बाल सिर्जना प्रस्तुति एवं कृति परिचयात्मक कार्यक्रम गरिने

महाकवि देवकोटा शताब्दी सन्दर्भमा यस ग्रेटर वाशिंगटन डिसी क्षेत्रमा सम्पन्न कविता महोत्सवमा बाचन गरिएका तथा अन्य कविताहरुको (अमेरिकाबासी ३३ जना नेपाली कविका ८७ कविता,महाकवि देवकोटाका ६ कविता र अन्य ७ समिक्षा समेत १ सयवटा रचना ) संकलन शताब्दी,नेपालको जन आन्दोलन २०६२ का अबसरमा शहादत प्राप्त गर्ने नेपाल सरकारले घोषणा गरेका २५ जना सहिदको परिचय र ५ हजार १ सय ५० जना घाइतेको सुक्ष्म अध्ययन विश्लेषण समेटिएको सहिद तथा नेपाल बाहिर बस्ने ७५ जना नेपाली बालबालिकाहरुको रचना समेटिएको बाल सिर्जना/KIDS CREATIONको संक्षिप्त परिचयात्मक कार्यक्रम तथा स्थानीय नेपाली बाल प्रतिभाहरुको कविता,कथा बाचन वा चित्रकला प्रदर्शनी कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई सफल पार्नु हुन हार्दिक अनुरोध छ ।

कार्यक्रममा बालबालिकाहरुको सहभागिताका लागि सम्बन्धित बालबालिका वा अभिभावकहरुलाई यो कार्यक्रमका बारेमा जानकारी उपलब्ध गराई सहयोग गर्नु हुने बिश्वास छ । यस कार्यक्रमको पहिलो चरणमा स्थानीय नेपाली बाल बलिकाहरुका लेख रचना-कविता वा कथा बाचन र चित्र/आर्ट प्रदर्शन गरिनेछ ।

कार्यक्रमको दोश्रो चरणमा माथि उल्लेख ३ वटा कृतिका बारेमा संक्षिप्त परिचय(१०-१० मिनेट गरेर ३० मिनेट)प्रस्तुत गरिनेछ ।

कार्यक्रमको समयावधि २ घण्टाभन्दा लामो हुन नदिनका लागि तोकिएको समयमा कार्यक्रम शुरु गर्नका लागि सहयोग गर्नु हुन पनि अनुरोध छ ।

कार्यक्रम स्थल :सेन्टर लाइब्रेरी,आर्लिंगटनको सभाकक्ष

समय : ३.३० देखि ५.३० बजेसम्म (कार्यक्रम २ घण्टासम्मको)

मिती : अगष्ट २५ आईतवार २०१३

Arlington Library

1015 North Quincy Street, Arlington, Virginia 22203

कार्यक्रमा सहभागिता वा यस बारे अन्य थप जानकारीको लागि –

फोन : ७०३ -६३८ – ९६८६ / लेखनाथ भण्डारी

इमेल : LNB999@Gmail.com / lnb999@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *