सिर्जना र श्रष्टाको सम्मानको पाँचौँ सृङ्खला सम्पन्न

२०६८।११।२०, काठमाण्डु

उर्वर साहित्य समाजको आयोजना र नेपाली लोकबाजा सङ्ग्रहालयको सहयोगमा सम्पन्न हुँदै आएको सिर्जना र श्रष्टाको सम्मानको ५ औँ सृङ्खला २०६८ फागुन २० गते शनिवारका दिन नेपाली लोकबाजा सङ्ग्रहालय त्रिपुरेश्वरमा सम्पन्न भयो । समाजका अध्यक्ष पारस ढकाल झकेन्द्रको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि कवि राम विनय तथा अतिथिहरुमा महेन्द्ररत्न क्याम्पस ताहाचलका उप प्राध्यापक तीर्थराज खतिवडा, डिल्लिराज पौड्याल, गोपाल कुमार मैनाली, बाशुदेब अधिकारी लगायतको उपस्थिति रहेको थियो । बलराम राईले संचालन गरेको उक्त कार्यक्रमको संयोजकको भूमिकामा निरञ्जन पराजुली रहेको साथै उक्त कार्यक्रम प्रत्येक महिनाको तेस्रो सनिबार हुने सूचना पनि आयोजक समितिबाट प्राप्त भएको थियो ।

uss-2068-11-20-1_512 uss-2068-11-20-2_512

कार्यक्रममा कवि राम विनयलाई माल्यार्पण गरी सम्मान गर्दै उनका जराको स्वर कविता सङ्ग्रहमा सङ्ग्रहीत जराको स्वर, यसपालीको मनसुन र हेलिकोप्टर जस्ता कविताहरु श्रष्टा स्वयम्को आवाजमा वाचन गरी समालोचकद्वय उप–प्राध्यापक तीर्थराज खतिवडा र नेपाली लोकबाजा सङ्ग्रहालयका अध्यक्ष राम प्रसाद कँडेलद्वारा कवि राम विनयका कृति र कृतित्वमाथि समालोचना गरिएको थियो । ठूलो उपस्थिति माझ सम्पन्न उक्त कार्यक्रममा क्रान्तिकारी कवि पूर्ण विराम, कवि डिल्लीराज अर्याल, अनिल पौडेल, प्रशान्त खरेल, गोपाल कुमार मैनाली, बरिष्ठ साहित्यकार वासुदेव अधिकारी, चिन्तामणि सिवाकोटी लगायत अन्य १५ जनाले आफ्नो रचना वाचन गरेका थिए ।

uss-2068-11-20-3_512 uss-2068-11-20-4_512

सम्मानित स्रष्टा स्वयंले पनि उक्त कार्यक्रममा भर्खरै युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्धारा सम्मानित तथा पुरस्कृत कवि पुर्णविरामको सम्मानमा उनकै कविताको प्रतित्युररुपमा यस्तै लेख्छन् धमौराका झौवा थारु वचन गरेका थिए । साथै उर्वर साहित्य समाजको सम्मानले अझ उर्वरता थपेको बताएका थिए । समाजका अध्यक्ष पारस ढकाल झकेन्द्रले नेपाली साहित्यलाई पृथकरुपमा लैजाने कोशिस स्वरुप सृजना र स्रष्टा दुबैलाई सम्मान गर्न थालिएको बताए ।

uss-2068-11-20-5_512

1 Comment

  1. sachchi nai urbar sahitya samajko yo program atyantai utkristha vayko thiyo…………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *