वाल्मिकिमा दुई बाल गजलको विमोचन

 

आज काठमाडौँको बाल्मिकी विद्यापिठमा गजलकारद्वय राधा कणेल र रश्मि असफलको क्रमश: बाल गजल संग्रह ‘माला कति राम्रो’ र ‘झिलमिल तारा’को विमोचन तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनाममण्डलीका अध्यक्ष बलराम दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा झिलमिल तारा कृतिको बारेमा प्रभाती किरण र माला कति राम्रो कृतिमाथि समालोचक सरोज घिमिरेले समिक्षा गरेका थिए । कार्यक्रममा बाल साहित्यकार नवराज रिजाल, गजलकार घनेन्द्र ओझा,सुरेस सुवेदी र स्रष्टाका पीता लक्ष्मी भक्त कणेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कृतिको विमोचन ५ जना बालबालिकाको हातमार्फत गरिएको थियो जसमा विभूति भेटवाल, स्तुती भेटवाल, दिक्षान्त ओझा मिकेस र लिकेस ओझाको हातबाट संयुक्त रुपमा गरिएको थियो । गजलकार जय गौडलद्धारा सञ्चालन गरिएको उक्त कार्यक्रम कन्दरा पव्लीकेसन र अनाममण्डलीको संयुक्त आयोजनामा गरिएको थियो । कार्यक्रममा अधिकाशं बालबालिकाले कृतिबाट गजल बाचन पनि गरेका थिए।

(Source www.ehsahityanepal.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *