सर्वदा द्वरा आवुधाबीमा आनन्द दशैंको

दीपराज नेयोङ्गहाङ्ग
आबुधाबी

  

  

गत १६ अक्टोबर २०१० शनिबार सर्वदा वाङ्गमय प्रतिष्ठान यूएई शाखा द्वारा यूएईको राजधानी आबुधाबी स्थीत एअरलाईन्स रेष्टुरेण्टको हलमा भब्य विजया दशमी शुभ–कामना साँस्कृतिक साँझको कार्यक्रम सम्पन्न गरेको छ । नेपालबाट यूएई आउँनु भएका सोभाकर अर्यालको प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापति सर्वदा वाङ्गमय प्रतिष्ठान यूएई शाखाका अध्यक्ष श्री लक्ष्मण सापकोटाले गर्नु भएको थियो भने कार्यक्रम संचालन श्रीमती विनिता मैनालीले गर्नु भएको थियो ।

कार्यक्रम हलमा खचाँखच बौद्धिक ब्याक्तित्व र प्रसस्त मात्रामा फ्यामीलीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा मञ्चमा पहेंलो जमरा, मुछिएको रातो टिकाको थाली, देवी दुर्गाको फोटो राखीएकोले सबै नेपालीहरुलाई आफु घरमै रहेको अर्थात देशभित्रै रहेको अनुभव झल्किन्थ्यो । उक्त कार्यक्रमकि उदघोषिका विनिता मैनालीको आकर्षक उदघोषणले कार्यक्रमलाई अत्यन्त रोचकता प्रदान गरेको थियो । सो कार्यक्रममा के.स.दीपकराज अधिकारीले स्वगत भाषण गर्नु भए लगायतै कार्यक्रलाई अघि बढाउदै शुभकामना राख्ने क्रममा जनजाती महासंघ यूएईका अध्यक्ष भुवन सिंह राई, नेपाली समाजका उमेश शिवाकोटी, जनसम्पर्क समिती यूएईका के.उपाध्यक्ष खेमराज बन्नेत तथा प्रवाशी नेपाली संघ यूएईका के. उपाध्याक्ष तथा गैह्र आवासीय नेपाली संघ यूएईका केन्द्रिय सदस्य लोकनाथ सुबेदीले उपस्थीत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी तथा उनका सम्पूर्ण परिवारजनहरुमा विजया दशमी २०६७ को हार्दीक मंगलमय शुभ–कामना ब्यक्त गर्दै सर्वदा वाङ्गमय प्रतिष्ठान यूएई शाखाले लगातार रुपमा यस प्रवाशमा नेपाली कला साहित्य र सँस्कृतिको जगेर्ना गर्नमा महत्वपूर्ण योगदान पुर्याईरहेको कुराको मुक्त कण्ठले प्रसंसा गरिएको थियो ।उक्त कार्यक्रममा एक भब्य साँस्कृतिक कार्यक्रमको प्रस्तुति गरिएको थियो । सर्वदा साँस्कृतिक समुहका अध्यक्ष शिसिर थापा लगाएत कलाकारहरु दीपराज नेयोङ्गहाङ्ग, शिसिर परियार, आषिर राई, सुमान काउछा, लगाएतले सुमधुर लोक भाका तथा लोक आधुनिक, लोकपप गीतहरु गाउँदै सम्पूर्ण दर्शकहरुलाई छमछमी नचाएका थिए भने, प्रशिद्ध नृत्यकार दीपक गुरुङ्गको नृत्यमा दर्शकहरु जुरुक जुरुक भएका थिए ।

कार्यक्रममा लोक गायीका सिता थापा मगर तथा लोक गायक शिसिर थापाले “तितेकरेली” बोलको लोक दोहोरीमा सबैलाई रमाई रमाई नाँच्ने बातावरण बनाएका थिए भने हुमनाथ आचार्य र सिता थापा मगरले कायक्रमको अन्त्यतिर लोक दोहोरी गायर थप रोचकता प्रस्तुत गरेका थिए । कार्यक्रममा सर्वदा वाङ्गमय प्रतिष्ठानका के.स.हरु राजेन्द्र प्रसाद न्यौपाने तथा दीपक राज अधिकारीले हाईकु तथा गजल प्रस्तुत गर्नुका साथै दुबई शारजाह देखि साहित्यकारहरु उपस्थीत भई आफ्ना रचनाहरु सुनाएका थिए ।कार्यक्रमको अन्त्यतिर कार्यक्रमका प्रमुख अतिथी श्री शोभाकर अर्यालज्युले मञ्चमा सजाएर राखिएको जमरा तथा रातो टिका थालीलाई भवानी दुर्गाको आकर्षक फोटो साथमा धुप बत्ती बाली सँस्कृतमा मन्त्रोच्चारण गरि टिकाको साईत जुराउनु भएको थियो र उक्त कार्यक्रमका सभापती श्री लक्ष्मण सापकोटाको निधारमा रातो टिका लगाउदै दशैं टिकाको सुभारम्भ गर्नु हुँदा सारा दर्शकहरु भावविव्हल हुँदै घर परवार सम्झीरहेको भाव सल्कीएको थियो । कार्यक्रम हलमा उपस्थीत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरु आफ्नै अविभावक जस्तो मानी प्रमुख अतिथीको हातबाट टिका जमरा लगाउँन लामबद्ध भई रहँदा कार्यक्रमको रोचकता झनै बढि सोभाएमान भएको थियो प्रमुख अतिथी श्री शोभाकर अर्यालज्युको मुखबाट टिका अवधिभर सँस्कृत मन्त्रोच्चारण भईरहँदा सम्पूर्ण दर्शकहरु नेपालको कुनै प्रख्यात धर्मशालामा उपस्थीत भई रहेको जस्तो अनुभब गरिरहेको थिए । यूएईमा लामो समय १५ बर्ष देखि काम गरिरहेका नेपाली दाजुभाईहरुले सर्वदालाई यस्तो सफल कार्यक्रम आयोजना गरेकोमा हार्दीक धन्यबाद दिएका थिए । हलमा उपस्थीत साना नानीहरु पनि टिका जमरा ग्रहण गर्दै अत्यन्त रमाएका थिए ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापती लक्ष्मण सापकोटा “विकल्प”ले कार्यक्रममा उपस्थीत सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुलाई कविताको मिठो लयमा शुभकामना दिदैं कार्यक्रममा धैर्यतापूर्बक बसि सफल बनाउन सहयोग पुर्याउनु भएकोमा हार्दीक धन्यबाद दिनु भएको थियो र आगामी ५ नोभेम्बरमा हुने बिशाल साँस्कृतिक कार्यक्रममा भेट्ने जाकारी गराई कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रमको लगतै खाना कुपनलाइ लक्की ड्र गरि बिजेता राजेश श्रेष्ठलाई प्रमुख अतिथि श्री शोभाकर अर्यालबाट उपहार प्रदान गरिएको थियो । उपस्थीत सहभागीहरुको जानकारी अनुशार यस्तो कार्यक्रम यूएईमानै पहिलो कार्यक्रम हो ।

1 Comment

  1. Thank you very much posting such a beautiful news. The Literary Academy for Nepalese “Sarvada Bangamaya Pratishan” has contributed as a space for Nepali Diaspora, especially from the UAE (Abu Dhabi).
    DreamlandNepal.com has been a memeber of thankfulness for promoting, propogating and pre/serving various aspects of Nepali national identity.
    Hopinig all of you Happy Deepawali 2010 in advance!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *