विना तामाङ ‘सुनगाभा’को ‘छुकी’ बजारमा

काठमाडौं (कास)– कथाकार विना तामाङ ‘सुनगाभा’ले आफ्नो पहिलो कथासंग्रह बजारमा ल्याएकी छन् । एघार समसामयिक कथाहरु समेटिएको ‘छुकी’ शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले राजधानीमा सार्वजनिक गरे । डुल ल्होछार २८४९ को अवसरमा तामाङ डाजाङले कृति सार्वजनिकीकरण तथा तामाङ साहित्यिक कार्यक्रमको ११६ औं शृंखला गरेको हो ।

शब्दहार क्रियशनले बजारमा ल्याएको ‘छुकी’ को नेपाली र तामाङ दुवै भाषामा एकसाथ सार्वजनिक गरिएको हो । कृतिमा युद्ध, प्रेम, नारी समस्या लगायतका सन्दर्भ समेटिएका कथाहरु छन् । ‘कथाकार बिना सातौं तामाङ नारी स्रष्टा हुन्,’ तामाङ स्रष्टा र साहित्यबारे भाषाशास्त्री अमृत योन्जनले भने, ‘तामाङ साहित्यले समयको फड्को मारिसकेकोले अब रमाइलोभन्दा चिन्तन दर्शनमा केन्द्रित हुन जरुरी छ । रहरलेमात्र हुन्न । दार्शनिक पक्ष, फराकिलो, तामाङ मनोविज्ञान प्रतिबिम्बित हुनुपर्छ ।’

शब्दहार क्रियशनका अध्यक्ष रमेश कँडेलले विभिन्न समुदाय स्रष्टालाई उचित स्थान दिने उद्देश्यसाथ विनाको कृति छापिएको बताए । कार्यक्रममा विभिन्न तामाङ स्रष्टाले रचना बाचन समेत गरेका थिए भने डम्फू गीत र ल्होछार सम्बन्धी लघु नाटक समेत देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *