भोजपुरमा विचार गोष्ठी तथा कविता उत्सव सम्पन्न

वि.सं. २०७५ वैशाख २४ गते प्रदेश एकको पहाडी जिल्ला भोजपुरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग, मातृभाषा साहित्य विभाग र नेपाली वाङ्मय परिषद्द्वारा संयुक्त रुपमा ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक विचार गोष्ठी तथा ‘बहुभाषिक कविता उत्सव’ आयोजना गरियो ।


विविध संस्कृति झल्किने सांस्कृतिक झाँकीसहित उद्घाटन भएको कार्यक्रमलाई प्रदेश नम्बर एकका माननीय मुख्यमन्त्री शेरधन राईले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्य, कला र संस्कृतिको खानी भोजपुरमा यसप्रकारको कार्यक्रम आयोजना हुनु गौरवको विषय भएको भन्दै समग्र प्रदेशको भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनका निमित्त प्रदेश सरकारले गम्भीरतापूर्वक उल्लेखनीय भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने, “अब सबै अधिकार र साधन–स्रोत स्थानीय तथा प्रदेश सरकारमा हस्तान्तरण भइसकेको छ । तसर्थ प्रदेशभित्र वाङ्मयको सवार्ङ्गिण विकासको निमित्त केकस्तो प्रकारको भूमिका निर्वाह गर्ने भन्ने अधिकार सम्बन्धित प्रदेश सरकारको हो ।”

प्रज्ञा–प्रतिष्ठान, मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले किरात राई जातिको बाहुल्य रहेको भोजपुर मुन्दुमी संस्कृति र अरुण सभ्यताले सम्पन्न भूमि भएको भन्दै यस्तो भूमिमा आयोजना भएको कार्यक्रमले भाषा, साहित्य, कला र संस्कृतिको विकासमा प्रदेश सरकारले यथोचित भूमिका निर्वाह गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्राज्ञ तथा वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले भाषा, साहित्य, कला र संस्कृतिको विकास नभई अन्य किसिमको विकास पनि सुस्त हुने धारणा राख्दै सम्बन्धित निकायहरूले यसतर्फ गम्भीर हुनुपर्ने बताए ।

गोष्ठीमा पूर्ण पी. राईले ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक अवधारणा–पत्र प्रस्तुत गरेका थिए । आफ्नो अवधारणापत्रमा राईले लामो समयदेखि वहिष्करणमा परेका समुदाय र भूगोलका मानिसहरूले राखेको शासनसत्तामा आप्mनो भावनात्मक समावेशीकरणको चाहना सङ्घीय व्यवस्थाबाट पूरा हुने अपेक्षा गरेको र त्यसका लागि प्रदेशले प्रदेशको विशेषतामा आधारित भाषा, साहित्य, कला तथा संस्कृतिको सम्बद्र्धन गर्ने नीति लिनु पर्ने सझाए । उनले भने, “अब पनि पहाडे–उच्चआर्यन राष्ट्रवादलाई नै प्रोत्साहन गर्ने काम भएमा त्यो सङ्घीयताको भावनाविपरित हुनेछ ।” रार्ईले अहिले सबै अधिकार प्रदेश सरकारमै भएकोले प्रदेश सरकारले प्रदेशको सम्मृद्धिको लागि प्रदेशभित्रको बहुपक्षीय आन्तरिक समावेशिकरणको भावनालाई आत्मसाथ गर्दै सरकारले विविध भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धन गर्न सक्ने विचार व्यक्त गरेका थिए ।

राईको उक्त अवधारणापत्रमाथि कवि तथा संस्कृतिकर्मी नवराज राई वर्तमान र उपप्राध्यापक बाबुराम ओझाले समीक्षा गर्दै केही सुझाव दिए ।

कार्यक्रममा नगरप्रमुख कैलाशकुरमार आले, भोजपुर बहुमुखी क्याम्पसका प्रमुख डा. रोहित श्रेष्ठ, नेपाली कांगे्रेसका नेता उमेशजङ्ग रायामाझी र प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

नगरप्रमुख आलेले भाषा, साहित्य, कला तथा संस्कृतिको आवश्यक प्रवद्र्धनमा स्थानीय सरकारका तर्फबाट आफूले सक्दो भूमिका खेल्ने बताए । रायमाझीले जिल्लामा यसप्रकारको कार्यक्रम आयोजना हुनु जिल्लाकै गौरवको विषय भएको विचार व्यक्त गरे । उनले भने, “ साहित्य, कला र संस्कृतिको विकास भएमात्रै मुलुक समृद्ध बन्छ ।”

प्रमुख जिल्ला अधिकारी पौडेलले प्राकृतिक छटाले युक्त सुन्दर भोजपुरमा आयोजना भएको कार्यक्रमले आफूलाई हर्षित तुल्याएको बताउँदै भोजपुरको महिमा गाउँदै आफूले रचना गरेको कविता सुनाइन् ।

जिल्लास्थित नारी साहित्य प्रतिष्ठान, त्रिवेणी साहित्य प्रतिष्ठान, साहित्य कला प्रतिष्ठान र काठमाडौँका कार्यरत रामप्रसाद राई स्मृति प्रतिष्ठान तथा अरुण गाउँपालिका सरोकार समाजको सहआयोजना रहेको कार्यक्रममा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका साथै जिल्लाका नगर तथा गाउँपालिकाहरूको विशेष सहयोग रहेको स्थानीय कार्यक्रम संयोजक कवि कविता राईले बताए ।

उक्त अवसरमा सम्पन्न भएको बहुभाषिक कविता उत्सवमा विप्लव ढकाल, देवी घिमिरे, अमृका ताम्रकार, चन्द्र रानाहँछा, कविता राई, इन्द्रसुर बेल्टारे, प्रतिमा पोखरेल, असीम दुङ्माली, वेदनाथ ढकाल, शरणकुमार राई, विष्णुकुमार बान्तवा लगायतका कविहरूले आ–आफ्ना कविता सुनाएका थिए ।

कार्यक्रम आरम्भ हुनुअघि विविध जातिका सांस्कृतिक झाँकीसहित नगर परिक्रमा गरी प्रजातान्त्रिक योद्धा रामप्रसाद राई र नारदमुनि थुलुङको प्रतिमामा कुलपति उप्रेती र टेम्केमैयुँ गाउँपालिकाका अध्यक्ष ध्रुवकुमार राईले माल्र्यापण गरेका थिए ।

कार्यक्रममा युवाकवि थीरलोचन श्रेष्ठको कविताकृति ‘प्रश्नपत्र जिन्दगीको’ र देवी घिमिरे तथा शशी लुमुम्बूद्वारा सम्पादित ‘कवितामा जननायक रामप्रसाद राई’ कविता सँगालोको प्रमुख अतिथि, विशिष्ट अतिथि एवम् अतिथिहरूले विमोचन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *