कवि तथा पत्रकार फूलमान बल उत्कृष्ट

‘राष्ट्रिय कविता महोत्सव–२०७५’ तथा राष्ट्रिय कविता प्रतियोगितामा सबैलाई उछिन्दै कवि तथा पत्रकार फूलमान बल उत्कृष्ट भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६१औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सव– २०७५ आयोजना गरिएको हो ।

सोही महोत्सवमा धादिङकी कवि सुनिता खनाल आफ्नो कविता ‘श्यामश्वेत फोटो’मार्फत द्वितीय भइन् । यस्तै, ‘एउटा अर्को प्रयास’ कविताबाट रामेछापका कवि जीवन खत्री, ‘लाहुरेकी स्वास्नी’ कविताबाट तेह्रथुमकी कवि एलिना दुलाल र ‘बिराएछु बाटो’ कविताबाट मोरङकी कवि मेनुका चापागाईं तृतीय भएका छन् ।

प्रथम भएका बलले ३० हजार रुपैयाँ र स्वर्ण पदक, द्धितीय भएकी खनालले २५ हजार रुपैयाँ र रजत पदक तथा तृतीय भएका यी तीनै जनाले जनही २० हजार रुपैयाँ र कांस्यपदक प्राप्त गर्नेछन् । बिजेताहरुलाई राष्ट्रपतिको हातबाट पुरस्कार पदक चाँडै प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *