कुन्ता डण्ड प्रतिष्ठानको समुद्घाटन तथा स्वप्निल नीरवको कथा संग्रह उज्यालोतिर विमोचित

भाद्र ९, २०६९, काठमाण्डु

आज नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीको प्रवचन कक्षमा प्रज्ञाप्रतिष्ठानका कुलपति श्री बैरागी कार्इंलाको उपस्थितिमा कुन्ता–डण्ड प्रतिष्ठानको समुद्घाटन तथा स्वप्निल नीरवको कथा संग्रह उज्यालोतिर विमोचन गरियो । रितु अधिकारीको संचालन रहेको कर्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्री बैरागी कार्इंला, अतिथिहरूमा आवरण कला सर्जक श्री रमेश पौडेल, साहित्यकार श्री किशोर पहाडी, समालोचक श्री गीता त्रिपाठी, समालोचक श्री देवी नेपाल, वरिष्ठ गजलकार श्री करूण थापा तथा नियात्राकार श्री प्रतिक ढकाल हुनुहुन्थ्यो ।

बैरागी कार्इंलाले पानसमा बत्तिबालेर बिधिवत कुन्ता–डण्ड प्रतिष्ठानको उद्घाटन गरेको कार्यक्रममा शुभकामना मन्तब्य दिँदै कुन्ता–डण्ड प्रतिष्ठानका महासचिव श्री प्रशान्त खरेलले यसका संस्थापक अध्यक्ष श्री निर्मला खड्काको योगदान र प्रयासको सह्राना गर्नु भएको थियो । साथै यस प्रतिष्ठानको चिनारी र उद्धेश्यहरूमाथि प्रकाश पार्दै पहिलो प्रयास स्वरूप यस प्रतिष्ठानले कथाकार स्वप्निल नीरवको कथासंग्रह उज्यालोतिर प्रकाशन गरेको जानकारि दिनुभयो । बैरागी कार्इंलाले कथासंग्रह उज्यालोतिरको विमोचन गर्नुभएको थियो । कमला आँशुले कथाकार नीरव एक मिलनसार तथा सरल मित्र भएको जानकारि दिनुभयो ।

प्रतिक ढकालले शुभकामना मन्तब्य दिँदै कथाकारलार्इ बधाइ तथा आफ्नो जन्मसँगै अर्को साथी कृति पनि लिएर आएकोले प्रतिष्ठानलाइ हार्दिक बधाइ दिनुभएको थियो । करूण थापाले कथाकार तथा प्रतिष्ठान दुबैलाइ बधाइ तथा शुभकामना दिनुभयो भने किशोर पहाडीले सुन्दर अभिव्यक्तिकासाथ कथा लेखिएको बताउनुभयो ।

कथाको समालोचना गर्दै समालोचक देवी नेपालले भौतिक प्रेमलाइ सबै कथाहरूले बिरोध गरेको तथा परिवेश प्रतिको इमान्दारिता कथाहरूमा पाइएको बताउनुभयो । उहाँले शायद जिन्दगी कथा कथाकारको निश्कर्ष हुनु पर्छ भन्दै नारी संबेदनशिलता सबै कथाहरूमा पाइएको र भाषिक मिठास सबै कथाहरूमा पाइएको बताउनुभयो । उहाँले कथामा कथाकारले बाँधेको पात्रले कथाकारको विचार बोकेको कुरा पनि प्रष्ट्याउनुभयो । समालोचनाकै क्रममा गीता त्रिपाठीले कथाकारले जीवनका केहि स्मृतीहरू र परिवेशहरू कथामा लेखेको तथा कथाले नारी सँधै जोसुकै भए पनि पुरूषबाट हार्दिकता चाहान्छे भन्ने कुरा बताएको भन्नुभयो साथै कथाहरू शिष्ट शैलि र भाषामा लेखिएको कुरा पनि बताउनुभयो ।

 

शुभकामना मन्तब्य दिँदै रमेश पौडेलले उनि काव्यिक गध्य लेख्ने कथाकार हुन् भन्ने बताउनुभयो । आफ्नो मन्तव्यको क्रममा कथाकार स्वप्निल नीरवले रमेश पौडेल तथा रमेश कँडेलको उत्साहाले गर्दा संग्रहा प्रकाशन गर्न सकिएको तथा प्रतिष्ठानका संस्थापक अध्यक्षलाइ हार्दिक आभार व्यक्त गर्नुभयो ।

 

बैरागी कार्इंलाले मन्तव्यको क्रममा कथाकार प्रशस्त संभावना बोकेका कथाकार भएको तथा भाषामाथि उनको राम्रो पकड भएको कुरा बताउनु भयो । अन्त्यमा सभाध्यक्ष श्री रमेश कँडेलद्वारा सबैलाइ धनयवाद दिएर कार्यक्रम समापन गरियो ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *