रास्ट्रीय गान बाट सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सांसद रबिन्द्र अधिकारीले नेपालको रास्ट्र् र रास्ट्रीयताको बारेमा बिस्तृत ब्याख्या गर्नु भएको थियो । करिब३० जना कविहरुले कविता सुनाएका थिए।राम बिनयको अध्यक्षतामा भएको कार्यक्रमको उद्घोषण सद्स्री जयन्ती स्पन्दनले गर्नु भएको थियो ।दुई जना बाल कविहरुले कविता पाठ बाट सुरु भएको कार्यक्रममा बाचित कविताहरुअको समिक्षात्मक टिप्पणी प्राडा कृष्ण प्रसाद घीमिरेले गर्नु भयो।
कविता पाठ गर्नु हुने कबिहरुमा डा बिजय सुब्बा ,प्रा घनश्याम परिश्रमी ,पुर्ण बिराम,प्रलिसा,प्रजिसा,गोपाल कुमार मैनाली , डम्बर पहाडी ,सानू पहाडी ,रमेश गौतम पाल्पाली,बिष्नु थिङ, नवराज श्रेष्ठ ,गोपाल नेपाल,लिलाराज दाहाल ,के जी खडका, राम बहादुर पहाडी ,बैरागी जेठा,अभ्यस्त यात्री,मुकुन्द नेउपाने,निर्भीक राई,बाबुराम लामिछाने ,सुरज लामा,बलराम बिस्ट,खिमानन्द पोखरेल,असीम सागार,सुन्दर खडका ,जयन्ती स्पन्दन,राम बिनय,चुडा निर्भीक ,लगायत थिए।
रबिन्द्र अधिकारीले आफ्नो धारणा राखे पछि रास्ट्र र रास्टृयताको बारेमा व्यापक अन्तर्कृयात्मक छ्लफल समेत भयो ।अन्तम रबिन्द्र अधिकारी संबंधित बिषयमा स्पष्ट पार्नु भएको थियो ।
साहित्य सन्ध्या नयाँ र पुरानो पुस्तालाई जोड्ने,एक आपसमा सिक्ने प्रगतिशील थलो भएको छ। यस्मा प्रत्येक पटक विभिन्न बिषयमा चर्चा हुने गरेको छ।यस्ले कविता सृजनामा एक कार्य दिशा दिन सकेको छ भने बाचित कविको समिक्षाले कवि सिर्जनामा उर्जा थप्न सहयोग गरेको छ ।