मेरो स्मृतिमाः गौरादह क्याम्पस

भोजराज दाहाल/

हिजो अस्ति जस्तो लाग्छ, पुलचोक,
इन्जिनियरिङ्ग क्याम्पसको सहायक
प्राध्यापकको जागीर बाट राजिनामा
दिएर सामुदायिक क्षेत्रमा क्याम्पस
स्थापनाको उद्देष्यले गौरादह आएको, तर २०४६ सालमा स्थापित गौरादह बहुमुखी क्याम्पसले आफ्नो जीवन यात्राको २५ औं बसन्त पुरा गरेर
रजत महोत्सव मनाउने तम्तयारी पो गरी सकेछ ।
अनि आफ्नो विगत देखि बर्तमान सम्मका
अर्थात जन्मकाल देखि आज सम्मका आरोह
अबरोह तथा तिता मिठा स्मृतिहरुलाई समेटेर
“रजत स्मारिका” प्रकाशन गर्ने तैयारी गरी
सकेछ । स्मारिका प्रकाशन समितिका
संयोजक समेत रहनुभएका आदरणीय सहप्राध्यापक,
पुर्व क्याम्पस प्रमुख तथा क्याम्पसको संस्थापक
प्राध्यापकहरु मध्येका एक गोपाल काफ्लेबाट
प्राप्त क्याम्पसको स्थापना र विकासको
क्रमका केही स्मृतिहरुलाई प्रकाशोन्मुख
“स्मारिका” को लागि तैयारी गर्ने
जानकारीले यो पंतिकारलाई पनि केहि लेख्न
झकझक्यायो र त्यसैको परिणाम “क्याम्पसको
स्थापना र विकास” संग सम्बन्धित केही क्षणहरु
स्मरण गर्ने र सकभर जस्ताको तस्तै लेखनमा उतार्ने
प्रयत्न गरेको छु ।
क्याम्पस स्थापना संबन्धि केही झल्याक
झुलुकहरुः
०४४ सालको दशैं तिहारको रौनकको समाप्ति
संगै अनौपचारिक चर्चा र छलफलमा आएको
गौरादहमा क्याम्पस स्थापनाको प्रशंगले
सोही बर्षको माघ १६ गते शहिद दिवशको दिन
गौरादह गा.वि.स.को प्रांगणमा तत्कालिन
गौरादहका प्रधानपञ्च चिरञ्जिवि
दाहालको अध्यक्षतामा आयोजित गौरादह–
महारानीझोडा–जुरोपानी क्षेत्रका
अगुवाहरुको सरसल्लाहा भेला र सो भेलाबाट
गठित रोहित कुमार बस्नेत संयोजक रहेको
‘क्याम्पस ब्यबस्था तथा सम्भाब्यता अध्ययन
समिति’ बाट औपचारिकता पाएको देखिन्छ ।
केही समयको अन्तराल पछि सोही
प्रयोजनलाई निरन्तरता दिने गरी केशव प्रसाद
लोहनीको नेतृत्वमा पुनर्गठित समितिले
तत्कालिन गौरादह– महारानीझोडा–
जुरोपानी क्षेत्रका जनप्रतिनिधिहरु र
सामाजिक–राजनैतिक अगुवाहरु समेतको
परामर्श र सहयोगमा २०४५ सालको हिउँदमा
‘आर्थिक सर्भेक्षण अभियान’ सञ्चालन गर्यो ।
यो सर्भेक्षण अभियानले सवैमा क्याम्पस
सञ्चालन गर्ने बारेमा नयाँ तरंग पैदा गर्यो भने
अगुवाहरुलाई थप उत्साहित बनायो ।
देशमा प्रविणता प्रमाणपत्र तहलाई विस्थापन
गरी उच्च माध्यमिक तह (१०ं२) को चर्चा
चलिरहेकोले उच्च माध्यमिक तहकै कार्यक्रम भए
पनि ल्याउने उद्धेष्यले यसै क्षेत्रका अगुवाहरुको
अर्को भेलाले ‘उच्च माध्यमिक तह’ को लागि
रोहित कुमार बस्नेतको अगुवाईमा अर्को
समिति बनायो । गौरादह बासीहरु क्याम्पस
होस या १०ं२, जे भए पनि क्ीऋ पश्चातको
शिक्षाको निम्ति शिक्षालय स्थापनामा
दत्तचित्त थिए । यही कुरोलाई ख्यालमा
राखी २०४६ साल भाद्र महिनामा दुवै
समितिका संयोजकहरु, केशव प्रसाद लोहनी र
रोहित कुमार बस्नेत, काठमाण्डौं लाग्नु भयो ।
प्रारम्भमै उहाँहरु तत्कालिन जलश्रोत सहायक
मन्त्री केशव कुमार बुढाथोकीको सहयोगमा
शिक्षा मन्त्रालय पुगी तत्कालिन शिक्षा
मन्त्री परशुनारायण चौधरीलाई भेटी १०ं२
कक्षा माग गरिएको निवेदन पेश गर्नुृभयो । तर
उच्च माध्यमिक तह (१०ं२) सञ्बन्धि ऐन नै
नबनिसकेको अवस्थामा “ऐन तैयार भई
कार्यान्वयन भएको अवस्थामा
प्राथमिकतामा पार्ने गरी निवेदन दर्ता गर्ने”
भन्ने आशयको शिक्षा मन्त्रीको तोक आदेशले
तत्काल १०ं२ तर्फको कार्यक्रमको थान्को
लागेकोले संयोजक रोहित कुमार बस्नेत आफ्नै
निजी भेटघाटमा काठमाण्डौंको निर्जीव
ब्यस्ततामा हराउनु भयो भने क्याम्पस तर्फका
संयोजक केशव प्रसाद लोहनी १०ं२ सञ्बन्धि ऐन नै
नबनिसकेको अवस्थाको निवेदन दर्ता निरर्थक
ठानेर त्रि.वि. का पदाधिकारी भेटेर
‘क्याम्पस प्रयत्न’ लाई निरन्तरता दिने
प्रयत्नमा लाग्नुभयो ।
परिणामत इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकमा
अध्यापनरत यो पंतिकार संगको भेटमा
आईपुग्नुभयो, तत्कालिन त्रि.वि.का
पदाधिकारीहरु संगको भेटको उद्धेष्यले । नभन्दै
तत्कालिन त्रि.वि. कार्यकारी परिषद सदस्य
डा. बल्लभमणि दाहालको प्रयत्नबाट दुई दिन
पश्चात केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा
त्रि.वि.का उपकुलपति महेश कुमार उपाध्याय र
रजिष्ट्रार पार्थिवेश्वर प्रसाद तिमिल्सिना
संग भेटको संयोग मिल्यो । सुखद सयोग भन्नु
पर्दछ, उक्त भेटको अघिल्लो दिन तत्कालिन
गौरादहका प्रधानपञ्च चिरञ्जिवि दाहाल
पनि पश्चिम नेपालको भ्रमणबाट अप्रत्यासित
काठमाण्डौं आई पुग्नुभयो, यसले त्रि.वि.
पदाधिकारीहरु संगको भेटलाई थप अर्थपूर्ण
बनायो । डा. बल्लभमणि दाहालबाट हाम्रो
बारेको सबै जानकारी पाइसकेका त्रि.वि.
पदाधिकारीहरु पहिले नै गौरादहमा क्याम्पस
सञ्चालन अनुमति दिने बारेमा सकारात्मक नै
थिए । सामान्य परिचय पश्चात उहाँहरुले
हामीलाई भन्नु भयो “ तपाईंहरुको सबै कुरो
दाहाल सरले भनि सक्नु भा’को छ ; तपाइंहरु
क्याम्पस सञ्चालन अनुमतिको लागि
आउनुभा’को; यसको निम्ति मुद्धति खातामा
रु. ६,५०,०००÷ (छ लाख पचास हजार रुपैंया) राख्नु
पर्दछ, तर क्याम्पसको कक्षा शुरु हुने वेला भई
सकेकोले तत्काल रु. १,२५,०००÷ (एक लाख पच्चिस
हजार रुपैंया) क्याम्पसको खातामा जम्मा
गर्नुहोस; अस्थायी सम्बन्धन लिनुहोस; कक्षा
सञ्चालन गर्नुहोस अनि यसै बर्षको चैत्र मसान्त
भित्रमा रु. ६,५०,०००÷ पुर्याउनुहोस ।
तपाईंहरुलाई शुभकामना ! फेरि १०ं२ कार्यक्रम
लागु भए पछि स्वतः त्यता जानु पर्छ है ।” यति
भनेर हामी तीनै जना (चिरञ्जिवि दाहाल,
केशव प्रसाद लोहनी र म भोजराज दाहाल) संग
हात मिलाएर ‘ तपाईंहरुको कार्य सफलताको
शुभकामना’ भन्दै उहाँहरु हामी बाट अलगिनु
भयो ।
निर्दलीय शाशन ब्यबस्थामा गुज्रिरहको
देशको प्रशासन सोही अनुरुपको हुनु स्वभाविक
थियो भने यस क्षेत्रका प्राय सबै निर्वाचित
जन प्रतिनिधिहरु ‘जनपक्षीय’ अर्थात
निर्दलीयता बिरोधी थिए; यति मात्रै हैन,
यो बर्ष त्यसवेला प्रतिबन्धित अवस्थाका
निर्दलीयताका विरोधी राजनैतिक शक्तिहरु
नेपाली काँग्रेश र वाम मोर्चाले साझा
मोर्चा बनाएर निर्दलीय पञ्चायती
ब्यबस्थाको विरुद्धमा निर्णायक आन्दोलनको
घोषणा गरी संघर्षमा होमिएका थिए । यसले
यस क्षेत्रका वास्तविक सामाजिक राजनैतिक
अगुवा तथा जनप्रतिनिधिहरुलाइ दृष्यमा
क्याम्पस स्थापनाको नेतृत्वकारी भूमिकामा
कमै देखा परी तत्कालिन राजनीतिको
संस्थापन (पञ्चायत) निकट रहेका र स्वतन्त्र
सामाजिक ब्यक्तित्वहरुलाई अघि लगाउनु पर्ने
तर सोको निम्ति आवश्यक आन्तरिक सवै
ब्यवस्था मिलाउनु पर्ने विरोधाभाषी
बाद्यता थियो ।
यस्तो विरोधाभाषी परिस्थितिमा पनि
स्थानीय स्तरमा क्रियाशील संस्थापन तथा
संस्थापन विरोधी प्रतिवन्धित राजनीतिका
अगुवाहरुको विचमा कायम रहेको क्याम्पस
स्थापनाको बारेको सुझबुझपूर्ण समझदारी र
स्थानीय ब्यापारी, बुद्धिजीवि, समाजसेवी
आदि सबैको सकारात्मक सहयोगको परिणाम १
(एक) महिना भन्दा छोटो अवधिमा
तोकिएको रकम रु १,२५,०००÷ सहजै जम्मा भई
सोही बर्ष २०४६ सालमा नै क्याम्पस स्थापना
गरी सञ्चालन गर्ने सुनौलो र चुनौतिपूर्ण
यात्राको मार्ग प्रशस्त भयो । २०४६ साल
असोज महिनाको अन्तिम तिर रु १,२५,०००÷
क्याम्पसको खातामा जम्मा भएको प्रमाण
बोकेर केशव लोहनीको साथमा चिरञ्जिवि
दाहाल र स्व.पद्मराज दाहाल काठमाण्डौं
तर्फ लाग्नु भयो; यो पंतिकार त काठमाण्डौं
कै जागिरे स्वतः उहाँहरुको साथमा रहने नै भयो
। विश्वविद्यालयमा निवेदन दर्ता भयो;
कार्तिक ३ गते कार्यकारी परिषदको वैठक
बस्यो; हाम्रो क्याम्पस सम्बन्धनको एजेण्डामा
छलफल भयो; हामीलाई पहिले बचन दिने
पदाधिकारीहरुमा उपकुलपति निलम्वित
अवस्थामा, रजिष्ट्रार दशैंमा ससुराल गएको उतै
विदामा….। डा. बल्लभमणि दाहाललाई बाहेक
कार्यकारिणीका अरु सदस्यहरुलाई केही
थाहा नभएको, केही बेर त समस्याको गाँठो
बुझ्न–बुझाउन नै लाग्यो र अन्त्यमा, सोही
बर्षको चैत्र मसान्त भित्रमा रु. ६,५०,०००÷ अक्षय
कोषमा जम्मा गरि सकनु पर्ने नत्र क्याम्पसको
सम्वन्धन खारेज हुने सर्तमा अस्थायी सम्बन्धन
दिने निर्णय भयो ।
कार्तिक ३ गतेको निर्णय अनुसार ४ गते
त्रि.वि.ले सर्त सहित सोही बर्ष २०४६ देखि नै
श्री जनता माध्यमिक विद्यालयमा,
विहानी सत्रमा मानविकी तर्फ प्रमाणपत्र तह
(आई.ए.) का कक्षा सञ्चालन गर्न पाउने गरिको
सम्बन्धन पत्र दियो । क्याम्पस सञ्चालन
स्वीकृतिको प्रारम्भिक झमेला टुंगियो । म त
पुलचोक ईञ्जियिरिङ्ग क्याम्पसको शिक्षक,
क्याम्पसको सम्बन्धन पछि के कसो को त्यत्रो
ठुलो खोजीनीति गर्ने पक्षमा थिइंन । ४ गते
दिनभर सम्बन्धन पाएको खुशीयालीमा
कीर्तिपुर र काठमाण्डौंका विभिन्न
स्थानमा घुमेर जव बेलुकी डेरा फर्कियो, तव शुरु
भयो कसरी क्याम्पस शुरु गर्ने ? क्याम्पस प्रमुख
कसलाई बनाउने ? शैक्षिक कार्यक्रम कसरी
बनाउने ? शिक्षक ब्यबस्था कसरी गर्ने ? आदि
….। यी सबैको थालनी विन्दु नै क्याम्पस
प्रमुखको ब्यवस्था थियो, कसलाई यो
जिम्मेवारी दिने टुङ्गो थिएन । थोरै
फाट्टफुट्ट एकतर्फी चर्चा चलेको रहेछ २०३८
सालमा नै अर्थशास्त्रमा एम.ए. उतीर्ण गरी अमर
मा.वि. बैगुन्धुरामा निरन्तर प्र.अ. को
भूमिकामा रहनु भएका सुरेश बहादुर पौडेलको ।
तर कुनै औपचारिक वार्ता, छलफल तथा निर्णय
नभएको सन्दर्भमा मलाई क्याम्पस प्रमुखको
लागि प्रस्ताव गर्नुभयो । मलाई तुरुन्त निर्णय
लिन कठिन थियो किनकि म क्याम्पस
सञ्चालन गरिने स्थान ज.मा.वि. बाट मात्रै
होईन, निकटवर्ती विद्यालय स्कूलचौनबाट
पनि प्रहरी प्रतिवेदन प्रतिकुल भई अराष्ट्रिय
तत्वको विल्ला लागि अवकास पाई
झापाबाट विस्थापित भएको, पुलचोक
ईञ्जियिरिङ्ग क्याम्पसमा सहायक
प्राध्यापकको रुपमा कार्यरत रही
स्थायित्वको संघारमा पुगेको, श्रीमती, भाई
र छोरीहरु समेत एकसाथ काठमाण्डौंमा
सहजतापुर्वक जीवन डुङ्गा चलाई रहेको साथै
घरपविार, साथीभाई, आफन्त, इस्टमित्रहरु र
काठमाण्डौंमा मेरो अभिभावकत्व लिईरहनु
भएका आदरणिय काका डा. बल्लभमणि दाहाल
लगायत प्राय सवैबाट फेरि कुनै पनि भूमिकामा
गौरादह फिर्ता जानु ठिक छैन भन्ने सल्लाहा
आईरहेको थियो ।
मैले भोलिपल्ट विहान सम्मको समय मागें ।
निर्णय लिन मैले सल्लाहा लिने ठाउँ थिएन,
किनकि, प्रस्ट थियो सबैतिरबाट नकारात्मक
सल्लाहा नै आउँथ्यो । म आफैं संग रहेका
श्रीमती, भाइ र छोरीहरु गौरादह फर्कने
कुराको खुल्ला विरुद्धमा थिए । मैले एक्लै
रातभरी आफैं संग सल्लाहा गरेर निष्कर्ष
निकालें । निर्णयमा साथदियो मेरो उखुण्डो
र घड्घडो स्वाभिमानले । मेरो उखुण्डो र घड्घडो
स्वाभिमानले ‘माध्यमिक तहको अस्थायी
शिक्षकबाट अवकाश पाएकै ठाउँमा त्यही
समाजले त्यो भन्दा माथिल्लो जिम्मेवारी
बिनासर्त सर्वसम्मतिले दिन्छ भने किन नजाने
खुशीसाथ जाने, जिम्मेवारीलाई चुनौतिको
रुपमा स्वीकार गर्दै ईमान्दार भई काम गर्ने….’
भन्ने आशयको सुझाव दियो, अनि त्यही
सझावलाई मनन गरी गौरादहवासीले सर्वसम्मत
निर्णय गरी क्याम्पस प्रमुखको निम्ति
प्रस्ताव गरेमा काठमाण्डौंका सवै अवसर
छोडी गाउँ फर्कने मेरो एकल निर्णय उहाँहरुलाई
सुनाएँ । उहाँहरु ‘ल ठिक छ, अव हामी जान्छौं’
भन्दै सोही दिन ५ गतेको रात्री बस चडेर
गौरादह फर्कनु भयो; १२ गते बिस्तारित बैठक
बोलाउनु भयो; क्याम्पस तदर्थ समितिलाई
केही समय सापेक्ष थपघट गरी केशव प्रसाद
लोहनी कै नेतृत्वमा क्याम्पस सञ्चालक समिति
गठन गर्नुभयो; बिस्तारित बैठकमा नै क्याम्पस
प्रमुखको बारेमा अनौपचारिक सहमति
गर्नुभयो; टेलिफोनको सहज सुविधा नभएकोले
तत्कालिन प्रधानपञ्च तथा सञ्चालक
समितिका सदस्य चिरञ्जिवि दाहाल
क्याम्पस प्रमुखको निम्ति मलाई लिन १३ गतेको
बस चढी १४ गते विहान काठमाण्डौं पुग्नु भयो ;
त्यही दिन मैले पुलचोक ईञ्जियिरिङ्ग
क्याम्पसको सहायक प्राध्यापकबाट
राजिनामा दिएँ; काका बल्लभमणि संग विदा
माग्न हामी दुवै गयौं; मेरो निर्णयलाई
काकाले भावनात्मक र अपरिपक्व ठान्दै असहज
स्वीकृदिनुभयो । १६ गते वेलुकी हामी दुबै संगै बस
चड्यौं, १७ गते गौरादह आईपुग्यौं, १९ गते
सञ्चालक समितिको बैठक बस्यो, म भोजराज
दाहाललाई क्याम्पस प्रमुखमा र कर्मचारीमा
ताराप्रसाद घिमिरेलाई नियुक्त गरी मंसिर
महिनाको दाश्रो हप्ताबाट कक्षा प्रारम्भ
गर्ने गरी क्याम्पस सञ्चालनको जिम्मेवारी
दिने निर्णय गर्यो । शिक्षकको हकमा भने
आवश्यकतानुसार अध्यक्ष संगको परामर्श र
सहमतिमा ब्यबस्था गर्ने जिम्मेवारी क्याम्पस
प्रमुखलाई दिईयो ।
कार्तिक २० गते बाट ज.मा.वि. को एउटा
कोठामा क्याम्पस कार्यालय प्रारम्भ गरियो
प्रा.शि.प. का केही कुर्सी, टेवल र तत्कालिन
गाउँ पञ्चायतले दिएको एउटा पुरानो दराज,
तत्कालिन ज.मा.वि. का परिचर शेर बहादुर
समेतको सहयोगमा मिलाएर । क्याम्पस र
कार्यालय प्रयोजनको निम्ति आबश्यक पर्ने
लेटर प्याड, स्टया्म्प, विद्यार्थी आवेदन फारम
आदिको निम्ति दमक निलम कटुवालको प्रेशमा
जिम्मा दिइयो । अब शिक्षक ब्यबस्थाको
निम्ति खोजी शुरु भयो । सबैभन्दा पहिले २०३८
सालमा नै अर्थशास्त्रमा स्नातकोत्तर सकेर
अमर मा.वि. बैगुन्धुरामा प्र.अ.को रुपमा
कार्यरत सुरेश बहादुर पौडेल संग बैगुन्धुरामै भेट
भयो । पहिलो भेटमा नै म उहाँबाट प्रभावित
भएँ । उहाँले हरतरहबाट क्याम्पसको निम्ति
आफ्नो सहयोग रहने बचन दिनुभयो ।
विहानीको समय क्याम्पस कार्यालयमा अनि
दिउँसो दिउँसो आसपासका विद्यालयहरुमा र
गाउँघरमा समेत क्याम्पसको खवर बोकेर हिड्ने
क्रम जारी रह्यो । क्याम्पस सञ्चालक
समितिका अगुवाहरु पनि टोली टोली बनाएर
क्याम्पसको प्रचार प्रसार र चन्दा संकलनलाई
एकसाथ अभियानकै रुपमा अघि बढ्नु भयो ।
महारानीझोडा र कोहभरा क्षेत्र स्व. देवी
प्रसाद काफ्ले र गोपालवावु उप्रतीले,
जुरोपानी, गौरीगञ्ज र खजुरगाछी अमर बहादुर
विष्ट र स्व. डिल्ली प्रसाद अधिकारीले,
बैगुन्धुरा स्व. कप्तान नृप बहादुर ढुंगानाले,
तोपगाछी सुवेदार खड्ग बहादुर ढुंगानाले,
गौरादहको १ र २ नं वार्डका अतिरिक्त लखनपुर
स्व. क्याप्टेन गोपाल गुरुङ्ग, ललित बहादुर घले र
सोम बहादुर लिम्बुले , गौरादहको ४, ५ नं वार्ड
क्षेत्रमा शर्मानन्द अधिकारी, बावुराम
जोशी, स्व. नरपति अधिकारीले ६, ७ नं वार्ड
क्षेत्रमा स्व. त्रैलोक्यनाथ दाहाल र डिल्ली
सेडाईंले आर्थिक सहयोग संकलन अगुवाईको
जिम्मा लिनुभयो भने गौरादह बजार र बजार
संग जोडिएका वार्डहरु ३, ४, ८, ९ का अतिरिक्त
आवश्यकता अनुसार सबै क्षेत्र र टोलीको
संयोजनको जिम्मा अध्यक्ष केशव प्रसाद
लोहनी, स्व. पद्मराज दाहाल, चिरञ्जिवि
दाहाल, गरुडध्वज बस्नेत, रोहित कुमार बस्नेत समेत
रहेको केन्द्रिय टोलीको भयो । संकलन भएको
रकम दैनिक ने.बै.लि. गौरादहमा जम्मा हुने र
क्याम्पस कार्यालयले हिसाव राख्ने ब्यबस्था
मिलाईयो । यता क्याम्पस पठनपाठन
सञ्चालनको निम्ति शिक्षक ब्यबस्था
अध्यक्षको परामर्शमा क्याम्पस प्रमुखले गर्ने
जिम्मेवारी दिइएकोले सोही अनुसार
अंग्रेजीको निम्ति स्वयं क्याम्पस प्रमुख,
अर्थशास्त्रको निम्ति सुरेश बहादुर पौडेल,
राजनीतिशास्त्रको निम्ति रमेश कुमार बस्नेत,
नेपालीको निम्ति राम बहादुर भट्टराई,
इतिहासको निम्ति गोपाल प्रसाद काफ्ले,
संस्कृतिको निम्ति जय बहादुर कार्की र
गणितको निम्ति अभय बहादुर तुम्बाहाम्फेलाई
तैयार पारियो ।
क्यापस र कक्षा सञ्चालनका लागि आवश्यक
तैयारी पुरा भयो तर विद्यार्थीको भने अझै
टुंगो थिएन । अन्यत्र सवै तिर कक्षा शुरु
भइसकेको थियो । मंसिर महिनाको पहिलो
हप्ता विति सक्दा पनि प्रवेश आवेदन फारम एउटै
पनि विक्रि भएको थिएन, । फाट्ट फुट्ट सोधी
खोजी चलदथ्यो । क्याम्पस सम्वन्धन भएर
आईसक्यो, क्याम्पस कार्यालय शुरु भईसक्यो,
शिक्षक, कक्षाकोठा, पाठ्यक्रम, पाठ्यपुस्तक,
पुस्तकालय आदिको ब्यवस्था भइसक्यो तर ‘
क्याम्पस चल्छ? विद्यार्थी हुन्छन? शिक्षक
पाईन्छन?? यी शिक्षकले पढाउन सक्छन् ???
जस्ता यत्रतत्र, हाटवजार, चिया पसल आदिमा
चलि नै रहने अल्लारे र अपरिपक्व प्रश्नहरुले म
आफैंलाई कता कता अनिश्चयको झस्का
दिईरहन्थ्यो । एक दिनको विहानले
अनिश्चयको पर्दा हटाई दियो, जवर बहादुर
ढुंगानाको अभिभावकत्वमा आएको प्रदीप
ढुंगाना, हिन्द बहादुर दाहाल (हालका
क्याम्पस प्रमुख) समेतका तोपगाछी तर्फका ४
जना विद्यार्थीहरुको प्रवेश उद्घाटनले । अव
फाट्ट फुट्ट विद्यार्थी भर्ना हुन थाले । कक्षा
प्रारम्भ हुने दिन मंसिर १५ आयो । सञ्चालक
समितिका पदाधिकारीहरु र प्रतिनिधि
अभिभावकहरुको उपस्थितिमा कक्षा सञ्चालन
गरियो । पहिलै दिन १०० भन्दा बढी
विद्यार्थी कक्षामा देखा परे । भोलिपल्ट
सेक्सन विभाजन गरियो, एक हप्ता पछि नै
विद्यार्थीको संख्या २०० भन्दा माथि भयो,
कक्षा कोठा साना भएकोले तेश्रो सेक्सन
बनाइयो, गणितमा बाहेक सवै विषयमा तीन
तीन सेक्सन भए, क्याम्पस सञ्चालनमा अव कुनै
द्धिविधा रहेन । त्रि.वि. दर्ता फारम भर्ने
वेला सम्म आइपुग्दा विद्यार्थी संख्या २६० को
हाराहारी पुग्यो । अब क्याम्पस चल्छ भन्ने
कुरामा सबैमा निस्चिन्तता थपियो ।
पहिलो बर्ष स्थानीय आबश्यकताको बिषयमा
अंग्रेजी सञ्चालन गर्न सकिएको थिएन, तर
दोश्रो बर्षको प्रारम्भ हुनु भन्दा अगावै
अंग्रेजी बिषयमा नै स्नातकोत्तर (एम.ए.) गर्नु
भएका कमल प्रसाद वस्तीको आगमनले ऐच्छिक
अंगे्रजीलाई पनि दोश्रो बर्ष देखि संभव
बनायो । दोश्रो बर्ष पनि विद्यार्थी संख्या
उही करिव पौने तीन सयको हाराहारीमा
भर्ना भए । तीन सेक्सन बनाएर कक्षा सञ्चालन
गरियो । यस बर्ष ऐच्छिक बिषयमा अंगे्रजीका
साथै भूगोल पनि थप गरियो । भूगोल
अध्यापनको जिम्मा स्व. कृष्ण कुमार श्रेष्ठलाई
दिईयो । अब, अनिवार्य बिषयका अतिरिक्त
अंगे्रजी र भूगोल समेत गरी क्याम्पसमा आठ
ऐच्छिक बिषयहरु सञ्चालनमा आए । पहिलो
बर्षको निम्ति हाम्रा विद्यार्थीहरुको
परीक्षा केन्द्र दमक क्याम्पस तोकियो,
दोश्रो बर्ष अर्थात २०४८ साल देखि परीक्षा
केन्द्र पनि गौरादहमा नै कायम गराउन सकियो

क्याम्पसको लागि जग्गा प्राप्तिको प्रसंगः
क्याम्पस सफल सञ्चालनमा आए पनि
क्याम्पसको स्थायित्वको निम्ति आफ्नै
जग्गा र भवन हुनु आबश्यक थियो । गौरादह
शहरीकरण तर्फ उन्मुख हुने क्रममा रहेकोले बढ्दो
मूल्यको कारण तत्काल उपयुक्त स्थान र
मात्रामा जग्गा प्राप्त गर्ने बिषय गहन थियो
। यसै क्रममा हाल क्याम्पस रहेको स्थानमा
विराटनगर निवासी लोक राज जोशीको
नाममा रहेको पाँच विगाहा एक कट्ठा र
डिपुमा दुई विगाहा दश कट्ठा गरी सात
विगाहा एघार कट्ठा जग्गा बिक्रिमा रहेको
जानकारीमा आयो । उक्त जग्गा क्याम्पसले
बिक्रिको जिम्मा लिई डिपुको दुई विगाहा
दश कट्ठा प्रचलित मूल्यमा घरघडेरी योजना
गरी विक्रि गर्दा हाल क्याम्पस रहेको
स्थानको पाँच विगाहा एक कट्ठा जग्गा
क्याम्पसलाई फायदा हुने अनौपचारिक अनुमान
भयो । तत्कालिन अध्यक्ष केशव प्रसाद लोहनी
जोशी परिवार संग निकट संबन्धमा रहेको
कारण उहाँले जोशी परिवार संग संपर्क राख्नु
भयो । जोशी परिवार बैना गर्ने, जग्गा
पासको मिति तोक्ने लगायत सर्तहरुमा मन्जुर
भएनन् । उनीहरु क्याम्पस होस् या ब्यक्ति जो
संग भए पनि एकमुष्ट जग्गाको मूल्य लिने र सोही
दिन रजिष्ट्रेशन पास गरिदिने मान्यतामा
अडिग रहे ।
क्याम्पस विश्वविद्यालयले तोकेको धरौटी
रकम नै पुरा गर्न नसकिरहेको अबस्थामा एकमुष्ट
बाह्र लाख पचास हजार रुपैंयाँ चुक्ता गरी
जग्गा लिन सक्ने अवस्थामा थिएन । यो कुरा
प्रारंभमा अध्यक्ष केशव लोहनी, सं.स. सदस्य
गोपाल उपे्रती र क्याम्पस प्रमुख भोजराज
दाहाल संग सिमित थियो । क्याम्पसले रकम
जुटाउन नसक्ने अवस्थामा विकल्पको रुपमा
स्थानीय ब्यापारीहरुसंग मिलेर कारोवार गर्ने
गोपाल उप्रेतीको प्रस्ताव अनुसार,
क्याम्पसलाई कम्तिमा हाल क्याम्पस रहेको
स्थानको पाँच विगाहा एक कट्ठा जग्गा
निशुल्क र दुई लाख रुपैयाँ समेत उपलब्ध गराउने गर्ने
सर्तमा समुह निर्माण गरी जग्गा बेच्ने काम गर्ने
जिम्मा निज गोपाल उप्रेतीले नै लिनुभयो ।
हप्ता दिन वित्यो, गोपाल उपे्रती बाट
असमर्थताको जवाफ आयो । तत्काल क्याम्पस
सञ्चालक समितिका अगुवाहरुको आकस्मिक र
अनौपचारिक सरसल्लाहा बैठक स्व. पद्मराज
दाहालको घरदलानमा बस्यो । अनौपचारिक
बैठकले जोशी परिवार संग ‘छ महिना भित्रमा
संपूर्ण रकम चुक्ता गरी जग्गा पास गर्ने सर्तमा
क्याम्पसलाई कारोवार गर्न दिन अनुरोध गर्ने’
निर्णय गरी केशवप्रसाद लोहनी र गरुडध्वज
बस्नेतलाई बिराटनगर पठाउने निर्णय गर्यो ।
यता अर्को तर्फ जोशीको जग्गा विक्रि गर्ने
चर्चा सुनेका केही स्थानीय घडेरी ब्यापार संग
संबन्धित साथीहरु जग्गा विक्रि वारे कुरा
बुझ्न विराटनगर जानुभएछ । लोकराज
जोशीबाट ‘जग्गा विक्रिमा रहेको,
क्याम्पसलाई दिइ नसकेको, जसले चुक्ता पैसा
पहिले लिएर आउँछ, उसैलाई दिने’ भन्ने आशयको
उत्तर पाए पछि, र क्याम्पस संग जग्गाको मूल्य
चुक्ता गर्ने रकम छैन भन्ने थाहा पाए पछि जग्गा
नउम्काई आफैंले लिने मनसुवा राखी रकम संकलन
गर्न थाल्नु भएछ ।
क्याम्पसले अनौपचारिक निर्णय गर्ने दिन सम्म
आईपुग्दा उहाँहरुले पनि सोही जग्गा खरिदको
निम्ति आधाउधी रकम भेला पारि सकनु भएको
रहेछ । परिणाम क्याम्पस प्रतिनिधिहरु सवै
संगको शुभकामना साथ “अनुरोध” लिएर बस चड्नु
भयो भने, ब्यापारी साथीहरु उहाँहरुले संकलन
गर्नुभएको रकमको थैलो बोकेर र ट्याक्सी
रिजर्भ गरेर विराटनगर जानु भयो । स्वभावैले बस
चड्ने क्याम्पसका प्रतिनिधिहरु भन्दा
ट्याक्सी रिजर्भ गर्ने साथीहरु पहिले
विराटनगर जोशी घर पुग्नु भयो । दुवै टोलीको
विचमा भनाभन, छलफल, बहस भए । लोकराज
जोशी वेखवर झैं थिए । उनी क्याम्पस र
ब्यक्तिमा भिन्नता देख्दैन थिए । उनी
जग्गाको वैना लगायतका कुनै सर्त मान्नेवाला
थिएनन् । उनी क्याम्पस होस् या ब्यक्ति
चुक्ता पैसा, तुरुन्त रजिष्ट्रेशन पास, यत्ति
जान्दथे, अनि त्यही भन्दथे । क्याम्पस
प्रतिनिधिको अनुरोध उनले ध्यान दिएर सुन्दा
पनि सुनेनन् । अन्तिममा दुवै टोलीको बिचमा
अनौपचारिक सहमति भयो, क्याम्पसलाई एक
लाख रुपैया जग्गा कारोवारको नाफाबाट
दिने, अनि ब्यापारी साथीहरुले उक्त
जग्गाको कारोवार गर्ने । जोशीले पनि
उहाँहरुले लगेको रकम वैना बापत नभई
सापटी÷सुरक्षा बापत मात्र भनी राखिदिए,
बाह्र लाख पचास हजार पुरा भएका दिन जग्गा
पास गरिदिने सर्तमा । अहिले सम्म भए गरेका
सवै कामकुराहरु मौखिक र अनौपचारिक नै थिए

वेलुका दुवै टोली त्यही रिजर्भ गरिएको
गाडीमा क्याम्पसलाई एक लाख रुपैंयाँ दिने र
निर्वाध जग्गा घडेरी प्लानिङ गरी वेच्ने
सहमतिमा फर्कियो । यता क्याम्पसमा
हामीहरु भने जोशी परिवारले क्याम्पसको
प्रस्तावलाई स्वीकार गर्ने र कम्तिमा पनि
क्याम्पसले भवन निर्माणको निम्ति जग्गा
प्राप्त गर्नेछ र सुकुमबासीको अवसथाबाट
मुक्ति पाउनेछ भन्नेमा विस्वस्त थियौं । अझ
मेरो मानसिकता त झनै भिन्न थियो । म त
काठमाण्डौंबाट ईन्जिनियरिङ क्याम्पसमा
स्थायी हुने प्रकृयामा रहेको सहायक
प्राध्यापक पदलाई माया मारेर र आफ्नो
सुनिस्चित भविष्यलाई नै दाउमा राखेर
ग्रामिण क्षेत्रमा क्याम्पस सञ्चालन गर्ने
घड्घडो हिम्मत बोकेर आएको, क्याम्पसको
निम्ति जग्गा प्राप्तिको सपना अकस्मात
भत्किदा चरम छटपटि हुनु र आफनो लक्ष
प्राप्तिमा प्रयत्नशील हुनु स्वभाविक थियो ।
म ‘सोझो औंलाले घिउ निस्कदैन’ भन्ने नेपाली
उखान संग सहमत भएँ । क्याम्पसको निम्ति
धरौटी रकम नै पुरा नभई सकेको, लेखिएको
पाँचसय रुपैयाँ उठाउन पनि पाँचौं पटक सम्म
रसिद बोकेर घरघर जानुपर्ने परिस्थिति
अधिकांश ठाउँमा कायमै रहेको र कतिपय
ठाउँमा एकसय उठाउन एक घण्टा भाषण सुन्नु पर्ने
स्थिति कायमै रहेको अवस्थामा तत्कालिन
बजार मूल्य अनुसार दशलाख भन्दा बढीको अचल
सम्पति पाउनको निम्ति क्याम्पसको तर्फवाट
केही बाङ्गोटेडो बाटो अवलम्बन गर्नै पर्दछ भन्ने
मेरो ठहर भयो । विहान कयाम्पसमा सवैभन्दा
पहिले प्राध्यापकहरु संग परामर्श गरें, उहाँहरुले
मेरो प्रस्तावलाई स्वीकार गर्नुभयो, युनियन
लगायतका विद्यार्थीका अगुवाहरुलाई
अफिसमा वोलाएर कुरा राखें, उनीहरुले पनि
मेरो प्रस्तावलाई स्वीकार गरे । तुरुन्तै कक्षा
स्थगन गरेर सिमलको फेदमा संयुक्त भेला
आयोजना गरियो । मेरो प्रस्ताव अनुसार
भेलाले ‘ स्थानीय ब्यापारीहरुले अवलम्वन गरेको
जग्गा प्राप्तिको प्रकृया अस्वस्थ,
असामाजिक र क्याम्पसको हित विरुद्ध रहेको
हुँदा सो कार्यको विरोध गर्ने र क्याम्पसको
सुनिस्चितताको निम्ति कम्तिमा पाँच
विगाहा एक कट्ठा जग्गा ब्यापारीहरुले
क्याम्पसलाई उपलब्ध गराउनु पर्ने’ भन्ने आशयको
माग सहित दवाव श्रृजना गर्ने निर्णय गर्यो ।
दवावका कार्यक्रम तय गर्ने र बिद्यार्थी
दवावको जगमा वार्ताको वातावरण पनि
बनाउर्ने जिम्मा म क्याम्पस प्रमुखकै भयो ।
मलाई परिस्थितिले ‘बोक्सी र सुडिनी’ दुवैको
नाटकीय भूमिका गर्नु पर्ने अवस्थामा
पुर्याएको थियो । कारोबारी ब्यापारीहरु
पुण्य प्रसाद दाहाल र सुर्यप्रसाद भट्टराई मेरो
निकट पारिवारिक सम्बन्धका हुनुहन्थ्यो भने टंक
अधिकारी, गणेश गिरी, दयाराम भट्टराई पनि
निकट परिचित समुहकै हुनुहुन्थ्यो । तर
क्याम्पसको हितमा मैले यी सम्वन्धहरुलाई
थाती राख्ने जवरजस्त हिम्मत गरें । विद्यार्थी
अगुवाहरु पनि परिपक्व नै भएकोले दवावका
क्रियाकलापहरु अराजक र अनियन्त्रित बन्न
दिनु हुदैन भन्नेमा हामी सवै सहमत थियौं । ३÷४
दिनको दवावमुलक प्रचार प्रसार पछि
वार्ताको वातावरण बन्यो । अध्यक्ष केशव
प्रसाद लोहनीको घर–मिल अगाडीको
अाँगनमा छलफल शुरु भयो । उहाँहरुले अरु १÷२
लाख रुपैयाँ थपिदिने प्रस्ताव गर्नुभयो । तर,
क्याम्पस रहेको ठाउँको जग्गा निशुल्क
क्याम्पसलाई दिएर पनि लगानी कर्ताको
सावाँ ब्याज राम्रै संग उक्सन्छ भन्ने
विश्वासमा हामी थियौं । त्यसैले हामी
विद्यार्थी र समाजको दवावको आडमा सो
पाँच विगाहा एक कट्ठा जग्गा लिएरै छोड्ने
मनस्थितिमा थियौं । कुराकानी चल्दै जाँदा
कुरा हाम्रो माग अनुसार नै सकारात्मक
मोडमा आयो । उहाँहरु पाँच जना भए पनि
निर्णायक भने पुण्यप्रसाद दाहाल, टंक
अधिकारी र गणेश गिरी तीन जना हुनुहुन्थ्यो ।
टंक अधिकारी छोटो छलफल पछि सकारात्मक
हनु भयो भने पुण्य प्रसाद दाहाल र गणेश
गिरीलाई क्याम्पसको हकमा सकारात्मक
निर्णय लिन लगाउन उहाँहरुका छोराहरु
खासगरी कविन्द्रराज दाहाल र दिपक गिरीले
महत्वपूर्ण भूमिका खेले, जो एक समयमा श्री
जनता मा.वि. मा एउटै कक्षामा पढ्थे साथै ९ र
१० कक्षामा मेरा पनि विद्यार्थी थिए ।
२०४७ साल पौष १५ गतेको यो सहमतिले पहिलो
पटक लिखित रुपमा जोशीको जग्गा
ब्यापारी साथीहरुले खरिद गरी कारोवार
गर्ने र क्याम्पसलाई पाँच विगाहा एक कट्ठा
जग्गा निशुल्क उपलब्ध गराउने निर्णयमा
पुर्यायो । केही समय पछाडी रकम चुक्ता गरेर
टंक अधिकारीको नाममा अधिकृत वारेशनामा
ल्याउनु भयो, सोही बर्षको फाल्गुण अन्तिम
हप्तामा सर्त अनुसारको जग्गा क्याम्पसलाई
पास गरिदिनु भयो र पाँचजना जग्गा
दाताहरुको तर्फबाट ‘दान प्रतिष्ठा’ स्वरुप रु.
१०,०००÷ (दशहजार रुपैंया) सहित क्याम्पसलाई
धनीपुर्जा हस्तान्तण गर्नुभयो । यस अवसरमा
जोशी परिवार संग १०,००० रुपैयाँको लेनदेन
कारोवारमा मुद्धाको कारण रोक्का रहेको
जग्गा निशुल्क र विनासर्त फुकुवा गरिदिएर
श्री रामकुमार भट्टराईले पनि क्याम्पसलाई
अविस्मरणीय गुन लगाउनु भएको छ ।
यसरी २०४६ मंसिरबाट कक्षा प्रारंभ गरेको
क्याम्पसले जीवन यात्राको डेड बर्ष नपुग्दै
आफ्नो सुकुम्वासी पहिचान मेटायो । यही
जग्गाको पृष्ठभागमा रहेको अमर नि.मा.वि,
सूर्योदय नि.मा.वि र मोती नि.मा.वि. को
नाममा तत्कालिन गाउँ पञ्चायतले
लेखिदिएको तर दर्ता नभई रहेको ३–१४–० तीन
विगाहा चौध कट्ठा क्षेत्रफलको आल्टा
खाडी पनि अव क्याम्पसको स्वामित्व र
रेखदेखमा आउनु पर्दछ भन्ने मान्यताका साथ
गौरादह क्याम्पसको अनुरोधमा गौरादह
गा.वि.स. कार्यालयमा क्याम्पसका
प्रतिनिधिहरु, सरोकारवाला विद्यालयहरु,
राजनैतिक दलका प्रतिनिधिहरु समेतको संयुक्त
वैठक बस्यो । सो वैठकले उक्त खाडी र खाडीले
चर्चेको जग्गा क्याम्पसको सन्धिसर्पनमा रहेको
र क्याम्पस पनि सामुदायिक संस्थानै भएकोले
क्याम्पसलाई हकभोग हस्तान्तरण गर्ने र सर्पट
नापि आएका वेला आफ्नो नाममा दर्ता गर्न
गराउन अधिकार दिने निर्णय गर्यो । साथै
आफ्नो हकभोगको अधिकार छोडे बापत
विद्यालयहरुलाई क्याम्पसले रु. ७५,०००÷ (२५,०००
ह् ३ = ७५,०००) पचहत्तर हजार रुपैयाँ उपलब्ध गराउने
निर्णय भयो । निर्णय अनुसारको जग्गाको
हकभोग लिनदिन गरी सक्दा दर्ता भएको
जग्गा र ऐलानी समेत गरी एकै ठाउँमा एउटै
परिशरमा क्याम्पसले ८–१५–० आठ विगाहा
पन्ध्र कट्ठाको स्वामित्व पाई सकेको थियो ।
क्याम्पस भवन निर्माणको प्रशंग
क्याम्पसले आफ्नो सफल पहिचान बनाईसकेको
थियो । तर बढ्दो विद्यार्थी संख्या, कक्षा
सञ्चालनको लागि ज.मा.वि.का साना
कोठा र कार्यालय सञ्चालनको निम्ति
कोठाको अपर्याप्तताले गर्दा क्याम्पसको
निम्ति आफ्नै स्वमित्वको भवनको खाँचो महसुस
हुनु स्वभाविकै थियो । कक्षा सञ्चालन भन्दा
पनि कार्यालय सञ्चालनको प्रश्न बढि जटिल
बनिरहेको थियो । लेखा, प्रशासन, पुस्तकालय,
प्राध्यापक कक्ष तथा क्याम्पस प्रमुखको
कार्यालय आदि सवै एउटै कोठामा सञ्चालन
गर्नु पर्ने बाद्यता थियो । भवन निर्माण को
निम्ति पर्याप्त जग्गा प्राप्त भइसकेकोले
क्याम्पसले त्यता तर्फ सोच बनाउन थाल्यो ।
२०४९ साल आषाढ २७ गतेको सं.स. वैठकले
औपचारिक रुपमा भवन निर्माण कोष खडा गर्ने
र श्रोत संकलन गर्ने प्रकृया प्रारम्भ गर्यो, कृषि
उत्पादन र वन पैदावार सम्वन्धित बस्तुहरुको
निकासीमा निकासी कर्ताहरुवाट भवन
निर्माण सहयोग वापत प्रति ट्रक रु.१२५÷–
उठाउने निर्णय गरेर । यसले क्याम्पस भवन
निर्माणको पूर्वाधार बनाउनुका साथै प्रचार
प्रसारमा पनि मद्दत गर्यो । यसका अतिरिक्त
तत्कालिन स्व.वि.यु. का अगुवाहरुको समेत
सहमतिमा प्रति विद्यार्थी रु.१००÷ भवन
निर्माण वापत उठाउने निर्णय भई
कार्यान्वयनमा पनि आयो । अव क्याम्पस भवन
निर्माण शिर्षकको रकम जम्मा हुन थाल्यो ।
सवैमा आशा र उत्साह बड्न थाल्यो ।
गौरादह सबै खालका कलाकारहरुको उर्वर थलो
हो भन्नेमा दुई मत हुँदैन । साथै कलाकारहरुले
आफ्नो कलाकारतिाको उपयोग गौरादहको
विकास निर्माणमा पनि गर्दै आएकाछन् । यही
कुरोलाई चरितार्थ गर्दै गौरादह क्याम्पसका
उत्साही विद्यार्थीहरुले क्याम्पस भवन
निर्माण सहयोगार्थ “पश्चाताप” नामको एक
नाटक मञ्चन गरेका थिए । नाटक ज्यादै मेहनत र
उत्साहकासाथ तैयार गरेका थिए
विद्यार्थीहरुले । नाटक निकै उत्कृष्ट र सन्देश
मुलक पनि थियो । नाटकको पहिलो प्रदर्शन
गौरादह डिपु स्थित चलचित्र भवनमा
आयोजना गरिएको थियो, तर नाटकको
विषयबस्तु, कलाकारहरुको तैयारी र अपेक्षा
अनुसार गौरादहमा दर्शक सहभागिता
सन्तोषजनक भएन । विद्यार्थीहरुको मेहनत र
उत्साहलाइ कायम राख्न र उनीहरुको
कलाकारितालाई कमजोर वन्न नदिने उद्देष्यले
सो नाटकलाई दमक नगर स्थित श्री इटाभट्टा
मा.वि. को हलमा पनि लगेर प्रदर्शन गरियो ।
यसले आयतनमा ठूलो रकम नदिए पनि भवन
निर्माण अभियानलाई अघि बढाउन ठूलो
मनोवैज्ञानिक उर्जा प्रदान गर्नुका अतिरिक्त
प्रचार प्रसारमा पनि ठूलो मद्दत गर्यो । यो
अग्नी अधिकारीको निर्देशनमा प्रदर्शीत
नाटक “पश्चाताप” अभिनय गर्ने अग्नी
अधिकारी, नारायण भुटानी (खतिवडा),
टंकराज आचार्य, मदन अधिकारी, अविर ढुंगाना
लगायतका युवा कलाकारहरुको भूमिका,
नाटकको तैयारी देखि संपूर्ण प्रदर्शन अवधिभर
सवै प्रकारको सक्रिय र सफल ब्यबस्थापकीय
भूमिका निर्वाह गर्ने तत्कालिन स्व.वि.यु.
सचिव स्व. सीताराम गौतमको भुमिका,
सोही नाटक लाई दमकमा प्रस्तुत गर्ने क्रममा
नाटकको प्रचारप्रसार, टिकट विक्रि,
स्थानको ब्यवस्था, हल ब्यवस्था,
कलाकारहरुको लागि बस्ने खाने ब्यवस्था
आदिमा सक्रिय सहयोग गरेर नाटक प्रदर्शन
अभियानलाइ सफल पार्न दमक निवासी
तत्कालिन गौरादह बहुमुखी क्याम्पसका
प्राध्यापक जय बहादुर श्रेष्टले खेलेको
भूमिकाका साथै क्याम्पसका कर्मचारी तथा
प्राध्यापकहरुको भूमिका ज्यादै अविस्मरणीय
र प्रशंसनीय थियो ।
अव क्याम्पस भवन निर्माण शिर्षकमा निर्माण
कार्य प्रारम्भ गर्न केही रकम जम्मा भइसकेको
थियो । भवन निर्माणको निम्ति जग्गा छदै
थियो । त्यसैले २०४९ साल कार्तिक १९ गतेको
क्याम्पस सञ्चालक समितिको वैठकले सोही
बर्ष २०४९ साल मंसिर १५ गते क्याम्पसको तेश्रो
बार्षिकोत्सवको अवसरमा भवन निर्माण
कार्यको प्रारम्भ (शिलान्यास) गर्ने निर्णय
गरी केशव प्रसाद लोहनीको नेतृत्वमा ७
सदस्यीय भवन निर्माण समिति र दिपक
कार्कीको अगुवाईमा ७ सदस्यीय
सल्लाहाकार समिति गठन गर्यो । यो भवन
निर्माण समितिले आफ्नो कार्यलाइ अधि
बढाउने क्रममा निर्माण समिति र
सल्लाहाकार समिति समेतको संयुक्त वैठक
वोलायो । वैठकको एजेण्डा भवनको डिजाइन र
शिलान्यास प्रकृया नै थियो, निर्माण स्थल
पहिले नै निस्चित नै थियो । बैठकको समाप्ती
हुन लाग्दा सल्लाहाकार समितिको एक
साथीबाट ‘यदि कसैले भवन निर्माणको लागि
सर्त राखेर निशुल्क केही जग्गा दियो भने के
गर्ने..?’ भन्ने आशयको प्रस्ताव आयो । यो
प्रस्ताव भवन निर्माण समितिका सदस्यहरुको
निम्ति अप्रत्याशीत थियो ।
अव आफ्नो करिव ९ विगाहाको क्षेत्रफल छोडेर
अन्यत्र जाने सोच बनेकै थिएन । तर वैठकमा
प्रस्तावकबाट कसले दिने, कहाँको जग्गा र कति
जग्गा भन्ने खुलेन । यस्तो अन्यौलको
प्रस्तावलाइ लिएर निर्णय लिने कुरै थिएन ।
तथापि उपयुक्त स्थानबाट उपयुक्त प्रस्ताव
सहितको निवेदन आएमा विचार गर्न सकिने
अनौपचारिक सहमति भयो । यसले मंसिर १५ गते
भवन निर्माणको शिलान्यास गर्ने
कार्यक्रमलाई ओझेलमा पारिदिएको थियो ।
पहिलो निवेदन पर्सीपल्ट डिपुक्षेत्रबाट आयो,
त्यसको लगत्तै बरगाछी क्षेत्रबाट अर्को निवेदन
आयो । यसले क्याम्पस भवन निर्माणको
प्रशंगलाइ बिवादित र अन्यौलग्रस्त बनाइ
दियो । अन्यौलबाट बिषयलाई बाहिर
ल्याउन मंसिर ५ गते क्याम्पस सञ्चालक
समितिको बैठक बोलाइयो । बैठक ज.मा.वि.
को श्रोतकेन्द्रमा बस्यो, बैठकको चासो
ब्यापक भएका कारण ज.मा.वि.को प्रांगणमा
ठूलो संख्यामा अभिभावकहरुको उपस्थिति
थियो । समितिले आएका र अरु पनि सम्भावित
क्षेत्रलाइ समेट््ने गरी गौरिया खोलाको पूर्व,
धोविनीया चोक उत्तर, पिङ्गडाँडा (हालको
पेट्रोल पम्प) को दक्षिण र किस्नेधाट
डिट्ठाचोक पश्चिम भित्रबाट कम्तिमा २
विगाहा क्षेत्र सहितको निवेदन ५ दिनको
भाखा राखेर माग गर्ने निर्णय गर्यो साथै
प्राप्त निवेदनहरु मथि अध्ययन छलफल गरी
क्याम्पस सञ्चालक समितिलाइ सुझाव दिन
स्व. देवी प्रसाद काफ्लेको संयोजकत्वमा एक ५
सदस्यीय समिति गठन गरियो । यो आकस्मीक
र अप्रत्याशीत परिस्थितिले १५ गतेको
शिलान्यास त्यसै विना औपचारिक निर्णय
स्थगन भइसकेको थियो । गौरादह बजार र
आसपासको क्षेत्रबाट भने क्याम्पसको आफ्नै
जमिन क्याम्पस भवनको निम्ति उपयुक्त रहेकोले
सोही ठाउँमा भवन निर्माणको प्रस्ताव
सहित भवन निर्माणमा नगद प्रदान गर्ने
प्रतिबद्दता सहितको निवेदन पर्यो ।
उक्त समितिले भवन निर्माणको निम्ति
प्रस्तावित निवेदनहरुलाई अध्ययन गरि करिव १५
दिन पछाडी क्याम्पस सञ्चालक समिति आफैले
स्थानीयहरु संग परामर्श गरी निर्णय लिनु
उपयक्त हुने सुझाव सहितको राय दियो ।
यथार्थ त के थियो भने क्याम्पसको आफ्नो
जग्गा सबैको लागि पायक हुनुका साथै
पर्याप्त क्षेत्रफल पनि थियो । साथै भवन
निर्माणको निम्ति तत्काल चाहिएको नगद
थियो, बजार क्षेत्र र ब्यापारी ब्याबशायी
समुहबाट त्यही प्रतिबद्दता आएको थियो ।
यसैको सेरोफेरोमा क्याम्पस सञ्चालक
समितिले पुन अर्को विस्तारित बैठक बोलायो
र सवै बिषयबस्तु अगाडी राखिदियो ।
विस्तारित बैठकले भवन निर्माणको विषयलाइ
सर्वसम्मतिले क्याम्पसको साविक जग्गामा नै
निर्माण प्रारम्भ गर्ने सहमति दियो । त्यही
बैठकमा शिलान्यासको मिति पनि तय
गरियो २०५० साल बैशाख १५ गते ।
भवन शिलान्यास कसरी र को बाट गराउने
चर्चा छलफल चल्दै जाँदा क्याम्पस भवन
निर्माणको संघारमा रहेको र निर्माणको
निम्ति रकम नै पहिलो आवश्यकता भएकोले
शिलान्यासलाई पनि सोही अनुसार कम्तिमा
रु. ५०,०००। प्रदान गर्ने ब्यक्तिलाइ प्रमुख
अतिथि बनाइ शिलान्यास गराउने, अन्यथा
सामुहिक शिलान्यास गर्ने भन्ने निष्कर्षमा
क्याम्पस पुग्यो र अन्ततोगत्वा २०५० साल
बैशाख १५ गते पं. जगन्नाथ गौतम, पं. चिदानन्द
भट्टराई लगायतका ब्राम्हणहरुले उच्चारण गरेको
वेदमन्त्र ध्वनीका साथ सं.स. पदाधिकारीहरु,
अभिभावकहरु र विद्यार्थीहरु सवैको
सहभागितामा शिलान्यास कार्यक्रम सम्पन्न
भयो । निर्माण कार्यको ठेक्का लिने
स्थानीय कारिगर सुक्रराज राई, उनको छोरा
अमृत राईका साथै निर्माण कार्यमा सम्लग्न
सवेको उत्साहवद्र्दक सहभागिताले ६–७
महिनाको छोटो अवधिमा नै कार्यालय
सहितको ७ कोठे भवन निर्माण सम्भव भयो ।
भवन निर्माणको क्रममा निर्माण मिस्त्रीका
साथै काठ आपुर्तिको जिम्मा लिने पदम बहादुर
कन्दंवा, बरण्डाको निम्ति १० फुटे कोरा
बनाउन सकिने काठका टुना उपलब्ध गराउने
बैगुन्धुराका युवाहरु, ढुंगा–वालुवाका
आपुर्तिकर्ता, सुलभ मूल्यमा टिन उपलब्ध गराउने
गोल्छा अर्गनाइजेशन लगायत क्याम्पस
सञ्चालक समिति सदस्यहरु र क्याम्पसका
कर्मचारीहरुको भूमिकाको परिणाम भवन
निर्माण प्रारम्भको १० औं महिनामा नै भवन
उद्घाटनको स्थिति बन्न सक्यो । २०५०
सालको सरस्वती पुजा अर्थात क्याम्पस
स्थापनाको पाँचौं बर्ष प्रवेश संगसंगै सुकुम्वासी
स्तरवाट जीवन यात्रा प्रारम्भ गरेको
क्यामपसले पौने नौ विगाहा जग्गा
क्षेत्रफलमा आफ्नो स्वमित्व कायम गर्दै शैक्षिक
कार्यक्रम सञ्चालनको निम्ति भवन समेत बनाई
सकेको थियो । ऐच्छक बिषयका कक्षा
सञ्चालनको निम्ति अपुग कोठाको आवश्यकता
पनि अमर निमावि बाट खरिद गरिएको काठे
टहरोले पुरा गरेको थियो ।
शैक्षिक कार्यक्रमको विविधता संवन्धमा
२०४६ सालमा मानविकी तर्फ प्रमाणपत्र तह
(आई.ए)का कक्षा बाट शुरु गरिएको
क्याम्पसलाइ त्यहीं राख्नु हुन्न भन्ने मान्यता
हामी संग जीवन्त थियो । यही मान्यताले
आई.ए. को पहिलो ब्याचलाई नै स्नातक तह
अध्ययनको अवसर प्रदान गर्ने तर्फ प्रयत्न गर्न
हामीलाई प्रोत्साहीत गरायो । जहाँ इच्छा
त्यहाँ उपाय भने झैं आई.ए. सफल परिणामले हामी
स्थानीयहरुमा बी. ए. सञ्चालन गर्न सकिन्छ
भन्ने जाँगरिलो आँट प्रदान गरेको भने त्रि.वि.
पदाधिकारीहरु पनि हामीलाई स्नातक तह
वी.ए. का कक्षा सञ्चालन गर्न अनुमति (संबन्धन)
दिन सहज मन्जुर भए । क्याम्पसले स्नातक तह
वी.ए. का कक्षा सञ्चालन गर्न अनुमति (संबन्धन)
को निम्ति निवेदन दियो, विश्वविद्यालयले
पनि विना हिचकिचाहट संवन्धन दियो; २०५०
सालको प्रारम्भ संगै मानविकी तर्फ स्नातक
तहका कक्षा प्रारम्भ गर्यो । पहिलो बर्ष नै ५०
भन्दा बढी विद्यार्थीहरुको प्रवेशले हाम्रो
प्रयत्न सही र समयको माग अनुरुप थियो भन्ने
प्रमाणित गरिदिया;े स्नातक तहले आई.ए.
सञ्चालनमा जस्तो आशंकाको सामना गर्नु परेन

मानविकी तर्फ स्नातक तह (वी.ए) भइ सके पछि
अब क्याम्पसमा अन्य संकायका कार्यक्रम
सञ्चालन गर्नु आवश्यक थियो । तर उच्च
माध्यमिक (१०ं+२) कार्यक्रम सञ्चालन शुरु
भइसकेको र त्रि.वि.ले प्रमाणपत्रलाइ
विश्वविद्यालयीय कार्यक्रम बाट हटाउने
निर्णय गरी सम्बन्धन दिन स्थगन गरि सकेको
थियो । उच्च माध्यमिक (१०ं+२) को कार्यक्रम
सञ्चालन गर्न प्रवीणता प्रमाणपत्र तहका
कार्यक्रम सञ्चालन गरिरहेका क्याम्पसहरुले
त्रि.वि.को सिफारिस साथ उ.मा.शि.प.मा
निवेदन दिनु पर्ने सरल प्रावधान थियो । तर,
तत्काल नेपाल पब्लिक क्याम्पस संघ
त्रि.वि.को यो निर्णयको बिरुद्दमा रही
निर्णय खारेजीको मागलाई तीब्र बनाइरहेको
थियो र गौरादह बहुमुखी क्याम्पसको प्रमुख
यो पंतिकार म भोजराज दाहाल त्यही
संगठनको केन्द्रिय सचिव थिएँ । संगठनको
केन्द्रिय माग एकातर्फ थियो र केन्द्रिय
कमिटीको जिम्मेवार पदाधिकारीको
नाताले संगठनको निर्णयमा अडिनु पर्ने थियो
भने स्थानीय आवश्यकता अर्कोतर्फ +२ तर्फकै भए
पनि कार्यक्रम थप गर्नु पर्ने थियो । यही
विरोधाभासमा मैले क्याम्पस प्रमुखको
हैसियतले चुनौतिपूर्ण निर्णय लिनुपर्ने थियो ।
तत्काल पब्लिक क्याम्पस संघको राष्ट्रिय
सम्मेलनमा सहभागी भई केन्द्रिय सचिवको
जिम्मेवारी लिएको क्याम्पस प्रमुख मैले
संगठनको सचिवको भूमिका विर्सिएर
स्थानीय आवश्यकताको प्रतिनिधि पात्रको
रुपमा संझिंदै त्रि.वि. केन्द्रिय कार्यालय गएँ,
+२ का कक्षा सञ्चालन अनुमतिको निम्ति
सिफारिस लिएँ, उ.मा.शि.प. मा सिफारिस
सहित तत्कालिन सदस्य सचिव पुरुषोत्तम
बाँस्कोटा समक्ष निवेदन दिएँ र अर्को दिन
शिक्षा र ब्यबस्थापन तर्फका +२ तर्फका
सञ्चालन अनुमतिपत्र लिएर गौरादह फिर्ता
आएँ ।
यस निर्णयले गौरादह क्याम्पसलाइ उच्च
माध्यमिकको सम्वन्धन लिई कक्षा सञ्चालन
गर्ने पहिलो क्याम्पस बनायो । त्यतिवेला सम्म
+२ मा एकलपथ प्रणाली (क्ष्लनभि त्चबअप
क्थकतझ) लागु नभइ संकाय प्रणली ( ँबअगतिथ
क्थकतझ) नै कायम थियो । क्याम्पसमा छलफल
गर्दा तत्काल दुवै संकायका कक्षा सञ्चालन गर्न
नसकिने ठहर भयो साथै स्थानीयहरुको
तत्कालिन माग र शिक्षकको उपलब्धता
समेतलाई ख्याल गरी शिक्षा तर्फका कक्षा
सञ्चालन गर्ने निर्णय भई सोही अनुसार शिक्षा
तर्फका कक्षा प्रारम्भ गरियो । कक्षा ११ मा
१३० विद्यार्थी भए, कक्षा सन्तोषजनक नै चल्दै
गयो, कक्षा ११ र १२ का परीक्षा सम्पन्न भए तर
परीक्षा परिणाम ज्यादै निरासाजनक (५%
भन्दा कम) आयो । पाठ्यक्रम र परीक्षा
प्रणालीको कारण ब्यबस्थापनको त झन हालत
थियो । त्यसैले क्याम्पसले संकाय प्रणली
( ँबअगतिथ क्थकतझ) अन्तरगत ब्यबस्थापनका
कक्षा सञ्चालन गर्ने आँट गरेन, जव उ.मा.शि.प. ले
एकलपथ प्रणाली (क्ष्लनभि त्चबअप क्थकतझ)
लागु गरी पाठ्यक्रम परिमार्जन गर्यो, तव बाट
क्याम्पसले यो प्रणाली अन्तर्गत शिक्षाका
अतिरिक्त मानविकी र ब्यबस्थापन तर्फका
कक्षाहरु एकसाथ सञ्चालन शुरु गर्यो ।
स्नातक तहमा मानविकी तर्फका कक्षा
सफलता पुर्वक सञ्चालन भई सकेका थिए भने अव
स्नातक तहमा शिक्षा र ब्यबस्थापनका कक्षा
सञ्चालन गर्नु आवश्यक थियो ।
प्राथमिकतामा शिक्षा नै थियो, प्रकृया
अघि बढ्यो, एक बर्षको अघि पछिमा तीन बर्षे
र एक बर्षे वी.एड्. सञ्चालन अनुमति प्राप्त भयो
। यतिवेला सम्ममा प्रारम्भिक सम्वन्धन प्राप्त
मानविकी तर्फका कक्षाहरु प्रवीणता
प्रमाणपत्र र स्नातक तह दुवै तर्फ विद्यार्थी
संख्याको दृष्टिबाट करिव रुग्ण अबस्थामा
आइपुगेकोले क्याम्पसले अस्तित्व जगेर्नाको
निम्ति स्नातक तहमा ब्यबस्थापनका कक्षा
सञ्चालन गर्नु अनिवार्य र आवश्यक भइसकेकोले
प्रकृया अघि बढायो, संबन्धन लियो र स्नातक
तहमा ब्यबस्थापनका कक्षा प्रारम्भ गर्यो ।
मानविकी तर्फ अति न्यून विद्यार्थी
संख्याको कारण क्याम्पसले बाद्य भएर रुटिन नै
स्थगित गर्ने कठोर निर्णय लिनै पर्ने अवस्था
आयो र गर्यो पनि ।
गौरादह क्याम्पसको प्रारम्भिक जन्मको
आधार प्रमाणपत्र तह (आइ.ए.) हटेर +२ मा
रुपान्तरित भयो, तर फेरि परिस्थितिले अर्को
थप्पड लगाउन थाल्यो । उच्च माध्यमिक
शिक्षा परिषदको नीति अनुसार आसपासका
सवै माध्यमिक विद्ययालयहरुले धमाधम +२ का
कक्षा सञ्चालन गर्न थाले । शिक्षा क्षेत्रमा
केन्द्रिय तहमा नै सम्बन्धन नीति अस्पस्ट रहेको र
स्थानीय समाजका अगुवाहरुमा पनि समाजको
गौरवशाली संपत्तिको रुपमा रहेका आफैले
स्थापना गरेका संस्थाहरुको जगेर्ना कसरी गर्न
सकिन्छ भन्ने बिषयमा प्रस्ट सोच र
कार्यक्रमको अभावले गर्दा विना सोचविचार
आबश्यकतानै नभएको स्थानमा पनि संस्था र
शैक्षिक कार्यक्रम माग्ने, सम्वन्धन लिने, कक्षा
शुरु गर्ने अनि जहाँको तहीँ लथालिंग छोड्दै
हिड्ने पबृत्ति तीब्र भयो । आज यसैको
परिणाम सफलतापुर्वक कार्यक्रम सञ्चालन
गरिरहेका गौरादह बहुमुखी क्याम्पस जस्ता
शिक्षण संस्थाहरु दिन प्रतिदिन
विद्यार्थीको अभावमा निर्जनता तर्फ
उन्मुखभई रहेका छन भने, नयाँ सम्बन्धनका संस्थाहरु
पनि विद्यार्थी संख्याको अपर्याप्तता र
सन्तोषजनक ब्यबस्थापनको अभावमा नै रुमल्लिई
रहेका छन् । यही परिवेशमा क्याम्पस शिक्षा,
ब्यबस्थापन र मानविकी तर्फका +२ का कक्षा
सञ्चालन छोड्नु पर्ने परिस्थितिमा आईपुग्यो ।
क्याम्पस परिशरमा विद्यालयीय कार्यक्रम
सञ्चालन गर्ने प्रयत्न गरियो, तर प्रयत्न फलिभुत
हुन सकेन । शैक्षिक कार्यक्रम नै सञ्चालन गर्ने
उद्देष्यले स्थापना गरिएको क्याम्पसलाई
शिक्षण संस्थाको रुपमा बचाइ राख्न केही
ढिलो नै भए पनि क्याम्पसले उच्च माध्यमिककै
सम्बन्धनमा कक्षा ११ र १२ मा विज्ञान
शिक्षा (भ्मगअबतष्यल क्अष्भलअभ) का साथै
साधारण विज्ञान (एगचभ क्अष्भलअभ) समेत
सञ्चालन शुरु गर्यो तर त्यसले पनि राम्रो
पहिचान बनाउन सकेको छैन; कतै यही कार्यक्रम
पनि स्थगन गर्नु पर्ने हो कि भन्ने सन्देहको
संघारमा आई पुगेको छ ।

क्याम्पसलाई उच्च शिक्षा प्रदान गर्ने थलोको रुपमा कायम राखिरहने उद्देष्यले पछिल्लो प्रयत्न स्वरुप शिक्षाशास्त्रमा स्नातकोत्तर तह (एम.एड्.) का कक्षाहरु सञ्चालन गरिरहेको छ, तर त्यो पनि अहिेले सन्तोषजनक अवस्थामा रहेको पाईंदैन । जे होस् विश्व विद्यालय अनुदान आयोग मार्फत दोश्रो उच्च शिक्षा सुधार परियोजनाको सहयोगको बलमा अहिले सम्म क्याम्पस एनकेन जीवन त धानीरहेको छ, तर यस क्षेत्रमा जिम्मेवारहरुले ध्यान नदिइ, समय सापेक्ष आबश्यकताका कार्यक्रमहरु प्रवेश नगराइ यही क्रममा छोडिदिने हो भने एकै समयमा हजार विद्यार्थीलाइ अध्यापन गराउन सकिने, करिव १० विगाहा क्षेत्रफलमा रहेको, वीसौ करोड मूल्य बरावरको सार्वजनिक सम्पत्ति भएको, गौरादह क्षेत्रकै प्रतिष्ठाको धरोहर गौरादह बहुमुखी क्याम्पस र यसले सञ्चालन गरेका कार्यक्रमहरु स्मृतिको गर्तमा मात्रै बाँच्ने अवस्था नआउला भन्न सकिन्न ।

क्याम्पसका अफ्ट्यारा क्षणहरु र महापुराणको प्रशंग
गौरादहका निकटवर्ती क्षेत्रका विद्यालयहरुले +२ का कक्षा सञ्चालन प्रारम्भ गर्नुको परिणाम यस क्याम्पसको आम्दानीको प्रमुख श्रोत विद्यार्थी संख्यामा कमी आउनु स्वभाविक नै थियो । यसका साथै २०५५–५६ सालको नेपाल सरकारको ७०÷७५ % को तलव वृद्दि संगसंगै गरिएको क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुको तलव बृद्दिलाई तत्कालको २५% बृद्दि गरिएको शुल्कले र क्याम्पसको ३÷४ लाखको साविक सञ्चितिले ब्यहोर्न सकेन । खर्च अनुसार अन्य आम्दानीका श्रोतहरुमा बृद्दि भएन । परिणमतः ७०÷७५ % तलव वृद्दि भएको दोश्रो बर्ष पुरा नहुँदै क्याम्पस नियमित खर्च धान्न नसक्ने स्थितिमा आईपुग्यो । अव क्याम्पस बार्षिक ३÷४ लाख रुपैंया घाटा ब्यहोर्नु पर्ने स्थितिमा आइपुग्यो । घाटा ब्यबस्थापनको निम्ति प्रत्येक शिक्षक र कर्मचारीबाट २०% तलव नियमित कटौति गर्न थालियो, यसले पनि परिस्थितिको सामना गर्न सकेन, क्याम्पस सञ्चालनको घाटा बृद्दि रोकिएन । यसै परिवेशमा क्याम्पसले आफ्नो घाटा पुर्ति र अस्तित्व रक्षाको निम्ति पण्डित नारायण प्रसाद पोखरेलको बाचकत्वमा ‘भागवत महापुराण तथा धान्यान्चल महायज्ञ–२०५९’ सञ्चालन गर्याे । यस महाअभियानमा क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, सवै राजनैतिक दलका अगुवाहरु, आम अभिभावकहरु, क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरु, विद्यार्थीहरु, वाणिज्य संघ, रेडक्रश लगायतका संघ सस्था सम्बद्द स्थानीय युवाहरुको सहभागिता उत्साहबद्र्दक र प्रशंसनीय रह्यो । यो महापुराण तथा धान्यान्चल महायज्ञले क्याम्पसलाइ केही जग्गा र पुरानो घाटापुर्तिको निम्ति केही सहयोग गर्यो, तर क्याम्पसको निरन्तर खर्चको ब्यबस्था भने गर्न सकेन ।

महापुराण सम्पन्न भएको बर्ष नै पनि क्याम्पसले रकम अभावमा सवै प्राध्यापक तथा कर्मचारीहरुको पारिश्रमिकमा २०% को कटौतिले मात्रै नपुगेर एक महिनाको पारिश्रमिक पछि अनुकुल अवस्थामा भुक्तान गर्ने गरी सबै प्राध्यापक तथा कर्मचारीहरुलाई एक एक महिना सञ्चित रहने गरी सट्टा विदा दिने निर्णय गरियो । यो पनि दिर्घकालिन समाधान त थिएन । दिर्घकालिन समाधान नियमित खर्च कटौति हो भन्ने मान्यता निर्माण गरी खर्च कटौतिको लागि भन्दै क्याम्पसमा कार्यरत कनिष्ट कर्मचारीहरु कटौतिको निर्णयमा आइइपुग्यो, परिणामत कनिष्ट तीन महिला कर्मचारीहरु क्याम्पसबाट हटाइए । यसले पनि समस्याको दिर्घकालिन समाधानमा सहयोग पुर्याउन सकेन । बरु उल्टो क्याम्पसको अधोगतिको दोषारोपण एकले अर्कोलाई लगाउने, जिम्मेवारी कसैले नलिने प्रवृत्तिले क्याम्पसलाई थप विवाद र जटिलता तर्फ धकेल्यो । आन्तरिक विबादले विद्यार्थी संख्यामा पनि कमी आउन थाल्यो । एकै बर्षमा २÷२ जना क्याम्पस प्रमुख फेर्नु पर्ने अबस्थामा क्याम्पस आईपुग्यो । महापुराण सफलतापुर्वक सम्पन्न गर्नु भएका क्याम्पस प्रमुख गोपाल प्रसाद काफ्लेले आफ्नो कार्यकालको बर्षदिन भुक्तान हुनासाथ अप्रत्याशित राजिनामा दिनु भयो । क्याम्पस सञ्चालक समितिको काम नै क्याम्पस प्रमुख नियुक्तिमा अल्मलिन थाल्यो । २०५९ असार महिनाको अन्तिम हप्ता सुरेश बहादुर पौडेलको राजिनामा देखि २०६१ भदौ १५ गते (करिव २ बर्ष २ महिना) को विचमा क्याम्पस प्रमुखको रुपमा कमल प्रसाद वस्ती, गोपाल प्रसाद काफ्ले, स्व. नारायण प्रसाद खरेल, कृष्ण प्रसाद तिम्सिनाको नियुक्ति र यो पंतिकार भोजराज दाहालको पुनर्नियुक्ति समेत यसैका ज्वलन्त उदाहरणहरु हुन् । २०६१ साल भदौ १५ गते यो पंतिकार भोजराज दाहालको पुनर्नियुक्ति हुँदा क्याम्पसका सवै बैंक खाताहरु रित्ता मात्रै थिएनन्, सालको प्रारम्भ बैशाख देखि कै क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुको तलव भत्ता देखिका क्याम्पसका संपूर्ण खर्चहरु क्याम्पस दायित्व भित्र बाँचीरहेका थिए । यती मात्रै हैन, अघिल्लै बर्ष एक महिना बराबरको रकम क्याम्पस सक्षम भएका बखत भुक्तान गर्ने गरी विदा दायित्वमा राखिएकै थियो, हरेक महिना प्रत्येक प्राध्यापक र कर्मचारीको निर्धारित पारिश्रमिकबाट २०% क्याम्पस सहयोगको रुपमा कटाउने क्रम जारी थियो, र यसको यही प्रकारले अन्त्य हुने स्थिति पनि थिएन । शिक्षक र विद्यार्थी विचको समन्वय पनि भत्किएर सन्तोष गर्ने खालको थिएन । झट्ट हेर्दा क्याम्पस सहज ढंगले ट्र्याकमा आउन कठिन देखिन्थ्यो । कतिपय मेरा शुभेच्छुक साथीहरुले यो अफ्टेरो परिस्थितिमा क्याम्पस प्रमुखको पुनः जिम्मेवारी नलिन सुभाव पनि दिनुभयो ।

क्याम्पसको तत्कालिन परिस्थितिलाइ हेर्दा क्याम्पसको नेतृत्वको जिम्मा लिनु ‘भालुको कान समाउनु’ सरहनै देखिन्थ्यो । क्याम्पसलाइ भासबाट उकास्न पनि निकै कठिन थियो भने उकास्न नसकेको अवस्थामा आफुले पहिले समाजमा आर्जन गरेको विश्वास गुम्ने निस्चित नै थियो । म संकटकालमा डेड बर्ष काठमाण्डौंमा बसेर त्यहाँको अवसरलाइ छोडेर फेरि गाउँमेै फर्किएको मान्छे, मेरो अन्यत्र जाने पनि संभावना अव थिएन, अर्को ब्यबशायमा लाग्ने स्थिति पनि तत्काल थिएन, आफैंले संस्थापना गरेको संस्थाको लथालिंगे अवस्था पनि हेरिरहन सक्छु जस्तो पनि लागेन । यही परिस्थितिमा ‘भालुको कान’ ठानिएको गौरादह बहुमुखी क्याम्पसको ‘क्याम्पस प्रमुख’ को जिम्मेवारीलाइ चुनौतीको रुपमा स्वीकार गर्ने निर्णय लिएँ र सबै पक्ष र क्षेत्रकामहानुभावहरुले विना सर्त विना आग्रहपुर्वाग्रह समर्थन र सहयोग गरेको खण्डमाचुनौति स्वीकार गर्ने जानकारी दिएँ । सहजअसहज चाहेर नचाहेर सबै पक्ष र क्षेत्रकासाथीहरुले आ–आफ्ना सर्तहरु थाति राखेरै भएपनि शायद क्याम्पसको हित सोचेरै हुन सक्छ,विना सर्त, विना आग्रह पुर्वाग्रह क्याम्पस प्रमुखको जिम्मेवारी मलाई दिने कुरामासहमति जनाउनु भयो । २०६१ भाद्र १५ गते बाटमलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिने निर्णय भयो र सोही अनुसार पुनः मैले क्याम्पस प्रमुख छोडेको ७ बर्ष पछि पुनः नयाँ चुनौतिको मोडमा रहेको क्याम्पसको जिम्मेवारी लिएँ । जिम्मेवारी लिने र दिने काम भयो । अव क्याम्पस भित्र पसेर छिद्र र संभावनाहरु खोज्न थालियो । छिद्र र संभावनाहरु खोज्न मलाई कठिन थिएन, किनकी क्याम्पसको मेरुदण्डको रुपमा रहेको कर्मचारी पंती जतिसुकै विकट अवस्थामा पनि मेरो सूचनाको श्रोत थियो, कार्यालय सञ्चालनको भरपर्दो आधार थियो र हाम्रो विचमा अत्यन्तै दरिलो दोहोरो विश्वासको आधार थियो, मेरो पहिलो कार्यकाल सफलताको रहस्य थियो; उनीहरु पनि मेरो पुनर्नियुक्तिले केही आशावादी र उत्साहित भएका देखिन्थे । प्राध्यापक पंतिमा ज्येष्ठहरु मेरो अघिल्लो कार्यकालका साथीहरु हुनुहुन्थ्यो भने नवनियुक्तहरुमा पनि गौरादह क्याम्पसकै उत्पादनको बाहुल्यता थियो ।

यसरी क्याम्पस भित्र शिक्षक कर्मचारी भित्र त मलाई कुनै कठिनाइ थिएन, विद्यार्थी र विद्यार्थीका संगठनका अगुवाहरु भने प्राय म संग प्रत्यक्ष परिचित थिएनन्, साथै बिगतको क्याम्पस भित्रको अब्यवस्था र अस्तब्यस्तताले एक प्रकारले क्याम्पस अनुशासनको घेरा बाहिर हुन् कि भन्ने आभाष हुन्थ्यो, छोटो अवधिमा नै २÷४ पटकको उठाइ, बसाइ र छलफलले १÷२ जना अपबाद बाहेक सबै विद्यार्थी अगुवाहरु क्याम्पसको बारेमा मैले लिने र लिएका निर्णयहरुमा समर्थन र सहयोग गर्ने स्थितिमा आए । क्याम्पस सञ्चालक समिति कुनै नयाँ मौलिक कार्यक्रम ल्याउने अबस्थामा थिएन, क्याम्पस प्रमुख नै कार्यत्रमको आधार थियो । न त क्याम्पस संग कार्यरत शिक्षक कर्मचारी हटाउन घटाउन सक्ने अवस्था थियो न त तिनीहरुले खाईपाई आएको वेतनमान अनुसारको तलव ख्वाउन पुग्ने रकम जुटाउन सक्ने हैसियत नै । यही अन्तरबिरोधी परिस्थितिको विश्लेषण बाटै समस्या समाधानको प्रयत्न थाल्नु पर्ने थियो ।

क्याम्पस बचाउ अभियान शुरु गरियो ३ पिरियड पूर्ण भार लाई ४ पिरियड बनाएर र सबै स्थायी गरिएका प्राध्यापक तथा कर्मचारीहरुलाइ दिइदै आएको सञ्चयकोषको सुविधा कटौती गरेर । क्याम्पसमा विद्यार्थी संख्या घटेको, कार्यरत प्राध्यापक तथा कर्मचारीहरुको ग्रेड भने थप हुँदै जाने सन्दर्भमा यसले समस्याको सानो अंश मात्रै पनि सम्वोधन गदैनथ्यो । अझै हरेक महिना प्राध्यापक तथा कर्मचारीको पारिश्रमिकबाट २०% नियमित रुपमा कट्टी गर्नु पर्ने लज्जाजनक परिस्थिति २ बर्ष अघि देखि विना संकोच बाँचिरहेको थियो । यही अवस्थामा क्याम्पसलाइ हिंडाइ राख्न पनि ठीक थिएन, भने तत्काल कुनै नयाँ आर्थिक श्रोत खोज्ने र जुट्ने सम्भावना पनि थिएन । भरखर महापुराण सम्पन्न गरेको क्याम्पस फेरि अभिभावकमा जाने हैसियत पनि राख्दैनथियो । विद्यार्थी संख्या घटे पनि शैक्षिक कार्यक्रम, शिक्षक र पिरियड भार घट्ने सम्भावना थिएन । आई.ए., ११ र १२ शिक्षा, वी.ए., वी.एड. लगायतका कार्यक्रमहरुमा पर्याप्त ऐच्छिक विषयहरु विद्यार्थीको रोजाइमा दिइएको थियो, जुन कटौती गर्न नसकिने नै थियो । हेर्दै बुझ्दै जाँदा क्याम्पस त्यसवेला साँच्चिकै ‘भालुकै कान’ झैं देखा पर्यो । यसबाट बाहिर निस्कने उपायको बारेमा मैले मेरा सहयोगी प्राध्यापकहरु संग पनि छलफल गर्ने आँट गरिंन अथवा उपयुक्त ठानिन, ठिक थियो कि बेठिक, शायद म निरंकुश नै बन्ने सुरमा थिएँ तर पुर्व क्याम्पस प्रमुखहरु सुरेश बहादुर पौडेल र गोपाल प्रसाद काफ्ले संग भने गंभिर परामर्श गरें र तत्कालको निम्ति क्याम्पस बचाउने एकमात्र पछिल्लो उपाय प्रस्ताव गरें । केही समयको छलफल र परामर्श पछि उहाँहरु मैले प्रस्तुत गरेको बिकल्पमा सहमत हुनुभयो, तर अरु प्राध्यापकहरुलाइ मनाउन कठिन पर्ने राय दिनु भयो । म मेरो प्रस्तावलाई समितिमा लगेर निर्णय गरेपछि मात्रै सार्वजनिक गर्ने दृढ मनस्थितिमा थिएँ र यो निर्णय तत्काल क्याम्पसको हितमा अनिवार्य हो र संस्था बचाउनको निम्ति नेतृत्वमा बस्ने ब्यक्तिले कहिलेकाँही अलोकप्रिय निर्णय लिन सक्नु पर्दछ भन्ने मान्यतामा म दृढ थिएँ अझै पनि छु । समितिका पनि केही साथीहरु संग अनौपचारिक छलफल गरें, उहाँहरु मेरो मत संग सहमत हुनुहुन्थ्यो, विरालाको घाँटीमा घण्टी झुण्ड्उन आँट गर्ने अवस्थामा भने हुनुहुन्नथियो । मेरो प्रस्ट मान्यता थियो कि त समस्या समाधानको निम्ति मेरो प्रस्ताव पास गर्नुहोस हैन भने अर्को उपयुक्त विकल्प निकाल्नुहोस ।

केही समयको अनौपचारिक गृहकार्य पछि समितिको बैठक बोलाएर मेरो पस्ताव पेश गरें । मेरो प्रस्तावको बारेमा गाँइगुईं थाहापाएका समितिका साथीहरु प्रस्ताव उपयुक्त भएपनि कार्यान्वयन कठिन हुने र यसको कार्यान्वयनको परिणाम क्याम्पसका ज्येष्ठ र बरिष्ट प्राध्यापकहरु यसको विरुद्दमा जाने भएकोले क्याम्पस झन अफ्ट्यारोमा पर्ने हो कि भन्ने आशंकामा हुनुहन्थ्यो अनि मलाइ स्टाफबाट निर्णयको बारेमा सहमति खोज्न भन्नु भयो । तर, यो बिषयमा स्टाफबाट सहमतिको अपेक्षा गर्नु निर्णय नै नहुनु वा सो सरह नै हो भन्ने मेरोमान्यता थियो । प्राध्यापकहरुमा दुइ जेष्ट पुर्व क्याम्पस प्रमुखहरु निर्णयको पक्षमा म संग सहमत हुनुहुन्थ्यो भने समितिका साथीहरुसंग पनि यो भन्दा भिन्न विकल्प समाधान निकाल्ने हैसियत थिएन । अन्त्यमा समिति शिक्षण संस्थाकै इतिहासमा पेशागत हकहितको दृष्टिकोणबाट लिनै नहुने सर्वथा अलोकपृय निर्णय लिनै पर्ने बाध्यात्मक अवस्था सृजना भयो । समितिले मेरो प्रस्तावलाई अनुमोदन गर्यो, कार्यान्वयनको र जस अपजसको संपूर्ण जिम्मा क्याम्पस प्रमुखमा रहने गरी । मैले प्रस्तावकको हैसियतले संपूर्ण जस अपजस आफुले लिने र क्याम्पस प्रमुखको हैसियतले इमान्दार भएर दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्दता जाहेर गरें । मेरो प्रस्ताव अनुसारको निर्णयले क्याम्पसका पुराना र बरिष्ट प्राध्यापकहरु, जो मलाइ क्याम्पस प्रमुखमा पुनर्बहाली गराउन महत्वपूर्ण भूमिकामा हुनुहुन्थ्यो, उहाँहरु म संग असन्तुष्ट भएर टाढिन थाल्नु भयो । उहाँहरुको सवैभन्दा ठूलो गुनासो थियो, प्राध्यापकहरुको सुविधा ठूलो मात्रामा कटौति क्याम्पस प्रमुखको जवरजस्त प्रस्तावमा गरिएकोमा थियो । उहाँहरु संग पनि गुनासो मात्रै थियो तर दीर्घकालिन समस्या समाधानको अर्को भरपर्दो उपाय भने थिएन । त्यसैले जसकसले जे सुकै भने पनि मेरो प्रस्ताव जबरजस्त क्याम्पसको निर्णय बनेर कार्यान्वयनको प्रकृयामा आइसकेको थियो ।

यो निर्णयले स्वयं क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख लगायत सवै प्राध्यापकहरु सेवा र सुविधाको दृष्टिबाट आंशिक हुने तर अनिवार्य रुपमा तेश्रो र चौथो पिरियड अतिरिक्त पारिश्रमिकको रुपमा पिरियडको आधारमा पढाउनै पर्ने, साविकको वेतनमानमा २० देखि २५% घटाई बेतनमान कायम गर्ने, सञ्चयकोषको सुविधा हटाउने, बार्षिक बृद्दि (ग्रेड) को दर पनि घटाउने जस्ता पेशागत मान्यता विरुद्दका निर्णयहरु गरियो । मेरो सवालमा भने सेवा सुविधा र पैसाको सवाल भन्दा पनि गौरादह क्याम्पसलाई तत्कालको अन्योल, अनिस्चय र अनिर्णयको दलदलबाट निकाल्नु र पुन खुल्ला र स्वस्थ्य प्रतिश्पर्धाको मार्गमा ल्याउनु थियो जसको निम्ति प्रतिष्ठा र निजी स्वार्थलाई पनि दाउमा लगाउनै पर्दथ्यो । जे होस यो निर्णयको कार्यान्वयनले गौरादह बहुमुखी क्याम्पसलाइ एकपटक अनिर्णयको बन्धनबाट मुक्त गरी संकटको भुँवरी बाट बाहिर ल्यायो । विद्यार्थी संख्यामा सुधार हुन थाल्यो, खर्चको ब्यापक कटौती गरियो, पहिलो एक बर्ष भित्रमा क्याम्पसले पुराना रिणहरु तिर्यो, जि.वि.स. बाट प्राप्त रु. ५०,००० ले क्याम्पस सुरक्षाको निम्ति साइकल स्ट्याण्ड सहितको कम्पाउण्डिङ्ग शुरु गर्यो, पुराना शौचालयहरु अपर्याप्त र अब्यवस्थित भएकाले थप २÷२ वटा (छात्र २ र छात्रा २) निर्माण गरियो, अलग्गै चमेना गृह (Canteen) निर्माण गरियो साथै विद्यार्थीहरु संगको सहकार्यमा क्याम्पस हाता भित्र विद्याकी आराध्य देवी सरस्वतीको मन्दिर निर्माण गरी मुर्ति समेत स्थापना गरियो । कतिपय पुराना ज्येष्ट प्राध्यापकहरु क्याम्पसको सवैलाइ आंशिक बनाउने निर्णय संग असन्तुष्ट हुँदै विदा बसेर क्याम्पसले विदाइको प्याकेज स्वरुप केही विदाइ रकम (न्यमिभल ) दिएर विदा गरोस् भन्ने अपेक्षामा हुनुहुुन्थ्यो, जुन स्वभाविक पनि थियो । पुराना विदामा बस्नु भएका प्राध्यापकहरुको यो अपेक्षालाइ सम्वोधन गर्न क्याम्पसमा एक सञ्चित कोष खडा गरियो र एक निस्चित विदाइ नीति तैयार गरी क्याम्पसबाट अवकाश लिने प्राध्यापकहरुलाइ विदाई खर्च (Golden Handshakes) को ब्यबस्था पनि गरियो । यो नीतिले करिव आधा दर्जन प्राध्यापकहरु क्याम्पसबाट विदाहुनुभयो । पछिल्लो चरणमा नियुक्त हुनुभएका, बर्तमानका क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख लयायतका, यसै क्याम्पसबाट स्नातकोपाधी लिएका करिव एक दर्जन युवा प्राध्यापकहरु समेतको जोश, जांगर र मेहनतले पुराना र स्थापनाकालका प्राध्यापकहरुको अनुपस्थितिलाई समान्य र सहज बनाइदियो ।

तर यही नै क्याम्पसको लागि दीर्घकालिन समाधान भने थिएन, तात्कालिक मात्रै थियो । एक पछि अर्को गर्दै थप र नयाँ समस्याहरु आउने निस्चित थियो । संभावित समस्याहरुको पहिचान र तिनीहरुको समाधानका उपायहरु पनि एजेण्डामा राखेर छलफल गर्ने काम गरियो, तर वास्तविक समस्याले आँगनमै आएर पसारा नपरे सम्म गम्भिरतापुर्वक नलिने हाम्रो देश, हाम्रो समाज र समाजका हामी अगुवाहरुमा रहेको जवरजस्त प्रबृतिबाट हामी र हाम्रो समाज आक्रान्त भइ नै रह्यो । समस्याहरु आई नै रहे, तर सम्भावित समस्याहरुको अग्रिम अनुमान र अनुभुति गर्दै तिनीहरु संग जुध्न हाम्रो जस्तो अदुरदर्शी नीतिनिर्माताहरुको बाहुल्यता भएको मुलुकमा सजिलो थिएन र अद्यावधी छैन पनि । गौरादह बहुमुखी क्याम्पस पनि यसबाट अछुतो रहन सकेको छैन, परिणामत, आज पुनः आफ्नो जीवनको २५ बसन्त पार गरी रजत जयन्ति मनाउँदै गरेको क्याम्पस फेरि अर्को प्रकृतिको संकटको भुंवरी तर्फ उन्मुख हुँदै गरेको आभास हुन्छ । म यसै मेरो स्मृतिजन्य लेखनको माध्यमबाट सार्वजनिक क्षेत्रमा सरोकार राख्ने सबै क्षेत्र, तह, बर्ग र जिम्मेवारीका महानुभावहरुलाई गौरादह क्षेत्रकै पछिल्लो गौरवशाली शैक्षिक धरोहर “गौरादह बहुमुखी क्याम्पस” को गौरवको जगेर्नामा सचेत रहन हार्दिक अनुरोध समेत गर्दछु । यो पंतिकार आमुल परिवर्तन र समाज रुपान्तरणको सवालमा सदैव अग्रगामी सोच राख्ने भएतापनि बिरोध र बिद्रोहको नाममा ‘बन्द–हड्ताल’ र आर्थिक सहयोगको नाममा ‘ जवरजस्ती चन्दा’ दुवैको विरुद्दमा रहेको कारण कहिले काँही सबैखाले अतिवादीहरुको आक्रमणको निसाना बनेको तितो तर गौरवशाली अनुभव पनि संहालेको छ ।

आज क्याम्पसले पच्चिसौं बर्ष पुरा गरी छब्बिसौं बर्षमा प्रवेश गरेको सुखद अवस्थामा, संस्थापक क्याम्पस प्रमुखको हैसियतले मेरो स्मृतिमा नाचिरहेका स्थापनाकाल देखि आज सम्मका केही तितामिठा अनुभवजन्य क्षणहरु र मैले देखेका निकट भविष्यका सम्भावित चुनौतिहरु समेत औंल्याउंदै गौरादह क्याम्पस संग सम्बन्धित मेरा स्मृतिजन्य अनुभुतिहरु यो लेख मार्फत पेश गरेको छु । साथै क्याम्पसको स्थापनामा अत्यन्तै महत्वपुर्ण, अविस्मरणीय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने क्याम्पसका संस्थापक अध्यक्ष श्री केशवप्रसाद लोहनीका साथै उहाँको नेतृत्वको सञ्चालक समितिका संपूर्ण सदस्यहरु र दैनिक क्याम्पस सञ्चालनमा आई पर्ने सवै प्रकारका सजिला अफ्ट्यारा क्षणहरुमा विना सर्त र विना स्वार्थ स्थिर सहयोगीको भूमिका निर्वाह गर्ने संस्थापक प्राध्यापक तथा पूर्व क्याम्पस प्रमुखहरु सुरेश बहादुर पौडेल र गोपाल प्रसाद काफ्ले प्रति समेत आभार युक्त संमान ब्यक्त गर्दछु । यसै क्रममा क्याम्पसका हरेक आरोह अवरोहका क्षणहरुमा क्याम्पसलाई साथ सहयोग गर्ने विद्यार्थी संगठनहरु र तिनका अगुवाहरु, क्याम्पसको गौरव र गरिमालाइ उठाउन मद्दत गर्ने विहानी साहित्य समाज, सुसेली साहित्य परिवार, लालिमा नाट्य समुह, गौरादह बहुमुखी क्याम्पस, भुतपूर्व विद्यार्थी समाज लगायतका विद्यार्थी सम्बद्द समुहहरुलाइृ समेत स्मरण गर्न चाहन्छु ।

अन्त्यमा क्याम्पसको स्थापना र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र हाल दिवंगत हनुभएका संस्थापक संञ्चालक समितिका सदस्यहरु स्व. पद्मराज दाहाल, स्व. देवीप्रसाद काफ्ले, स्व. नरपति अधिकारी, स्व. गोपाल गुरुङ्ग, स्व. डिल्लीप्रसाद अधिकारी, स्व. नृपबहादुर ढुंगाना समेतमा हार्दिक श्रद्दाञ्जली अर्पण गदै मेरो स्मृति लेखनलाई यहीं अन्त्य गर्दछु ।

Leave a Reply

Your email address will not be published.