राष्ट्रब्यापी मुक्तक प्रतियोगिता आयोजना

काठमाडौं

नेपाली साहित्यमा पछिल्ला वर्षहरुमा फस्टाउँदै आएका आधुनिक विधाहरु मध्ये मुक्तकको राष्ट्रव्यापी (दोस्रो) प्रतियोगिता अन्तरङ्ग राष्ट्रिय साप्ताहिकद्वारा आयोजना गरिएको छ । सो प्रतियोगिताका विजेताहरुलाई अन्तरङ्गले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा आगामी भदौको पहिलो साता सम्पन्न गरिने २०औं वार्षिकोत्सवको विशेया कार्यक्रममा पुरस्कार वितरण गरिने छ ।

सो प्रतियोगितामा सहभागी हुन चाहने मुलुक भित्र र बाहिरका नेपाली भाषी प्रतियोगीहरुले चतुष्पदीय विधि अनुसार लेखिएका ५ वटा मुक्तकमा एकएक वटा क्रमशः राष्ट्रियता, सामाजिक विसंति, अर्को प्रेमका बारेमा र बाँकी दुई खुला रुपमा लेख्न सक्नु हुने प्रतियोगिता कार्यक्रमका संयोजक एवं अन्तरङ्गका सम्पादक÷प्रकाशक नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार प्रतियोगितामा पहिला, दोस्रा र तेस्रा हुनेलाई क्रमशः रु ७, ५ र ३ हजार नगद र सान्त्वना स्थान हासिल गर्ने १२ जनासहित सबै विजेतालाई विशेष उपहार र प्रमाणपत्र प्रदान गरिने छ । मुक्तक असार मसान्तसम्ममा आयोजकलाई प्राप्त हुनु पर्ने छ ।

संकलित मुक्तकको संग्रह पहिलो प्रतियोगितामा जस्तै गरी अनुपम– २ प्रकाशन गरिने भएको हुँदा स्रष्टाहरुसँग बायोडाटा र फोटोसमेत माग गरिएको पहाडीले बताउनु भएको छ । उहाँका अनुसार मुक्तक संकलनका लागि विभिन्न जिल्लामा रहेका साहित्यिक संस्थाहरु र स्रष्टाहरुलाई अनुरोध गरिएको छ । उहाँहरुको उक्त सहयोगको कदर गर्दै सबैभन्दा बढी मुक्तक संकलन गरी सहयोग गर्ने साहित्यिक संस्था वा स्रष्टा दुईलाई कदरपत्र र कम्तिमा १० भन्दा बढी मुक्तक संकलन गरी सहयोग गर्नुहुनेहरुलाई पुरस्कार वितरण समारोहमा मायाको चिनो प्रदान गरिने छ । यो समाचार वा यसको विज्ञापन पढेर संकलनका लागि सहयोग गर्नुहुनेहरुलाई पनि सो सम्मान प्रदान गरिने पहाडीको भनाई छ । त्यसोत प्रतियोगीहरुले आफ्ना मुक्तक ब्यक्तिगत रुपमा अन्तरङ्गको पोष्ट वक्स नं ३५११ सुन्धारा काठमाडौं तथा इमेलमा पनि पठाउन सक्नु हुने छ । प्रतियोगिताको पुरस्कार वितरण समारोहमा पाँच विकास क्षेत्रका १– १ जना मुक्तकका स्थापित ब्यक्तित्वहरुलाई सम्मान गर्नेतर्फ पनि सोच भइरहेको समेत कार्यक्रमका संयोजक पहाडीले बताउनु भएको छ ।

राष्ट्रव्यापी मुक्तकको पहिलो प्रतियोगिता ०५६ को फागुन १ गते लमजुङको बेसीशहरमा गरिएको थियो र सो प्रतियोगिताको संयोजक पनि नवराज पहाडी नै हुनुहुन्थ्यो ।
स्मरणीय छ, लमजुङबाट प्रकाशित हुँदा अन्तरङ्गले हरेक वर्ष आयोजना गर्ने आफ्नो वार्षिकोत्सव कार्यक्रममा वर्षभर सो पत्रिकामा प्रकाशित भएका मुक्तक, गजल र बालकविता विधाका उत्कृष्ठ १०– १० प्रतिभाको छनौट गरी सर्वोत्कृष्ठ २– २ जनालाई पुरस्कार, प्रमाणपत्र र बाँकी ८– ८ जनालाई प्रशंसापत्र प्रदान गर्दै आएको थियो । काठमाडौंबाट प्रकाशन थालिएपछि स्रष्टाहरुको सम्मानमा अन्तरङ्गले गर्न लागेको यो पहिलो कार्यक्रम हो ।

विज्ञापनको प्रतिलिपीः
राष्ट्रव्यापी मुक्तक प्रतियोगिता !
मुक्तक लेखौं, प्रतिभा देखाऔं, पुरस्कार जितौं,
नेपाली साहित्यको भण्डार समृद्ध बनाऔं !
अन्तरङ्ग राष्ट्रिय साप्ताहिकको २०औं वार्षिकोत्सवका अवसरमा राष्ट्रव्यापी मुक्तकको दोस्रो प्रतियोगिता आयोजना गरिएको सहर्ष जानकारी गर्दछौं । विजेताहरुलाई अन्तरङ्गको आगामी भदौको पहिलो हप्तामा काठमाडौंमा सम्पन्न गरिने वार्षिकोत्सवको विशेष कार्यक्रममा पुरस्कार वितरण गरिने छ ।

विजेतालाई निम्नानुसारको पुरस्कार प्रदान गरिनेछ–
१) पहिला– विशेष उपहार सहित रु सात हजार नगद र प्रमाणपत्र १ जनालाई ।
२) दोस्रा– विशेष उपहार सहित रु पाँच हजार नगद र प्रमाणपत्र १ जनालाई ।
३) तेस्रा– विशेष उपहार सहित रु तीन हजार नगद र प्रमाणपत्र १ जनालाई ।
४) सान्त्वना– विशेष उपहार र प्रमाणपत्र १२ (बाह्र) जनालाई ।
५) प्रतियोगिताका लागि योग्य भएका मुक्तकहरुको संग्रह (पहिलो प्रतियोगिता जस्तै– अनुपम– २ मा) प्रकाशित गरिने छ ।

प्रतियोगितामा सहभागी हुने नियम तथा सर्तहरु–
क) मुक्तक चतुस्पदीय विधि अनुसार लेखिएको हुनुपर्ने छ ।
ख) प्रतियोगीले ५ वटा मुक्तक पठाउनु पर्ने छ । त्यसमध्ये १– १ वटा राष्ट्रियता, सामाजिक विसंगति र प्रेमका बारेमा लेखिनु अनिवार्य छ । यस्ता मुक्तकको नंवर बाँकी २ मुक्तकको भन्दा बढी हुनेछ ।
ग) मुक्तक टाइप गरिएको राम्रो मानिने छ । प्रतियोगी मुक्तक इमेलमा पनि पठाउन सकिनेछ ।
घ) मुक्तक यसअघि प्रकाशित÷प्रशारित वा कपि(चोरी) गरिएको हुनुहुँदैन । मौलिक मुक्तकलाई प्राथमिकता दिइने छ ।
ङ) मूल्यांकन गर्दा कोडनं राखिने हुँदा वायोडाटा र मुक्तक अलग– अलग पानामा हुनु पर्ने छ ।
च) सर्त पुरा नभएका रचनाहरु प्रतियोगितामा समवेश हुने छैनन् ।
छ) कुनै विवाद भएमा निर्णायक समितिको निर्णय अन्तिम हुने छ ।
ज) प्रतियोगी मुक्तकको संग्रह प्रकाशित गरिने हुँदा वायोडाटाका साथ हालै खिचिएको १ प्रति फोटोसमेत पठाउनु होला ।
झ) प्रतियोगी मुक्तकका उत्कृष्ठ संकलक(कम्तिमा १० जना प्रतियोगीभन्दा माथिको संख्यामा) साहित्यिक संस्था तथा स्रष्टा एवं सहयोगी मध्ये उत्कृष्ठ २ लाई कदर पत्र र बाँकीलाई मायाको चिनोद्वारा सम्मान गरिनेछ ।
ञ) मुक्तक असार मसान्त(२०६८) भित्र आयोजक समितिलाई प्राप्त हुने गरी पठाउनु पर्नेछ ।
ट) मुक्तक पठाउने ठेगाना– पोवनं– ३५११ सुन्धारा, काठमाडौं । भ्(ःबष्स् िबलतबचबलनब)लभधकउबउभच२थबजयय।अयm
(कहिलेकाहि इमेलको फायन नखुल्ने समस्या हुने हुँदा हुलाकबाट पनि रचना पठाउने कष्ट गर्र्नु होला ।)
ठ) पुरस्कृत हुने व्यक्तित्वको नाम साउन १९ गते अन्तरङ्गमा प्रकाशित गर्नुका साथै फोनबाट आमन्त्रण गरिनेछ।

प्रार्थी
नवराज पहाडी, संयोजक, सम्पर्कः ९८४१०९४८६६
राष्ट्रव्यापी मुक्तकको दोस्रो प्रतियोगिता आयोजक समिति एवं अन्तरड्ड राष्ट्रिय साप्ताहिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *