प्रलेस परिसम्वाद कार्यक्रम शृंखला – १२ सम्पन्न ।

Tप्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला – १२ अन्तर्गत २०७४ फाल्गुन ४ गते ‘प्रगतिवादी नेपाली साहित्यका सन्दर्भमा घनश्याम ढकालको योगदान’ विषयमा छलफल सम्पन्न भयो । यस विषयका अतिथि वक्ता प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष एवम् कवि डा. अमर गिरी हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न परिसम्वाद कार्यक्रमको उक्त शृङ्खलामा प्रलेसका उपाध्यक्ष खेम थपलियाले कार्यक्रमको औचित्यताका बारेमा मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा साहित्यकारहरू जगत वाशिष्ठ, रोहित दाहाल, आर.सी. नेउपाने लगायतले जिज्ञासा एवम् मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन परिसम्वाद कार्यक्रमका संयोजक एवं प्रलेसका उपाध्यक्ष डा. पुष्करराज भट्टले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *