प्रा.डा.देवबहादुर रोकालाई ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’ अर्पण गरिने

स्याङ्जा जिल्लाको अर्जुनचौपारीमा माता धर्मकुमारी रोका र बुबा टेकबहादुर रोकाका सुपुत्रका रूपमा मध्यम वर्गीय परिवारमा जन्मिएर पनि भारतको लखनउ र बनारसबाट आयुर्वेदको कायचिकित्सामा उच्च शिक्षा हासिल गरी तीन दशकभन्दा बढी प्राध्यापनका माध्यमबाट र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, आयुर्वेद चिकित्सा परिषद्, आयुर्वेद अस्पताल नरदेवी विकाससमिति जस्ता महत्त्वपूर्ण निकायमा रही उल्लेख्य योगदान गर्नुभएको, आयुर्वेद क्याम्पसको प्रमुखका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको मात्र नभई आयुर्वेद शिक्षण अस्पतालको निमित्त कार्यकारी प्रमुखको रूपमा सेवारत रही नेपालमा आयुर्वेद शिक्षा र चिकित्साका क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका प्रा.डा.देवबहादुर रोकालाई २०७४ सालको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिने भएको छ । आयुर्वेद चिकित्सालाई आधुनिक चिकित्साको भरपर्दाे विकल्पका रूपमा स्थापित गर्नसक्नुहोस् भन्ने अपेक्षाका साथ अर्पण गरिने उक्त सम्मान तथा पुरस्कार यही २०७५ भाद्र २ गते अपराह्न ठिक १ बजे राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा अर्पण गरिने छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *