बी.डी.त्यागी स्मृति सम्मान तथा पुरस्कार अर्पण समारोह सम्पन्न

रमेश पोखरेल, काठमाडौं

वैशाख १८ गते मङ्गलवार अपराह् २ बजे पाठशाला नेपाल विद्यालयको सभाकक्षमा आयोजित विशेष समारोहमा बी.डी.त्यागी स्मृति सम्मान तथा पुरस्कार विभिन्न व्यक्तित्वलाई अर्पण गरियो । समारोहमा उपस्थित सबै आदरणीय व्यक्तित्वलाई प्रमुख अतिथि राखी सम्पन्न गरिएको उक्त विशेष समारोहको अध्यक्षता बी.डी.त्यागी स्मृति सेवा केन्द्रका सल्लाहकार एवम् साहित्यकार शंकर भारतीले गर्नुभएको थियो भने सञ्चालन उक्त केन्द्रका सदस्य अभिनव आचार्यले गर्नुभएको थियो । समारोहमा विशेष अतिथिका रूपमा वरिष्ठ साहित्यकार डा.रामप्रसाद ज्ञवाली उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा रामकुमार पाँडे, डा.देवी नेपाल, विमल भौकाजी, सिवानी घिमिरे, अमर त्यागी, जुनु क्षेत्री, साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेल, दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, अभिनव साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, स्मृति केन्द्रका सल्लाहकार कुमार पोखरेल, साहित्यकार चेतनाथ धमला, साहित्यकार कलाधर काफ्ले, गीतकार प्रवीण कटवाल, कवि त्रिलोचन आचार्य र सिस्नुपानी नेपालका महासचिव टङ्क आचार्य उपस्थित हुनुहुन्थ्यो ।

बी.डी.त्यागी स्मृति केन्द्रका अध्यक्ष कृष्ण आचार्यले सम्पूर्ण उपस्थित व्यक्तित्वलाई स्वागत गर्नुहुँदै बी.डी.त्यागीले आफ्नो जीवनकालमा नेपाली साहित्यको सेवा गर्नुभएकाले उहाँको सम्मान र सम्झनामा नेपाली साहित्यको सेवामा समर्पित स्रष्टाहरूलाई सम्मान गर्ने परम्परा बसालिएको र यो विशेष समारोह त्यही परम्पराको निरन्तरता भएको धारणा राख्नुभयो ।
दिवङ्गत साहित्यकार बी.डी.त्यागीको तस्बिरमा अतिथिहरूबाट पुष्पार्पण गरी थालनी गरिएको उक्त विशेष समारोहमा बी.डी.त्यागी स्मृति सम्मानद्वारा चर्चित छन्दकवि डा.देवी नेपाललाई सम्मान गरिएको थियो भने बी.डी.त्यागी वाङ्मय सम्मान विख्यात हास्यव्यङ्ग्यकार रामकुमार पाँडेलाई अर्पण गरिएको थियो । त्यसैगरी बी.डी.त्यागी प्रतिभा सम्मान युवा स्रष्टा विमल भौकाजीलाई अर्पण गरिएको थियो । त्यसैगरी नेपाली साहित्यको सेवा गरेवापत बी.डी.त्यागी नेपथ्य सम्मानद्वारा भानु मासिककी प्रकाशिका सिवानी घिमिरे सम्मानित हुनुभएको थियो । बी.डी.त्यागी योगदान सम्मानबाट भने प्रकाशक दिनेश पाठक सम्मानित हुनुभएको थियो । यसपटकको कपन–बानेश्वर (कबा) सम्मानबाट अमर त्यागी र जुनु क्षेत्रीलाई सम्मानित गरिएको थियो । बी.डी त्यागी स्मृति समान तथा पुरस्कारबाट सम्मानित गरिने नारायण गोदारे अस्वस्थताका कारण उपस्थित हुननसक्नुभएकाले उहाँकै घरमा लगेर अर्पण गरिने जानकारी गराइयो ।
सम्मानित व्यक्त्त्विहरूलाई टीका गङ्गा पौडेलले, खादा वेदमणि घिमिरेले, सम्मान रकम अर्पण शंकर भारतीले र सम्मानपत्र डा.रामप्रसाद ज्ञवालीले अर्पण गर्नुभएको थियो । सम्मानित व्यक्त्त्वि डा.देवी नेपालले बी.डी.त्यागी जस्ता इमान्दार नेपाली साहित्यका साधकको नामबाट स्थापित पुरस्कार तथा सम्मान पाउँदा खुसी मात्र लागेको छैन हौसल थपेको र चुनौती पनि थपिएको महसुस भएको छ । कतिपय पुरस्कार ग्रहण गर्न पनि डर लाग्ने वर्तमानमा इमान्दार साहित्यकारकै नामबाट स्थापित र साहित्यसेवीलाई नै समर्पण गर्ने उद्देश्य रहेको यो सम्मान तथा पुरस्कारले मलाई सम्मान पनि गरेको र खबरदारी पनि गरेको सम्झेको छु । सम्मानलाई कहिल्यै पनि अपमान नगर्ने र कहिल्यै बाटो नबिराउने वचनबद्धता व्यक्त गर्दै यो सद्भावका प्रति हार्दिक आभार व्यक्त गर्दछु भन्नुहुँदै संस्थाको अग्रगतिको कामना कविताबाटै गर्नुभयो ।

त्यसैगरी अर्का सम्मानित व्यक्ति रामकुमार पाँडेले २०२७–३० सालसम्म बी.डी.त्यागीले आपूmले प्रकाशित गरिरहेको ‘कलियुग’ नामक पत्रिकाका लागि तीनओटा सिर्जना दिनुभएको थियो र मैले छापेको थिएँ । ती पत्रिका मसँग अझै सुरक्षित रहेकाले मैले फोटोकपी पनि ल्याइदिएको छु । हास्यव्यङ्ग्यका र त्यो समयका दुर्लभ रचना मैले प्रकाशन गर्ने अवसर पाएकाले बी.डी.त्यागी सच्चा साहित्यकार हो भन्ने मैले मूल्याङ्कन गरेको छु र नै म पुरस्कार ग्रहण गर्न उपस्थित भएको हुँ नत्र युवालाई दिनुहोस् भन्ने गरेको छु मैले । त्यो पत्रिका १६÷१७ अङ्क निकालेर बन्द भयो । म आपूm पनि हास्यव्यङ्ग्य भन्ने थाहा नपाएरै हास्यव्यङ्ग्य लेख्नथालेको हुँ । २०१८ सालमा ‘म अग्लो भएँ’ हास्यव्यङ्ग्य छपाएर सुरु भएको मेरो यात्राले एक दर्जनभन्दा बढी कृति प्रकाशित गरेको छ । ‘प्रहसनमा नेपालको इतिहास’ कृति प्रकाशन हुने अवस्थामा छ । हामी सबै स्रष्टाले आफ्ना सिर्जनालाई अङ्ग्रेजीमा अनुवाद गरी अन्तर्राष्ट्रियकरण गर्नु अहिलेको आवश्यकता हो भन्नुभयो ।

सम्मानित विमल भौकाजीले साहित्यकार आफ्ना अभिभावकको सम्मान र सम्झनाका लागि पुरस्कार तथा सम्मान दिने यस्तो परम्पराको थालनी आफैँमा सत्कर्म हो र त्यसनिम्ति मलाई छनोट गर्नुभएकोमा धन्यवाद छ भन्नुभयो । अर्का सम्मानित व्यक्त्वि सिवानी घिमिरेले आपूmले भानु मासिक प्रकाशित गरिरहेकी भए पनि त्यसको श्रेय सम्पादक र लेखकलाई जान्छ तापनि सम्झेर सम्मानित गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु भन्नुभयो र दुइटा छोटा कविता वाचन गर्नुभयो । सम्मानित व्यक्तित्व दिनेश पाठकले बी.डी.त्यागीका कृति आपूmले प्रकाशित गरेको सम्म हुँ, खासै ठुलो योगदान गरेको होइन तर पनि सम्मान गर्नुभएको पक्ष भने गौरवपूर्ण रहेको छ भन्नुभयो । कबा सम्मान प्राप्त गर्नुहुने अमर त्यागी र जुनु क्षत्रीले स्मृति केन्द्रलाई हार्दिक धन्यवाद दिनुहुँदै गजल र कविता वाचन गर्नुभयो ।

सिस्नुपानी नेपालका महासचिव टङ्क आचार्यले हास्यव्यङ्ग्य कविता वाचन गर्नुभयो । सोही विशेष समारोहमा गीतकार प्रवीण कटवालद्वारा लिखित ‘आकाशको फल’ गीतसङ्ग्रहको लोकार्पण गरिएको थियो र त्यस गीतसङ्ग्रहमाथि त्रिलोचन आचार्यले समीक्षा गर्नुहुँदै ५३ ओटा गीतमध्ये ४५÷४६ ओटा मायाप्रेमका गीत रहेका, बाँकी गीतहरू बुबाआमाप्रति, गाउँसमाजप्रति, युवापलायनको पीडाका र मुलुक बनाउने अपेक्षाका रहेका छन् । निरन्तरको साधना रहे भविष्यमा गीतकारबाट राम्रा गीतको अपेक्षा गर्नसकिन्छ भन्ने धारणा राख्नुभयो । सो अवसरमा गीतकार प्रवीण कटवालले पनि लेखकीय मन्तव्य राख्नुभएको थियो ।
गोविन्द घिमिरे वेदमणिले दिवङ्गत साहित्यकारको व्यक्तित्व उजागर गर्ने यो प्रयत्न अनुकरणीय रहेको छ । सफल साहित्यकार त्यागीको सत्कर्मलाई पुरस्कार तथा सम्मानबाट साहित्यसेवीलाई नै सम्मान गर्ने सत्कार्य हो भन्नुभयो । टीकाराम अधिकारीले सम्मानित व्यक्त्त्विका प्रति शुभकामना कवितावाचन गर्नुभएको थियो ।

विशेष अतिथि डा.रामप्रसाद ज्ञवालीले रामकुमार पाँडे जस्ता स्थापित र वरिष्ठ व्यक्तित्वलाई सम्मान गर्ने अवसर प्राप्त भएको, क्षमतावान् डा.देवी नेपाल सत्पात्र रहेका, भानु बचाउने सम्मानित व्यक्तित्व सम्मानित हुनुभएकोमा खुसी लागेको छ । सबै सम्मानित व्यक्तित्व सत्पात्र हुनुहुन्छ । शंकर भारतीले निबन्ध आचार्यलाई ठुलो सहयोग गर्नुभएको छ । उपभोक्तावादी संस्कार मौलाएको यो समयमा पैसाका लागि होइन समाजका लागि काम गर्ने अनि भित्रभित्रै सेती नदी जस्तै बगिरहेको मान्छेका रूपमा मैले निबन्ध आचार्यलाई मूल्याङ्कन गरेको छु । हामी सबैले उहाँलाई आआफ्नो कोणबाट सहयोग गर्नुपर्दछ । हामी अनावश्यक खर्च गर्नसक्छौँ तर कसैलाई सत्कर्ममा सहयोग गर्नसक्तैनौँ । यो प्रवृत्तिमा सुधार आवश्यक छ । पुरस्कार र सम्मान मागेर पाइँने कुरा होइन, सत्कर्मले सम्मान आफैँ ल्याउँछ, व्यक्तित्व निर्माण पनि लगन र सत्कर्मकै माध्यमबाट हुने कुरा हो । सूर्यको किरणले दुर्गन्धलाई सुकाइदिए झैँ घामपानी सहेर फुलेका सुगन्धित पूmलहरू आज सम्मानित हुनुभएको छ । स्रष्टाले अरूका अनुभूति ग्रहण गर्छ र फेरि अरूलाई नै दिन्छ । त्यही काम आजका गीतकार प्रवीण कटवालले गर्नुभएको छ । अझ राम्रा गीत लेख्नुहोस् । स्रष्टालाई गहना भन्ने चलन छ तर स्रष्टा गहना होइनन्, गहनाको निर्माण गर्ने सर्जक हुन् भन्नुभयो ।

स्मृति केन्द्रका महासचिव निबन्ध आचार्यले स्रष्टा बी.डी.त्यागीका सातओटा कृति प्रकाशित रहेका, कवितात्मक एल्बम एउटा निकालिएको, चारओटा उपन्यासको एउटै सङ्ग्रह प्रकाशन गर्ने लक्ष्य रहेको र सहयोगी मनहरूको खोजी भइरहेको जानकारी दिनुभयो । निम्ता स्वीकार गरी आइदिनुहुने सबैमा आभार व्यक्त गर्नुभयो । सभाकक्ष दिने पाठशाला नेपाललाई धन्यवाद दिनुभयो ।

सभाध्यक्ष शंकर भारतीले सम्मानका लागि स्रष्टाचयन स्मृति केन्द्रले नै गर्नेगरेको, रामकुमार पाँडेले करिब ४५ वर्षअगाडि निकाल्नुभएको पत्रिकामा नै त्यागीका रचना प्रकाशित भएको जानकारी आजै पाइएको, सम्मानित व्यक्तित्व डा.देवी नेपालको जन्मदिन पनि आजै परेको संयोगको चर्चा गर्नुभयो । सबै सम्मानित व्यक्तित्व तथा सहयोग गर्नेहरूलाई हार्दिक धन्यवाद दिनुभयो र सभा विसर्जन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *