गौरी दाहालको खण्डकाव्य सारथि विमोचित

काठमाडौ ३० श्रावण, २०७२

अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा पर्यटन बोर्ड भृकुटीमण्डपमा प्रगतिवादी कवि गौरी दाहालद्वारा रचित खण्डकाव्य सारथिको एक कार्यक्रम विच सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रम सम्पन्न गरियो ।

image

आर सि न्यौपानेको संचालन, ईश्वरचन्द्र ज्ञवाली को अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि किरण चैतन्य हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा प्रलेस अध्यक्ष अमर गिरी, समालोचक राम प्रसाद ज्ञवाली, प्रा डा जगदीशचन्द्र भण्डारी, आहुती, मातृका पोखरेल, ताराकान्त पाण्डेय लगायत हुनुहुन्थ्यो । प्रमुख अतिथि मोहन वैद्य किरणले उक्त पुस्तक विमोचन गर्नु भएको थियो ।

स्रष्टा गौरी दाहालले आफ्नो कृतिको बारेमा बोल्दै भन्नुभयो कि यस खण्डकाव्यमा राजनैतिक विषयवस्तु विशेषगरी १० बर्षे जनयुद्धको समयमा ग्रामीण जनजीवनमा पारेको असर समेटिएको छ ।

image

समालोचक आहुतीले परम्परागत विधालाई संरक्षण गरेकोमा सरहानिय कार्य हो भन्नुभयो । जनयुद्धको विषय उठान गरिनु मनन योग्य कार्य हो । नयाँ युवाहरुले छन्दमा लेख्नु राम्रो हो तर युवालाई छन्दमा लेख्न बाध्य पारिनु हुन्न । महिला सर्जक असाध्य कम भएको अवस्थामा गौरी दाहालको खण्डकाव्य आएकोले स्रष्टालाई बधाई छ । पार्टीका जिम्मेवार लेखकहरु केही  कुराले बाँधिएर संकुचित भएको र अरु लेखकहरुले स्वतन्त्र भएर हरेक कुरामा हस्तक्षेप गरिरहेको अबस्था देखिन्छ । आमरुपमा साहित्य पनि विचारधाराको अधिनमा रहनुपर्छ ।

समालोचक रामप्रसाद ज्ञवालीले भन्नुभयो शक्तिशाली प्रतिभाले गध्य र छन्द दुवैमा शक्तिशाली सृजना गर्न सक्छ । गौरी दाहाल असल र कुशल सर्जक हुनुहुन्छ र उहाँले सर्वसाधारण लाई नायक बनाएर खण्डकाव्य लेख्नु भएको छ । त्यसैले पुस्तकमा जनयुद्धका कार्यकर्ताहरुको कुरा लेख्नु भएको छ । नेतृत्वमा आएको स्खलनलाई पनि शसक्तरुपमा उठाउनु भएको छ । वर्गीय बाटो छाडेर जातिगत र क्षेत्रगत बाटोमा भएको स्खलन देखाउँदै आशावादको प्रचुरता देखाउनु भएको छ ।

समालोचना गर्दै अमर गिरीले भन्नुभयो कि अघिल्ला २ कविता संग्रह सँग तुलना गर्दा सर्जक दाहालको कवित्वमा निरन्तर परिस्कार हुँदै आएको देखिन्छ । परिवर्तन प्रतिको निष्ठा यो खण्डकाव्यमा आएको देखिन्छ । नेपाली प्रगतिवादी साहित्यमा यो खण्डकाव्य उल्लेखनीय छ । स्रष्टालाई विशिष्ट स्वतन्त्रता आवश्यक छैन ।

प्रा डा जगदीशचन्द्र भण्डारीले भन्नुभयो कि विचारधारको निरन्तरताको आयामलाइ यो खण्डकाव्यले सहयोग पुर्‍याउनेछ । असल सारथिको कामना यसमा गरिएको छ । यो खण्डकाव्यको शाष्त्रिय छन्दको लेखनि स्तुत्य रहेको छ । कलालाई क्रान्तिकर्मसँगै जोड्नु पर्छ ।

कृतिको बारेमा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि चैतन्यले भन्नुभयो कि यश खण्डकाव्यको मुल संदेश क्रान्ति जारी छ, नेतृत्वले धोका दिएतापनि यो रोकिएको छैन । यो रचनाले नयाँ चिज दिएको छ । क्रान्ति प्रतिको गद्दारीको चिरफार गरिएको छ यसमा । यसले कवितात्वकरुपमा दिशानिर्देश गरेको छ ।

कार्यक्रमका अध्यक्षले समापन गर्दै भन्नुभयो  कि गौरी दाहाल स्थापित हुँदै गरेकि स्रष्टा हुनुहुन्छ । सारथि खण्डकाव्य शसक्त रुपमा आएको छ । यो एक पठनिय कृति बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *