उर्वर साहित्यक १९औं श्रृंखला सम्पन्न

२२ आषाढ, २०७०

त्रिपुरेश्वरको लोकबाजा संग्रहालयमा आज उर्वर साहित्य समाजको १९औं श्रृंखला सम्पन्न भयो । हरेक महिनाको तेस्रो शनिवार श्रृजना र श्रष्टाको सम्मानमा हुँदै आएको यो श्रृंखला तेस्रो शनिबार नभएर आज बिशेषकारणबस सम्पन्न भयो ।  समाजका अध्यक्ष पारस ढकालको अध्यक्षतामा र किरण दर्पणको संचालनमा  कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्वागत होमनाथ योगीले राष्ट्रिय लोकधुन बजाएर गर्नु भएको थियो ।

कार्यक्रममा यसपटक स्रष्टा विष्णु भण्डारी बिशेष अतिथिको रूपमा उपस्थित् हुनुहुन्थ्यो भने अतिथिहरूमा समालोचक गणेशराज अधिकारी, कवि गोपाल कुमार मैनाली, कवि प्रभाकर पाण्डे, प्रशान्त खरेल, कवि मोहनमणि पौडेल, कवि तथा गीतकार इन्द्रजित शर्मा चौलागाइ, कवि केशब सिलवाल, कवि चेतनाथ धमला तथा श्रीमती पार्वता भण्डारी उपस्थित् हुनुहुन्थ्यो ।

कार्यक्रममा सर्जक भण्डारीलाइ शान्ता पन्थिले माल्यार्पण गरेर तथा समाजका अध्यक्ष पारस ढकालले खादा अर्पण गरेर सम्मान गरियो । सम्मानित सर्जकले आफ्नो कविता संग्रहबाट घाइते ह्विलचेयर र खामबन्दी शिर्षकका २ कविता बाचन गर्नुभएको थियो । उक्त संग्रह घाइते ह्विलचेयर माथी समालोचना गर्दै समालोचक डा. गणेशराज अधिकारिले बिम्बात्मक रूपमा कविता लेखेका र समकालिन समय र समाजलाइ प्रष्ट्याएका छन् र सकारात्मक सोचका रूपमा नयाँ कुरा दिन खोजेका छन् भन्नु भयो ।

उक्त कार्यक्रममा सर्जकहरु देबी लुइटेल, प्रशान्त खरेल, ओमकार प्रथा, मिनराज दवाडी, गोपाल कार्की, केवल विन्हावी, प्रभाकर पाण्डे, गोपाल कुमार मैनाली, जि.बि. आचार्य, माधब घिमिरे अटल, जिवन्त जीवन, एटम बिद्रोही, पौडेल, इन्द्रजित शर्मा चौलागाइ, शान्ता पन्थि, जि. के. एन् खडेरी, किरण दर्पण, पारश ढकाल लगायतले आ–आफ्ना रचना बाचन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष ढकालले कार्यक्रममा उपस्थित सबैलाइ अर्को श्रृंखलामा निम्तो दिँदै र उर्वरले पुराना पुस्तालाइ सम्मान र नयाँ पुस्तालाइ मञ्च प्रदान गर्दै पुलको काम गरेको छ भन्दै सभा बिसर्जन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *