राम विनयलाई नेपाली वाङ्मय साधना सम्मान प्रदान

नेपाल वाङ्मय परिषद धनगढी, कैलालीको आयोजनामा कुलेश्वर आवास परिवार कल्याण संस्था, कुलेश्वरमा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरियो । नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको सभापतित्वमा सञ्चालित सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो । भुवन बोहरा निस्तेजले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्रष्टा राम विनयलाई वि.स. २०७५ का लागि नेपाली वाङ्मय साधना सम्मान प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले वरिष्ठ साहित्यकार राम विनयलाई सम्मानपत्र सहित दश हजार राशी समेत प्र्दान गर्नुभयो ।कार्यक्रममा सम्मानित स्रष्टा राम विनयको व्यक्तित्व र कृतित्व बारेमा डा. भागवत आचार्यले चर्चा गर्नुुभएको थियो ।

यस अघि वि.स. २०७२, ०७३ र ०७४ का लागि सो सम्मान मोहन दुवाल, प्रा.डा. जीवेन्द्रदेव गिरी, हरिहर खनाललाई प्रदान गरिएको थियो । सम्मान समारोहमा बलिदान चलचित्रका निर्माता श्याम सापकोटा, कुलेश्वर आवास परिवार कल्याण संस्थाका अध्यक्ष लोकनाथ पोखरेल एवम् नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले स्रष्टा राम विनयलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा वैरागी जेठा, सीताराम नेपाल, दुर्गा रिमाल, धनबहादुर मगर, मथुरा सैंजू, प्रा.डा. खेमनाथ दाहाल, अयामसन प्याकुरेल, पुन्यप्रसाद घिमिरे एवम् नमुना शर्माले आफ्ना रचना वाचन एवम् गायन गर्नुभएको थियो । कार्यक्रममा करिब सय जति स्रष्टाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *