि रहेको अहिलेको राजनीतिलाई जनावरहरू जस्तै मिलेर जाओ भन्ने शब्द सन्देश पनि कृतिले ध्वन्यार्थमा सम्प्रेषण गरेकोले भविष्यको शुभ सङ्केत भन्दै शुभ कामना व्यक्त गर्नु भयो ।

 Dr Modnath Prashrit

K K Karmacharya

प्रा.डा.जीवेन्द्र देव गिरीले प्रौढले बाल बालिकाका लागि र बालकले नै आफ्नै लागि बाल साहित्य लेखिन्छ । यात्रा निबन्ध, यात्रा साहित्य, चित्रकला भन्न मिल्ने यस कृतिले जनावरका माध्यमबाट नेपाली राजनीतिको चित्रण गरेको, नेपाली संस्कृतिको उद्बोधन गरेको, अरू बाल बालिकाका लागि उत्प्रेरणा प्रदान गरेको, साहित्यकार बाबुआमासँगै छोरी पनि सामेल भएर सिङ्गो परिवार साहित्यिक बनेको भन्दै शुभ कामना दिनु भयो ।

 Bund Rana

Binod Manjan

बाल कलाकार विनिका नेपाली र उमा नगरकोटीले सुन्दर नुत्य प्रस्तुत गर्नु भयो भने प्राज्ञ बूँद रानाले बाल कविता वाचन गर्नु भयो । सानु पहाडीले गीत गाउनु भयो । विज्ञताको विद्यालयका प्रिन्सिपल विष्णु घिमिरेले आफ्नो जन्मदिनलाई सिर्जनात्मक तथा साहित्यिक बनाएकोमा शुभ कामना दिनु भयो र चुनौतीपूर्ण दिनको सामना गर्दै आगामी जन्मदिनमा उत्कृष्ट एवम् स्तरीय कृति आऊन् भन्ने कामना गर्नु भयो ।

 Dr Jivendra Dev Giri

Dance

प्रमुख अतिथि किरण मानन्धरले विज्ञतालाई रङ, कुची तथा चित्रकलाका उपकरण प्रदान गर्दै शुभ कामना दिनु भयो र सबैले हातेमालो गर्दै साहित्य, कला तथा संस्कृतिको जगेर्ना गर्न लागौँ भन्नु भयो । विशेष कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै जन्मदिनलाई साहित्यिक एवम् सिर्जनात्मक बनाएर मनाउने गरेको तेरौँ कार्यक्रम भएको जानकारी दिनु भयो र यस परम्परालाई कायमै राख्ने धारणा व्यक्त गर्नु भयो ।

Sashika Bista

Sanu Pahadi

Leave a Reply

Your email address will not be published. Required fields are marked *