सन्ध्यामा ‘राज्य पुनरसंरचनाका आधार र लेखन’ विषयक चर्चा

मितिः २०६८।२।७
रमेश पोखरेल
उपाध्यक्ष – साहित्य–सन्ध्या

साहित्य–सन्ध्याको ३०३ औँ नियमित मासिक कार्यक्रमका रूपमा आज अपराह्न वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गमा ‘राज्य पुनरसंरचनाका आधार र लेखन’ विषयमा विशेष परिचर्चा एवम् कवि गोष्ठी सम्पन्न गरियो । ठीक १ बजे सन्ध्याका सदस्य भागवत आचार्यको सञ्चालनमा सुरु भएको उक्त विशेष गोष्ठीमा पूर्व सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेल प्रमुख अतिथि हुनुहुन्थ्यो भने साहित्य सन्ध्याका सल्लाहकार द्वय वासुदेव अधिकारी र सह प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, नेपाल किसान महासङ्घकी उपाध्यक्ष शान्ता मानवी, वरिष्ठ पत्रकार भैरव रिसाल, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव खगेन्द्र राई अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । गोष्ठीको अध्यक्षता साहित्य सन्ध्याका सल्लाहकार डा.जीवेन्द्र देव गिरीले गर्नु भएको थियो ।

गोष्ठीको प्रारम्भ गर्दै साहित्य सन्ध्याका अध्यक्ष राम विनयले साहित्य सन्ध्याले हरेक महिना कुनै न कुनै समसामयिक विशेष विषयमा परिचर्चा गर्ने गरेको र सोही क्रमको निरन्तरता सहित अहिलेको समसामयिक र जल्दोबल्दो विषय ‘राज्य पुनरसंरचनाका आधार र लेखन’लाई छनोट गरी राज्य पुनरसंरचना गर्दा के के कुरालाई आधार बनाइँनु पर्दछ र साहित्यकारको लेखनीले के कुरालाई लक्षित गर्नु पर्दछ भन्ने छलफल गर्न, निष्कर्षमा पुग्न र लेखनको धार सोझ्याउन यो कार्यक्रमको आयोजना गरिएको भन्ने प्रकाश पार्दै निमन्त्रणा स्वीकार गरेर पाल्नु भएका सबै आदरणीय अतिथिहरूलाई स्वागत गर्नु भयो ।

‘राज्य पुनरसंरचनाका आधार र लेखन’ विषयमा प्रवेश गर्दै प्रमुख अतिथि शंकर पोखरेलले राज्यको पुनरसंरचना गर्दा राज्यको शासनको अधिकार आम जनतासम्म पु¥याउने गरी गर्नु पर्ने, विचार बरालिएका र स्वार्थ केन्द्रित बनेर शासन प्रणालीको हिस्सेदार बन्ने अहिलेको प्रवृत्तिले निष्कर्षमा नपु¥याउने, माओवादीले रसियन मोडेलको सङ्घीयताको कुरा गरेको तर नेपालको सन्दर्भमा उक्त मोडेल बेठीक हुने, विश्वका अनुभवलाई हेरेर, विचार गरेर मिश्रित शैलीको तर पहिचान र सामथ्र्यलाई समान महत्त्व दिइएको पुनरसंरचना हाम्रो सन्दर्भमा सर्वाधिक उपयुक्त हुने, स्वार्थ प्रेरित भावनाले भागबण्डा गरी सङ्घको संरचना तयार पर्ने कुराले असन्तुलन उत्पन्न गराउने हुँदा राजनीतिक दलको गम्भीर छलफल र निष्कर्ष अनुसार तराई र पहाडबिचको सन्तुलन कायम गरी थोरै भन्दा धेरै प्रदेश बनाइयो भने केन्द्रलाई बलियो पार्ने, सङ्घ निर्माण गर्दा सकेसम्म साझा नामाकारण गर्ने, नभए भाषिक, सांस्कृतिक पहिचानका आधारमा गर्ने, तर जातीय आधारमा गरिने विभाजनको भने कुनै पनि हालतमा मापदण्ड हुन नसक्ने, संविधान निर्माणका लागि जनताले दिएको म्यान्डेट नै समाप्त भएको तर राज्य पुनरसंरचनाका विषयमा छेउमै नपुगिएको अवस्था रहेकाले अरु प्रायः सबै विषयमा करिब करिब अन्तिम अवस्थामा पुगिएको भए पनि यो विषय  उपलब्धि शून्य रहेकाले अरु मिलेका विषय पनि गौण भएका र समग्र उपलब्धि शून्य जस्तो देखिएको हुँदा यतातर्फ सबैलाई जोडतोडले घच्घच्याउन साहित्यकारले आफ्ना धारिला कलमको माध्यम रोज्नु पर्दछ र कलमको हतियार शक्तिशाली हतियार पनि हो भन्ने धारणा राख्नु भयो । वरिष्ठ पत्रकार भैरव रिसालले पनि जातीय आधारमा होइन वर्गीय आधारमा राज्यको पुनरसंरचना गरिनु पर्ने धारणा राख्नु भयो र सबै राजनीतिज्ञलाई दोष लगाउनु उपयुक्त त होइन तर परिणाम नआएपछि कसैले मुक्ति पाउँदैन भन्ने धारणा राख्नु भयो ।

गोष्ठीमा अतीन्द्र दाहाल, गोविन्द बराल, नेत्र न्यौपाने, ईश्वर दाहाल, डिल्लीराज अर्याल, रीता खत्री, सुनिल स्पन्दन, चन्द्रप्रसाद न्यौपाने, रमेश समर्थन, डम्बर रसिक ‘भारती’, जय गौडेल, बलराम दाहाल, केशव घिमिरे, आत्माराम शर्मा, ब्रह्मप्रिय प्रेम स्वरुप, वैरागी जेठा, उमा मिश्र, पिताम्बर भण्डारी, रूपक अलङ्कार, परशुराम पराजुली, प्रदीपरत्न शाक्य, मुक्तिनाथ शर्मा न्यौपाने, थोमस बास्तोला, दीपक गौतम, नीतु दाहाल, प्रशान्त खरेल र शान्ता मानव र भागवत आचार्यले आआफना कविता, गीत, गजल, हाइकु वाचन गर्नु भएको थियो ।

गोष्ठीको समापन गर्दै सभाध्यक्ष डा.जीवेन्द्र देव गिरीले आजको कार्यक्रममा देशका तिन ठुला राजनीतिक दलका एक एक जना विज्ञ युवा राजनीतिज्ञलार्य बोलाएर छलफल गराउने योजना अनुसार निम्ता गरी कार्यक्रम तर्जुमा गरिएकोमा अन्तिम समयमा दुई दलका प्रतिनिधिले नभ्याउने समाचार पठाएकाले उद्देश्य मुताविक हुन नसकेको भए पनि फेरि अर्काे पटक यस्तै अर्काे समसामयिक विषयमा विस्तृत छलफल गर्ने र कवि गोष्ठीको आयोजना गर्ने जानकारी दिनु भयो र सन्ध्याले यस्ता विशेष महŒवपूर्ण कार्यक्रमहरू गर्ने गरी वार्षिक क्यालेन्डर नै बनाएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *