नेपाल प्रज्ञा प्रतिष्ठान पुनर्गठन

विगत छ महिनादेखि पदाधिकारी विहीन रहेको नेपाल प्रज्ञा प्रतिष्ठानले नयाँ नेतृत्व पाएको छ । ३५ सदस्यीय प्राज्ञ सभा र कुलपति, उपकुलपति एवम् सदस्यसचिव सहित ११ सदस्यीय प्राज्ञपरिषद पुनर्गठित भएको छ । ०७१ भदौ २२ गते प्रमुख संरक्षक एवम् प्रधानमन्त्री सुशील कोइरालाबाट नवगठित प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सपथ ग्रहण गरी पदबहाली गर्नुु भयो । सोही दिन प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित विशेष समारोहमा कुलपति उप्रेतीद्वारा उपकुलपति विष्णु विभु घिमिरे, सदस्य सचिव जीवेन्द्रदेव गिरी एवम् प्राज्ञपरिषद सदस्यहरूले सपथ ग्रहण गरी पदवहाली गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको नवगठित प्राज्ञ परिषदको पदाधिकारीहरूमा कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी र परिषद सदस्यहरूमा प्रा. दिनेशराज पन्त, प्रा.डा. हेमाङ्गराज अधिकारी, अमर गिरी, प्रा.डा. उषा ठाकुर, प्रा.डा. ज्ञानु पाण्डे, श्रवण मुकारूङ, मातृका पोखरेल, नर्मदेश्वरी सत्याल रहनु भएको छ ।
त्यसै गरी प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा प्रा.डा. विष्णुराज आत्रेय, हेमनाथ पौडेल, नरनाथ लुइँटेल, गोपीरमण उपाध्याय, वियोगी बुढाथोकी, जगतप्रसाद उपाध्याय, धीरेन्द्र प्रेमर्षि, गायत्री बिष्ट, लोकबहादुर थापा, नारायण आचार्य, वासदेव भट्ट ‘भाइसाहेव’, पुष्प थाम्सुहाङ, ध्रुव मधिकर्मी, विवश पोखरेल, यज्ञराज प्रसाइँ, दीर्घमान गुरूङ, उमाशङ्कर द्विवेदी, शशी लुमुम्बु, बासुदेव पाण्डे, कालीबहादुर शाही, अम्बिकादेवी घिमिरे, हरिप्रसाद तिमिल्सिना, उपेन्द्र पागल र शम्भु कुमार मिलन रहनु भएको छ ।

सपथग्रहण समारोहलाई संस्कृति तथा पर्यटन मन्त्री भीम आचार्यले सम्बोधन गर्दै भाषा साहित्य र संस्कृतिको क्षेत्रमा परिवतर्तित परिस्थिति अनुरूप प्रतिष्ठानले आफ्नो भूमिकालाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्नु पर्ने बताउनु भयो । उहाँले नवगठितbप्रतिष्ठानका पदाधिकारी एवम् सदस्यहरूलाई बधाइ ज्ञापन गर्नु भएको थियो । समारोहमा निव नियुक्त कुलपति गङ्गा प्रसाद उप्रेतीले प्रज्ञा प्रतिष्ठान पुनर्गठन प्रक्रियामा सङ्लग्न भई सहयोग पु¥याउने सबैप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
(फित्कौली डटकमबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *