स्रष्टा समाजमा एस.पी. चौलागाइका कविता, गजल वाचित

काठमाण्डु, २० मार्ग

स्रष्टा समाजमा काठमाण्डौ, नेपालको आयोजनामा भएको कविता वाचन,पुनर्वाचनको तेस्रो श्रृङ्खलामा कवि एस.पी. चौलागाइका ५  कविता र १० गजलको कवि स्वयंद्वारा वाचन गरियो तथा १५ कवि हरूले पुनर्वाचन गर्नुभयो जसको समालोचना प्रा. अच्युतरमण अधिकारीले गर्नुभएको थियो ।

shrasta samaj1

जीवन सगोत्रीको संचालन र समाजका अध्यक्ष अतृप्त पाण्डेको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरी प्रमुख अतिथीको रूपमा उपस्थित हुनुहुन्थ्यो । चौलागाइका कविता र गजलहरूलाइ कवि तथा गजलकार दिनानाथ शर्मा, पूर्णविराम, अतृप्त पाण्डेय, प्रमोद स्नेही, नवराज श्रेष्ठ, मुकुन्द न्यौपाने, गोपाल कुमार मैनाली, नारायण भण्डारी भोजपुरी, इन्दु अंशु, देवकी के.सी., रश्मी रिजाल, गोपाल नेपाल, अनुप जोशी, जे.के. शायवजरा र सुदेश सत्यालले वाचन तथा गायन गर्नुभएको थियो ।

shrasta samaj 2

कार्यक्रममा प्रा.डा. जीवेन्द्र देव गिरीले मन्तव्य राख्नुभएको थियो भने वाचित रचनाहरूको प्रा. अच्युतरमण अधिकारीले समालोचना मन्तव्य राख्नुभएको थियो तथा सभाध्यक्ष अतृप्त पाण्डेयले समापन मन्तव्यकासाथ कार्यक्रमको समापन गर्नुभएको थियो ।

shrasta samaj0

Leave a Reply

Your email address will not be published. Required fields are marked *