श्रृजना र श्रष्टाको सम्मानमा २०औं श्रृंखला सम्पन्न

१९ श्रावण, २०७०

हरेक महिनाको तेस्रो शनिवार श्रृजना र श्रष्टाको सम्मानमा हुँदै आएको उर्वर साहित्य समाजको श्रृंखला त्रिपुरेश्वरको लोकबाजा संग्रहालयमा आज २०औं श्रृंखला सम्पन्न भयो । समाजका अध्यक्ष पारस ढकालको अध्यक्षतामा र मिनराज दुवाडीको संचालनमा  कार्यक्रम गरिएको थियो । बाचित रचनाहरूमा समालोचना गर्दै समालोचक भगवान चन्द्र ज्ञवालीले सबै कविताहरू राम्रा भएका र सबल र दुर्वल दुबै प्रकारका रचनाहरू वाचन भएका बताउनुभयो ।

 उक्त कार्यक्रममा सर्जकहरु अतृप्त पाण्डे, डिल्लि पौडेल, जि.बि. आचार्य, बिष्णु भण्डारी, ओमकार प्रथा, मिनराज दवाडी, कृष्णप्रसाद ढकाल, नारायण तिवारी, सन्तोष नेउपाने, ब्रम्हप्रिय प्रेमस्वरूप, र्इन्दु अंशु, पुरूषोत्तम पोखरेल, मनमणि पोखरेल, विजय विश्वास, दिनेश घिमिरे, गोपाल नेपाल, पूर्णविराम, प्रशान्त खरेल, किर्तिराज पराजुली पारश ढकाल लगायतले आ–आफ्ना रचना बाचन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष ढकालले कार्यक्रममा उपस्थित सबैलाइ अर्को श्रृंखलामा निम्तो दिँदै र उर्वरले सबै जात जाती, धर्म सम्प्रदाय, भाषा भाषी, सबैलाइ उत्तिकै स्वागत गर्ने गरेको कुरा बताउँदै सभा बिसर्जन गर्नुभयो ।

Urbar 19042070

Leave a Reply

Your email address will not be published. Required fields are marked *