अनुपमको १४ औँ शृङ्खला सम्पन्न

राजधानीको पश्चिम भेगीय क्षेत्रका स्रष्टाहरूको उल्लेखनीय जमघट हुँदै आएको साउन महिनाको अनुपम सिर्जना वाचन कार्यक्रम अन्तर्गत १४ औँ शृङ्खला कलङ्कीमा सम्पन्न भयो । प्रा.डा. खेम कोइराला बन्धुको प्रमुख अतिथ्यमा सम्मन्न कार्यक्रमको अध्यक्षता अनुपम सिर्जना प्रतिष्ठानका उपाध्यक्ष विनोददेव पन्तले गर्नु भएको थियो ।

 1

दीप प्रज्ज्वलन गरी आरम्भ भएको कार्यक्रमलाई सम्बोधन गर्दै मा डा. खेम कोइराला बन्धुले साहित्य शाश्वत हुने र भाषामा अभिव्यञ्जित हुने गर्दछ भन्नु भयो । उहाँले अहिले नेपाली भाषामाथि हिन्दी र अङ्ग्रेजी भाषाको अप्रत्यक्ष हस्तक्ष्ेप तीब्र भइरहेकोमा चिन्ता व्यक्त गर्नु भयो । हाम्रो भाषाको संरक्षण भएन भने नेपाली जातीय अस्तित्व नै समाप्त हुने निश्चित रहेको कथन उहाँको थियो ।

 2

कार्यक्रममा सरकारी शैक्षिक निकायले टिप्पणी उठाई विभागीय पदाधिकारीको तोक आदेशका भरमा हाम्रा पाठ्यपुस्तकहरूको भाषा भत्काउने काम भइरहेको तर्फ स्रष्टा हरि खनालले रोष प्रकट गर्नु भएको थियो । खनालको रोषप्रति समर्थन जनाउँदै डा. जीवन अधिकारीले नेपाली भाषाको विशेषता र मौलिकता पहिचान गर्न नसक्ने लठुवाहरू नै यसको अस्तित्व दोहनमा लागेका छन् भन्नु भयो ।

 3

कार्यक्रममा बिनुबाबा घिमिरे, शारदा पाठक, भुवनहरि सिग्देल, राजेन्द्र ढुङ्गाना, श्यामबहादुर भावुक, सहाना सुवेदी, जी केएन खडेरी, जगदीश्वर पोखरेल, हरि खनाल, डा. जीवन अधिकारी, नरनाथ लुइँटेलले आआफ्ना रचना वाचन गर्नु भएको थियो ।

 4

त्यसै गरी भगवती रोका, विनोद कोइराला, गौरीनाथ ढकाल, जीतु खड्का, घिमिरे मैदेली भिजन गुरागाइँ, जानुका सुवेदी, अरूण कोइराला लगायत बालस्रष्टा खुस्बु नेसा समेतले रचना प्रस्तुत गर्नुभएको थियो ।

 5

जगदीश्वर पोखरेलको सङ्क्षिप्त स्वागत मन्तव्य पछि आरम्भ भएको कार्यक्रमलाई प्रतिष्ठानका सचिव जितु खड्काले सञ्चालन गर्नुभएको थियो ।

6

(तस्विर स्रोतः नरनाथ लुइँटेल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *