डा. कविताराम श्रेष्ठ
विषय प्रवेश :
दशैं आयो । आदिबासी जनसमुदायको तर्फबाट दशैं हिन्दुहरूको भएकोले यसलाई नमान्ने भन्दै अघिल्ला वर्षहरू झैं चर्को सम्बाद सुरु भएको छ । मैले भने पहिले देखिनै दशैँ वास्तवमा हिन्दुहरूको होइन तर यताकै कृषि पेशा अपनाउने आदिबासीहरूको हो भनेर आफ्ना कुरा राख्दै आएको छु । मेरो भनाइ छ हिन्दूहरूका पूर्खा आर्यहरू यस भेगमा आएपछि यताको संस्कृति अपनाउने क्रममा यस चाडलाई पनि अपनाए र यसलाई आफूसम्मत कथाहरू हाल्दै ग्रन्थहरूसमेत रचना गर्न पुगे जसको कारणले जनजातिहरू समेत अरू कसैलाई पनि आज यो हिन्दुहरूको लाग्न स्वाभाविक भएको छ । यसरी मैले बुझेको छु र यसैको सन्दर्भमा यो हिन्दुहरूको होइन भने कुन आदिबासीको होला त ? भनी पाठकहरूसंग प्रतिप्रश्न राख्दै छु । यसलाई संयमपूर्ण ढंगले मनन गरी आफ्ना मत राख्नुहुनेछ भन्ने आशा राख्दछु ।
१) कृषि चाड घुमक्कडहरू आर्यहरूको हुन सक्दैन:
यो चाड पूर्ण रूपले कृषि चाड हो । यसको साइत धान पाकेर घर भित्र्याउने बेला पारेर गरिएको छ । कृषि उत्पादित चामललाई अक्षेताको रुपमा निधारभरी टाँसेर त्यो उत्पादनको खुशियाली मनाइन्छ । धान वा मकै वा अन्नहरू खसेर उम्रिन गएका अङ्कूरहरूलाई जमरा भन्दै कानमा सिउरेर आफूलाई सिँगार्दछन् । धान भित्रिएको छ त्यसैको पकवान बनाएर रमाउँछन् । आफू खान्छन् यीनै उपलव्धीहरूका आतिथ्यसाथ नरनाता इष्टमित्रहरूसँग पनि भेट्घाट भलाकुसारी गर्दछन् । अन्न घरमा भित्रिएको छ त्यसलाई बेचेर लुगाफाटो वा अन्य रौसका सामग्रीहरू जोहो गर्दछन् । यसरी यो निश्चितरुपमा यो कृषि चाड हो नै । यहाँनिरै कुरा के आउँछ भने हुन्दुहरूका पूर्खा अर्यजाती जब झन्डै १५००० वर्ष अघितिर पश्चिमतिरबाट हिन्दुकुश पर्बत पार गरेर यता आका थिए त्यस बखत उनीहरू घुमक्कड थिए । एकै स्थानमा बसेर गरिने कृषि उनीहरूको पेशा थिएन । यसरी यो कृषी चाड हिन्दुका आर्य पूर्खाको हुनै सक्दैन ।
२) दशैंबारे हिमालय दक्षिणका कृषक आदिबासीहरूबाट आर्यहरूले सिके:
हिमालयदक्षिण सिन्धु गङ्गा र ब्रह्मपुत्रको मैदानमा हिन्दमहासागरवाट आउने वेष्टर्ली वीण्डले वर्षा गराउने मनसुनी जलवायु निर्मित हुन्छ । यही मौसममा यता कृषक आदिबासीहरूले धान उब्जाउँथे । वर्षाको मौसम सकिएपछि वर्षातबाट हुने भेल बाढी आदि दुखको अन्त्यका साथ उनीहरूले खेतबारीमा गर्नपर्ने कामहरूको पनि अन्त्य भैसकेको हुन्छ । यसै फुर्सदको मौकामा यहाँका आदिवासीहरूले यो चाड दुखामाथिको विजय र धनधान्य भएको खुसियालीमा मनाउने चलन चलाएका हुनुपर्छ । पछि यता स्थाइ बसोबास गर्न आइपुगेका आर्यहरूले पनि दुखमाथि विजय प्राप्त गरेको यो मितितिथिलाई उही रुपमा स्थानीय आदिवासीहरू सँगै मनाए । आफ्ना शास्त्रहरूमा दुखमाथिको विजयलाई आध्यात्मिक रुप दिन असुरहरूमाथिको विजयको कथा हाले । एउटा फरक भने रह्यो । आदिवासीहरू सेतो अक्षेताले निधार भरी आरपार टिका लगाउँथे तर हिन्दुहरू आफ्नो चलनको रातो सिन्दुर मिसाएर लगाए ।
३) आर्यको आगमन क्षत्रमा धान उम्रदैन
थियो :
आर्यहरू युराल पर्बततिरबाट हज्जारौं वर्ष लगाउँदै अफगानिस्तान आएका थिए र त्यहाँबाटै इपू १३००० तिर हिन्दुकुश पर्वत पार गरेर उनीहरू सिन्धु क्षत्रमा पसेका थिए ।
(Aryan conquistadors were seen as having hurtled down the passes from Afghanistan to career across the plains of the Punjab …. It can be safely inferred from Vedic scripts, that the Aryas were originally pastoralists and, assuming a migration into India, plus the herdsman’s need to be forever seeking new pastures, they must have been semi-nomadic. They may have entered India sometime between 1500BC and 1300BC. )
रिग्वेदमा धानको उल्लेख कतै छैन । अर्थात् धानको बारेमा आर्यहरूले यता पूर्बतिर अर्थात सिन्धु मैदानमा अघाडी बढ्दै आए पछि यताको चलनबाट थाहा पाए ।
(It has rightly been pointed out that the term ‘yava’ be a generic term for any sort of grain, not merely in the Rigveda (Vedic intex Vol,p 187). It is supposed that the rice came to be grown from the later Vedic time onwards when the Aryans penetrated further east. (http://books.google.co.uk/books?
id=FvjZVwYVmNcC&pg=PA193&lpg=PA193&dq=grains+found++in++mohenjo+daro+and+harappa&source=bl&ots=CnAwAOZjNi&sig=TBmeVAudn6gPMWZPOJeaQ2TpSYE&hl=en&sa=X&ei=_T8PVMzfONLZasjngeAM&ved=0CEUQ6AEwCA#v=twopage&q=rice&f=true page13 ).
त्यता नत धान उब्जाउने माटो नै थियो न त्यसलाई अनुकुलता दिने मनसुनी जलवायु नै । जुन साइतमा यता दशैँ हुने गर्दछ त्यो साइत मनसुनी जलबायुबाट अनुकुल कृषी उत्पादनसँग सम्बन्धित छ । त्यता मनसुनी जलबायु नभएको हुँदा त्यस मासमा धानको उब्जाऊ हुँदैन र त्यही मितितिथिको साइत त्यहाँ बन्दैन । जहाँ चामल उब्जिएन जहाँ यताको साइतअनुसारको जलावायुनै छैन त्यताको यो कृषी चाड कसरी हुन सक्छ? उतैतिरका चाड यता संगै ल्याइएको हो कि भन्ने ठाउँ पनि नरहेको स्थिति छ किनभने हिन्दुकुश पर्वतभन्दा पश्चिमतिर कुनै पनि क्षत्रमा आज यस्ता चाड देखिन्न । त्यसैले दशैं चाड आर्यहरूले उताबाट यता आयात गरेका पनि होइनन । यसको अर्थ हो यो चाड आर्यहरू यता पस्न भन्दा पहिलादेखिनै निरन्तरित थियो ।
४) दशैं मातृसत्तात्मक चाड हो, आर्यहरू
पितृसत्तात्मक :
दशैंमा स्त्रीदेव दुर्गापूजाको पूजा हुन्छ । यो पूर्णत: मातृसत्तात्मक चाड हो । आर्यहरू आइमाइजातीलाई सामान्य दासी मान्ने र मृत लोग्नैसँगै जीउँदै सति पठाउने पितृसतात्मक जाती भएको हुँदा स्त्रीशक्तिलाई नै सर्वशक्तिमान मान्ने चाडको प्रवर्तक हुनै
सक्दैनन । अर्को संकेत यो पनि छ कि यो चाड बढीमा पूर्वतिर बङ्गाल र आसामतिर मनाइन्छ जहाँ युगौंदेखि मातृसत्तात्मक समूदाय नै बढी हावी रहेको छ । रगत खाने कालीलाई पार्वतीको अर्को रुप भनी हिन्दु पुराणहरूले वर्णन गर्दछ । काली र महादेव अनार्य कोटिका भनी स्वस्थानी कथाले पनि स्पष्ट गर्दछ ।
५) वैदिक शास्त्रमा रगत खाने देवीहरू छैनन्:
काली देविको उल्लेख पहिलो चोटी महाभारतको सौप्तिक पर्वमा (१० ।८ ।६४ ।५ ) अश्व्त्थमाले रातमा हमला गर्दा उत्पन्न भएको देखाइएको छ । त्यस अघि रगताखाने कालिको वर्णन कतै छैन । र यो समय भनेको इपू ५००० तिर अर्थात आर्यहरू यता पसेको अन्दाजी ८ /१० हाजार वर्ष भईसकेको अवस्थाको थियो । रगत खाने देवीहरू अनार्य जातिमा आजसम्म पनि पूजीत छन् । यसरी यो मातृसत्तात्मक चाड आर्यहरूको हुनै सक्दैन ।
६) हिन्दु वर्ण व्यवस्थाको आधारमा पनि यो आर्यहरूको चाड होइन:
हिन्दुहरूमा चार वर्ण छन् । उनमा ब्राह्मण र क्षेत्री वर्णहरू मात्र पूर्ववत् आर्यहरू हुन् । अरु थपिएका वैश्य र शुद्र वर्णहरू यता आगमन भएर सम्पर्कमा आएपछिका सम्झौताका जाति एवं विजित जातिहरू अर्थात अनार्यहरू हुन् । वैश्यहरू कृषक वा व्यापार गर्ने समुदायका जातिहरू हुन् भनी हिन्दुशास्त्रले भन्दछ । आर्यहरू कृषक थिएनन् त्यसैले उनीहरू वैश्य भएनन् । वैश्य नभएका ती आर्यहरूका यो दशैँ भन्ने कृषकहरूका चाड आर्यहरूका कसरी हुन्छन् ? संकेत हो विजित अनार्य अर्थात आदिबासीहरू हिन्दु जातिमा मिसिंदा यो पर्व पनि भित्रियो ।
७) भारततिर यो चाडको चलन कम छ:
आज पनि यो चाड बढीमा नेपाल र भारतको पहाडी भेगमा नै बढी मानाइन्छ. दक्षिण भेगतिर यो पहिलेदेखि अलि अपरचित थियो. उल्लेख्य यो छ कि भारतीयहरू आज पनि नेपालीहरूलाई जिस्काउन “पहाडि लोग मथेपे चावल धरके दसेरा मनाते है” भन्दछन् ।
निष्कर्ष र बाँकी रहेको प्रश्न :
माथिका सबै बुँदाहरूले यो हिन्दूहरूका पुर्खाले ल्याएका चाड होइनन तर यताकै चाड उनीहरूले अपनाएको पुष्टी हुन्छ । लौ अब भन्नुहोस यो मूलत: कसको चाड हो ? वा कसरी यो मूलत: हिन्दुहरूको हुन सक्छ?