नेपाल अन्धा कल्याण संघको २६ औं अधिवेशन सम्पन्न

काठमाण्डौं, भदौ २२

नेपाल अन्धा कल्याण संघको २६ औं अधिवेशन भाद्र २२ गते एक कार्यक्रमबीच सम्पन्न भयो । उक्त कार्यक्रमलाई समाज कल्याण परिषदका सदस्य सचिव ई. रबीन्द्र कुमारज्यूले उद्घाटन गर्नु भएको थियो । कार्यक्रम उद्घाटन गर्दै ई. रवीन्द्र कुमारले– समाज सेवाको लागि वैदेशिक सहयोगको भर पर्नुभन्दा आन्तरिक श्रोत साधन परिचालन गर्ने प्रणालीको विकास गर्न जरुरी रहेको बताउनु भयो ।

 Andha Kalyan Sangh (1)

उहाँले समाजका हरेक मान्छेले केही न केही सामाजिक क्षेत्रमा योगदान गर्नै र्पो तथापि वैदेशिक सहयोगको पनि आवश्यकता पर्ने हुन्छ र त्यस्तो सहयोग र सहायतालाई नियमन र नियन्त्रण गर्न एकद्वार प्रणालीको आवश्यकता रहेको बताउनुभयो । उहाँले समाज कल्याण परिषदले राम्रो काम गर्ने सामाजिक संघसंस्था पुरस्कृत र संस्था दर्ता ऐन र समाज कल्याण ऐन विपरित कार्य गर्ने संघसंस्थालाई दण्डित गर्ने बताउनुभयो ।

 Andha Kalyan Sangh

कार्यक्रममा संघका पूर्व अध्यक्ष डा. मदन प्रसाद उपाध्यायले संघको पुनस्र्थापन सम्बन्धी कृयाकलापले राज्यको विशेष प्राथमिकता क्षेत्रका समूह र वर्गलाई उत्थान गर्ने क्रममा एक इटा थपेको छ भन्नु भयो ।

कार्यक्रम संघका अध्यक्ष श्री कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशन समारोहमा २०६९ सालको प्रवेशिका परीक्षामा दृष्टिविहीनतर्फ सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रा सुश्री सृजना ढकाल र छात्र गौतम पोख्रेललाई डा. लक्ष्मीनारायण प्रतिभा पुरस्कार र विष्णुदेवी नारायणगोविन्द पुरस्कार उपलब्ध गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *