‘काठमाडौं प्रलेस ३’ र “लेख्नेको बोली” लोकार्पण

 प्रकाश थापा मगर, काठमाडौं 

प्रगतिशील लेखक सङ्घ, काठमाडौंको प्रकाशन  ‘काठमाडौं प्रलेस ३’ र प्रलेस काठमाडौंका अध्यक्ष बालमुकुन्द कार्कीद्वारा सङ्कलित/सम्पादित अन्तर्वार्ता सङ्ग्रह “लेख्नेको बोली” लोकार्पण गरिएको छ । प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोख्रेलको प्रमुख आतिथ्यतामा २०७४ जेष्ठ १३ गते प्रदर्शनी मार्गस्थित आर.आर. क्याम्पसको पत्रकारिता सभाकक्षमा आयोजित एक कार्यक्रमबीच ती कृतिहरु लोकार्पण गरिएका हुन् । कृतिको लोकार्पण केन्द्रीय अध्यक्ष मातृका पोख्रेलले गर्नु भएको थियो ।

कार्यक्रममा प्रलेस काठमाडौंको प्रकाशन ‘काठमाडौं प्रलेस ३’ को समीक्षा कवियत्री निभा शाहले गर्नु भएको थियो भने प्रलेस काठमाडौंका अध्यक्ष बालमुकुन्द कार्कीद्वारा सङ्कलित/सम्पादित अन्तर्वार्ता सङ्ग्रह “लेख्नेको बोली” को समीक्षा साहित्यकार विनोन मञ्जनले गर्नु भएको थियो । दुवै कृतिको संयुक्त समीक्षा प्राज्ञ हेमनाथ पौडेलले गर्नु भएको थियो । कार्यक्रममा प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोख्रेल, उपाध्यक्ष गोपीरमण उपाध्याय र महासचिव आर.एम. डङ्गोलले पनि गहन मन्तव्य राख्नु भएको थियो ।

प्रलेसका केन्द्रीय र जिल्ला स्तरका थुप्रै लेखक/साहित्यकारहरु समेतको उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष बालमुकुन्द कार्कीले र सञ्चालन प्रलेस काठमाडौंकी जिल्ला सदस्य कौशिला रिसालले गर्नु भएको थियो । उपस्थित जन समुदायलाई जिल्ला सचिव भीम क्षेत्रीले स्वागत गर्नु भएको थियो भने ‘काठमाडौं प्रलेस ३’ का सम्पादक मण्डलकी देव कुमारी लुइटेल ‘देवु’ ले  पनि सङ्क्षिप्त मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *