२० आश्विन, २०६९ काठमाण्डौ
भानु मासिक परिवारद्धारा साहित्य सदन नेपाल, रामहिटिमा आयोजना गरिएको एक कार्यक्रममा भानु स्वर्ण वर्ष विशेषाङ्को सार्वजनिकरण तथा वरिष्ठ साहित्यिक पत्रकार भवानी घिमिरेको चौंथो स्मृति समारोह सम्पन्न भयो । भानु स्वर्ण वर्ष विशेषाङ्को सार्वजनिकरण प्रमुख अतिथि पुर्व प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले र्गनुभएको थियो ।
रमेश शुभेच्छुकले संचालन तथा डा. राम प्रसाद ज्ञवालीले अध्यक्षता गरेको उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल प्रमुख अतिथि, विशेष अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती तथा अन्य अतिथिहरुमा प्रा. राजेन्द्र सुवेदी, प्रा. डा. देवी प्रसाद गौतम, आनन्ददेव भट्ट, रोचक घिमिरे, कस्तुरी घिमिरे, बुँद राना, कमल जङ्गली, सोमराज अभय, रामप्रसाद प्रदिप, हरिहर खनाल, अमिर खनाल, मोहन दुवाल, वासुदेव अधिकारी, ओमप्रकाश सुवेदी, माया ठकुरी, जलेश्वरी श्रेष्ठ, महेन्द्रबहादुर कार्की, गोविन्द घिमिरे, सिवानी घिमिरे, डा. चन्द्रमणी अधिकारी, डा. वाजीराम पौडेल, वशन्त अधिकारी, रामकृष्ण दुवाल, अशेष मल्ल, रामबहादुर पहाडी, सानु पहाडी, भुषण गौतम, दामोदर अधिकारी, देवकुमारी लुईटेल, मधुस न्यौपाने, गङ्गा नेपाल, प्रदिप ज्ञवाली, विष्णुभक्त फुयाँल, रमेश खकुरेल, रामविनय, अर्जुन नेपाल, बालमुकुन्द कार्की, छविरमण सिलवाल, पर्शुराम पराजुली, वलराम दाहाल, राधेश्याम लेकाली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अध्यक्ष तथा भानु मासिकका प्रधान संपादक डा. राम प्रसाद ज्ञवालीले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै भन्नुभयो कि निजिस्तरमा एउटा व्यक्तिले साहित्यिक पत्रिका निकाल्नु निकै चुनौतिपुर्ण रहेको छ । गङ्गा पौडेलले स्वागत मन्तव्य गरेको उक्त कार्यक्रममा रामबहादुर पहाडी, महता घिमिरे, अशेष मल्ल तथा रामकृष्ण दुवालले भवानी घिमिरेका कविता तथा उनकालागि लेखिएका गीत गजलहरु सङ्ीतबद्धगरेर सुनाउनुभयो ।
उक्त कार्यक्रममा भानु मासिकका सल्लाहाकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, प्रा. राजेन्द्र सुवेदी तथा पुर्व प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भवानी घिमिरे तथा भानु स्वर्ण वर्ष विशेषाङ्को बारेमा चर्चा र्गनुभएको थियो भने मधुस न्यौपाने, बलराम दाहाल, भुषण घिमिरे, रामकृष्ण दुवाल, अर्जुन पोखरेल, दामोदर अधिकारी, सानु पहाडी लगायतले भानुका बिभिन्न विशेषाङ्कका स्रष्टाहरुका तथा अन्य गीत सङ्गीत प्रस्तुत गर्नुभएको थियो ।
भानु मासिकका सल्लाहाकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले भवानी घिमिरेका राजनैतिक, साहित्यिक र साहित्यिक पत्रकारको ३ वटा व्यक्तित्व रहेको कुरा बताउनुभयो । प्रा. राजेन्द्र सुवेदीले भवानी घिमिरेले नेपाली कविता पठनको संस्कृती शुरुवात गरेका हुन् र उनी साहित्यिक पत्रकारीताको शुरुवात गर्ने तथा साहित्यिको उत्थानमा लाग्ने विशेष स्रष्टा भएको बताउनुभयो । पुर्व प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले (कमरेड) भवानी घिमिरे राष्ट्रकै महत्वपुर्ण व्यक्तित्व हुन र उनले शुरु गरेको सडक कविता क्रान्ति एक शसक्त वैचारिक प्रवाह थियो जसले राजनिति कर्मिहरुलाई पनि उर्जा दिन्थ्यो भन्नुभयो ।