विज्ञता कार्कीको १४औं जन्मोत्सवको सन्दर्भमा गायत्री विष्टको आँखाको निसाना र रमेश थापाको धुनका रङ्हरुको घुम्टी खोलियो

२०७२ श्रावण २३, काठमाडौं

नेपाल प्रज्ञाप्रतिष्ठानको प्रवचन कक्षमा विज्ञता कार्कीको १४औं जन्मोत्सवको सन्दर्भमा गायत्री विष्टको आँखाको निसाना र रमेश थापाको धुनका रङ्हरुको घुम्टी खोलि कार्यक्रम सम्पन्न गरियो । विज्ञता कार्कीले सन्चालन गरेको कार्यक्रममा सभाध्यक्ष प्रदिप ज्ञवाली तथा प्रमुख अतिथि परराष्ट्र मन्त्री महेन्द्र ब. पाण्डे हुनुहुन्थ्यो । उक्त कार्यक्रमको आयोजना शब्दपथ विश्व साहित्य समाज, नेपालले गरेको थियो ।

image

image

विशेष अतिथि पाकिस्तानी राजदुत डा. अर्शद साउद खोसा तथा अतिथिहरुमा प्रतिष्ठानका सदस्य सचिव प्रा. डा. जिवेन्द्र गिरी, प्रा. डा. अनमोल पियानी, खगेन्द्र राई, दिनेशराज पन्त, राम विनय,  माधव कलाकार, डा. नवराज लम्साल, आनन्ददेव भट्ट, कमल ब. विष्ट, मिश्री माया विष्ट, जनकलाकार श्याम तमोट लगायत हुनुहुन्थ्यो ।

image

परराष्ट्र मन्त्री महेन्द्र ब. पाण्डे र पाकिस्तानी राजदुत डा. अर्शद साउद खोसाले संयुक्तरूपमा उक्त कृतिहरुको घुम्टी खोल्नु भयो । स्वागत मन्तव्यमा शब्दपथ विश्व साहित्य समाज, नेपालकि सदस्य शुसिला प्रधानङ्गले हाम्रा छोराछोरी र नातिनातिनाहरुको जन्मदिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिनु पर्दछ भन्नुभयो ।

image

नवराज लम्सालले यस्ता कार्यक्रम निरन्तर चलिरहनु पर्छ भन्नुभयो भने पियानीले अनुवाद निकै गार्‍हो कार्य हो, लेखकको अभिब्यक्ती अनुवाद गर्न सजिलो हुँदैन । यसमा गायत्री सफल हुनुभएको छ । जीवेन्द्रदेव गिरीले उर्दु लेखिका जाहिदा हिनाका उत्कृष्ट कथाहरूको सफल र मिठासपुर्ण अनुवाद गरिएको छ । लेखक प्रगतिवादी र संघर्षशिल देखिन्छ । रा. ज. म. अध्यक्ष खगेन्द्र राईले गायत्री विष्ट अनुवाद साहित्यमा स्थापित नाम हो । यो पुस्तक अनुवाद साहित्यमा सम्पत्ति भएको छ । पाकिस्तानी र नेपाली साहित्य र संस्कृतिमा यो पुस्तक सेतु हुनेछ भन्दै पाकिस्तानी राजदुतले भन्नुभयो कि यस्ता पुस्कहरुले नेपाली साहित्यमा उर्दु साहित्यको परिचय र महत्त्व वढाउने छ भन्ने आशा लिएको छु ।

image

image

गायत्री विष्टले अनुवाद साहित्यमा राम्रो योगदान दिनुभएको छ भन्दै मन्त्री पाण्डेले भन्नुभयो विज्ञता कार्कीको लेखनी राम्रो छ । अझै परिस्कृत हुँदै जावोस् । अनुवाद शब्दको मात्र होईन भावनाको पनि अनुवाद हो । साहित्यले मात्र भाषाको विकास हुन्छ । सबै भाषामा साहित्यको विकास गरिएमा मात्र सबै भाषाको समृद्धि हुनेछ ।

image

धुनका रङहरुका लेखक रमेश थापाले क्यानाडाबाट फोन सम्पर्कको माध्यमबाट कर्यक्रममा भन्नुभयो कि धुनका रङहरु जीवनका अनुभुतीहरु हुन् । गायत्री विष्टले भन्नुभयो कि यो अनुवाद नेपाली र पाकिस्तानी साहित्यलाई नजिकै राख्ने प्रयास हो यो । उर्दु भाषाको संस्कृति धनी छ ।

image

सभाको समापन गर्दै सभाध्यक्ष ज्ञवालीले भन्नुभयो कि सुनेको पाकिस्तान र साहित्यको पाकिस्तानमा धेरै फरक छ । गायत्री विष्टले नेपाली साहित्यमा उर्दुको प्रवेश गराउनु भयो । साहित्य, संगीत र संस्कृति मार्फत पाकिस्तान र नेपाललाई जोड्ने प्रयास गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *