ऊ मेरै छोरी थिई

        – बिनोद तिम्सिना
 
उसको चिच्याहट सँगै माइनस २ डिग्री को चिसोमा २ वटा ब्लाङकेट र एउटा सिरक भित्रबाट म बिउँझिए । मेरो झस्काईको पूर्वाधमा सुर्यको प्रथम रोशनीले मेरो कोठामा चियाउँदै थियो ।  लाग्यो समय आफैं अनुकुल बन्दै थियो । मन डुलाउँदै थिएं । अनायासै मेरो नजर एउटी बच्चीमा पर्यो । गोरो गोलो अनुहार, चिटिक्क परेको कद, अनि चन्चले । उसका क्रियाकलाप म विस्तारै नियाल्दै थिएं ।
 
एउटा सेतो खाली कागजमा ऊ खोई के गर्दै थिई बेला बेलामा उसका रसिला दुधे ओठमा लगेर टसाउँथी । अनि विस्तारै भन्थी –“मेरो प्यारो डार्लिङ्ग म तिमीलाई असाध्यै माया गर्छु” । म छक्क पर्दै थिएं अनि उसलाई नियाल्न भने छोडेको थिइन । एक पछि अर्को अनौठा उसका क्रियाकलापले म आफैं दंग पर्दै थिएं । तोते बोलीमा ऊ भन्दै थिई–“यो हाम्रो सानो घर, पहाडको पर्खाल अनि हिमालको छानो अनि तिम्रो काखमा म आहा ! मेरो सपना कति सुन्दर छ, हेर त हिमालको लालीगुराँसले मेरो मुस्कान छर्दैछ, तराईको सुनले यो जमिन रङ्गाउँदै छ, जङ्गलका श्रीखण्ड र कस्तुरीले मनमोहक वास्ना छर्दैछन् हो त्यही बेला हाम्रो रङ्गिन संसार सजिदै छ प्यारा उठ अब नसुत धेरै” ।
 
ऊ बरबराउँदै थिई –“हाम्रा बाबु र आमा भनैंदाहरुले तिम्रो रुप रंग लाई धुजाधुजा पारिसके । तिमी सँगको मेरो सम्बन्धलाई उनीहरुले मन पराउने छैनन् । तिमी सँगको मेरो साथलाई टुटाउनुनै उनीहरुको महानता सम्झन्छन् । हामी जस्ता कति प्रेमीहरु आज सडका भुस्याहा कुकुर सरह बनेकाछन् । बिना डर त्रास अनि निसंकोच उनीहरुमा हिड्ने तागत छैन । प्यारा उठ तिमीलाई मेरा शब्दहरुले अझै क्षिण बनाउँदै होला तर साहस गर म कुनै अप्रिय घटना र अवस्था आउन दिने छैन ।” म विवश भएर उसको वर्वरता सुन्न बाध्य थिएं । यथार्थ सँग ऊ डुबिरहेकी थिई । ऊ भित्र घुम्सिएका तिता अनुभव सँग ऊ विवश थिई । उसले क्रमश थप्दै जाँदा म अझ कैतुहल र भावुक बन्दै जादैं थिएं । उसका तरङ्ग अझै बड्दै थिए । उसले थपी –“प्यारा तिम्रो अस्तित्व मेटाउन मेरा स– परिवार लागेका छन् । मेरो दाईको हातमा तरवार छ, बुबाले गोला बारुद सहितका सैन्य शक्ति तयार पारेका छन् । आमा गुन्यु चोलो फुकालेर आउँदैछिन् । भाइ गुण्डा गर्दीको बोस अनि बहिनी रात्री संसारकी तारा उसको पछाडीका कुरा म बखान लगाउन सक्दिन ।”
 
वास्तवमा उसका शब्दले मलाई पनि सोच्न बाध्य बनाउँदै थियो । उसको परिवार साथमा रहेन रहेछ भनेर । लाग्यो उसले ठुलै अपराध गर्दैछ कि भनेर तर मनले मानेन  किनकी त्यो बेला सम्म म अन्योलमा थिए । बच्ची कतै पागत त हैन । यदि त्यो बच्चीको यर्थाथता बुझने हो भने हामी जस्ता वौद्विकहरुको यो समाजमा स्थान छैन । एउटा नावालिका आज त्यो अवस्थामा गुज्रदै छ भने यसको पछाडी हाम्रो हात नभए कसको त ? म मा प्रश्न बड्दै जाँदै थियो तर रहस्य त बाँकी नै थियो जसमा म पनि अनभिज्ञ नै थिए ।
 
मेरी छोरी थिई ऊ । उसले कुनै गल्ती गरेकी थिइन अनि पाप कसैलाई मनपराई यसमा उसको के गल्ती थियो । भावनाले उसलाई डुबाउँदै थियो तर उसको प्रेमी कुनै फटाहा, चोर डाका थिइन यही हाम्रो मातृभुमी नेपाल थियो । ऊ आफ्नो हातमा भएको सेतो कागजमा नेपालको चित्र पूरा गर्दै थिई । चौध अंचल र पचहत्तर जिल्लाको सिमांकन गर्दै थिई । मेरी सानी बच्ची, मेरी छोरीले मलाई निन्द्रा बाट बिउँझाउँदा देश प्रेम र राष्ट्रभक्तिका साथ बिउँझाई वास्तवमा म निन्द्रामा थिए । कल्पना गर्दैछु अब जन्मने मेरो सन्तानको रुपमा मैंले यस्तै छोरी कल्पना गर्दैछु । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *