मितिः ०७२ जेठ २८
नेपाल प्रज्ञाप्रतिष्ठान (काव्य विभाग) र त्रिशुली वाङमय प्रतिष्ठानको संयुक्त आयोजना तथा मधुवन साहित्य परिवार र शब्दघरको सह आयोजनामा भूकम्प सम्बन्धी विषेश गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । भूकम्पले क्षतिग्रस्त धरहरा परिसरमै कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख अमर गिरीले भूकम्पबाट उत्पन्न संकटको यस घडीमा सृजना मार्फत नेपाली मनमा ऊर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नुभयो । यस अप्ठ्यारो परिस्थितिमा स्रष्टाहरूले आना सृजना मार्फत राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिन सक्छन् प्राज्ञ गिरीले भन्नु भयो । उहाँले यस कार्यक्रममा इन्जिनियर, डाक्टर र प्रहरीहरूको सहभागिता हुनु कार्यक्रमको सुुखद एवं प्रेरक पक्ष रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा ज्ञानुवाकर पौडेल, ललिजन रावल, सनत कुमार वस्ति, डा. कृष्णहरि बराल, धीरेन्द्र प्रेमर्षि, रवि प्रान्जल, वियोगी बुढाथोकी, कपोल कल्पित (इन्जिनियर), वसुदा नेपाल (चिकित्सक), टिकाराम भण्डारी (चिकित्सक), सुधा साही (चिकित्सक), प्रहरी क्षेत्रबाट विद्या घिमिरे, टिकाराम दुलाल, उदास कार्की, ललित सादा, तपेन्द्र घोडासैनी, विपिन सलामी, मनोज न्यौपाने, नवीन चिराग, जोतारे धाइवा, बलराम दाहाल, गोपीकृष्ण ढुङगाना, बाबु त्रिपाठी, रूद्र अधिकारी, प्रभाती किरण, रूपक अलङ्कार र जय गौडेलले गजल वाचन गर्नु भएको थियो ।
कार्यक्रम प्राज्ञ वियोगी बुढाथोकीको अध्यक्षतामा भएको थियो । त्रिशुली वाङमय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँलले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।