लुम्बिनी गेटको लागि विद्यार्थीहरुबाट जनही रु १ संकलन

फल्गुण २९, ०६८
मैह्पी, काठमाडौँ

आज प्रिसियस नेशनल कलेज, म्हैपीको प्राङ्गनमा विद्यार्थीहरुले लुम्बिनी गेट निर्माणको लागि सरकारलाई सहयोग पुर्याउने हेतुसाथ आफ्ना खाजा रकमबाट कटौति गरी जनही रु १/– संकलन गर्ने कार्य सम्पन्न गरे । यस कार्यक्रमबाट रु. ४१५/– संकलित भयो । यस अघि काठमाडौँमै गोकर्णेश्वर महादेव मावि, सहयोगी उच्च मावि, युथ भिजन सेकेण्डरी स्कूल र श्वर्ण शिक्षा इ. स्कूलका विद्यार्थीहरुले पनि खाजा रकमबाट अन्दाजी थप १००० रुपैयाँ संकलन गरेको थियो । लुम्बिनी गेट निर्माणको लागि विद्यार्थीहरुबाट जनही रु १ संकलनको शुरुवात लुम्बिनी गाउँको बुद्ध आदर्श उच्च माविबाट फल्गुण ११ गते देखि भएको थियो ।

भारतीय नाकाबाट नेपाल आएर लुम्बिनी भ्रमण गर्ने विदेशी पर्यटकलाई यो नेपालको भुमी हो भन्ने ज्ञान दिने कुनै किसिमको संकेत सिमानादेखि लुम्बिनी परिसरसम्मै कुनै पनि निकायबाट व्यवस्था नगरिएको हुँदा यही फल्गुण ११ गते लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका भ्रमण टोलीले लुम्बिनी परिसरको गेट नं ६ मा नेपाल हो भन्ने अनुभूति गराउने लुम्बिनी भ्रमण वर्षको फे्लक्स व्यानर टाँसेको थियो जसमा Welcome to Nepal the Birthplace of Lord Buddha भन्ने वाक्यांश अंकित थियो । तर यो अस्थाइ प्रकृतिको भएको हूँदा यसै अभियानका अभियन्ता स्काउट दूत किशोर कुइंकेलले भारतीय सीमायता स्पष्ट नेपाल प्रवेशको अनुभूति दिने स्थायी स्वागतद्वार बनाउन सरकारलाई सगाउने योजनासाथ स्थानीय बुद्ध आदर्श उच्च माविका विद्यार्थीहरु माझ खाजा रकमबाट रु १ को चन्दा आह्वान गरे । विद्यार्थीहरुले हार्दिकतासाथ सहयोग गरे र रु १००/- जति चन्दा संकलन भएको थियो । यो अभियान देशका अरु विद्यालयमा पनि निरन्तरित हुने घोषणा त्यसै बेला प्रस्तावक विद्यार्थीले गरेका थिए । संकलित रकम सरकारलार्इृ औपचारिक रुपमा हस्तान्तरण गर्ने योजना रहेको छ । राष्ट्रियताको मामलामा समवेदनहीन रहेका सरकार र सम्बद्ध लुम्बिनी विकास कोषलाई यो चोटिलो व्यंग्यात्मक दवाव हुने बुद्धिजीविहरुको मूल्यांकन छ ।

सविता भटट, विद्यार्थीदूत, लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियान
निलकण्ठ तिवारी, राष्ट्रिय संयोजक, नेपाल, लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियान
लक्ष्मण पुरी, राष्ट्रिय संयोजक, नेपाल, लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियान
कविताराम श्रेष्ठ, विश्व समिति सल्लाहकार, लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियान

Leave a Reply

Your email address will not be published. Required fields are marked *