‘घिमिरेका खण्डकाव्यमा अलङकार’ कृति विमोचन

काठमाडौंमा दायित्व वाङमय प्रतिष्ठानको आयोजना तथा राष्ट्रकवि माधव घिमिरेको प्रमुख आतिथ्यमा डा. लेखप्रसाद निरौलाद्वारा लिखित ‘माधव घिमिरेका खण्डकाव्यमा अलङकार’ कृतिको विमोचन सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि घिमिरेले आफ्नै खण्डकाव्यहरूमा केन्द्रित भएर लेखिएको प्रस्तुत कृति आफ्नै हातबाट विमोचन गर्न पाउँदा अत्यन्त खुशी लागेको कुरा व्यक्त गर्नुभयो ।

प्रमुख वक्ताको रुपमा प्रा.डा. वासुदेव त्रिपाठीले अलङ्कारमा केन्द्रित भएर लेखिएको उक्त कृति नेपाली साहित्य जगतको अत्यन्त उत्कृष्ट र सङ्ग्रहणीय कृति भएको मन्तव्य पेश गर्नुभयो भने अर्का वक्ता प्रा.डा. हेमाङ्गराज अधिकारीले पनि सो कृतिमाथि सङ्क्षिप्त टिप्पणी गर्नुभयो ।

दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त समारोहमा छन्छकवि देवी नेपाल, सहप्रा. भागवत ढकाल, यादव भट्टराई र कृति प्रकाशकको तर्फबाट टिपी धमलाले पनि बोल्नुभएको थियो ।

स्रोत : रामप्रसाद पन्त
(फित्कौली डटकमबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *