काठमाडौं १४, कार्तिक
घुम्ती कवि गोष्ठीको ३६ औ श्रृङखला यामब्यासडर स्कुल जोरपाटीमा आज सम्पन्न भयो । मोहन मल्ल “मानिस”को सभापतित्वमा सम्पन्न सो गोष्ठी मञ्जुश्री प्रधानको प्रमुख आतिथ्य थियो ।
डिल्लि प्रसाद मुल्तिहुनले संचालन गरेको कार्यक्रममा अतिथि तथा कविहरु वेदमणि घिमिरे , कणाद महर्षि लगायत करिव २० जना कविले आ-आफ्ना कविता तथा रचना सुनाएका थिए ।
घुम्ती कवि गोष्ठी का अध्यक्ष बालमुकुन्द कार्कीले धन्यवाद सहित कविता सुनाउनु भएको थियो ।भने पर्शुराम पराजुली परासर र प्रशान्त खरेल ले समीक्षा गर्नु भएको थियो ।
अतिथि वेदमणि घिमिरेले कवितामा केही संरचनात्मक सिद्धान्तहरु हुने र समालोचनामा त्यसको चर्चा भएमा नयाँ लेखिने कविताहरु सुन्दर हुन्छन् भन्नू भयो ।
सभाध्यक्ष मोहन मल्ल “मानिस”ले महिला र नव सर्जकहरुको प्रचुर उपस्थिति रहेको र यस्तै उपस्थिति र सहभागिता रहिरहोस भन्दै सभा विसर्जन गर्नु भयो ।