साहित्य सन्ध्यामा जनकवि गोकुल जोशीको सम्झना, देवी नेपालको समालोचना विमोचित

रमेश पोखरेल
मितिः २०६९।२।६

साहित्य सन्ध्याको ३१६ औँ विशेष कार्यक्रम आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘जनकवि गोकुल जोशीको सम्झना गरियो, समालोचक एवम कवि देवी नेपालको समालोचना सङ्ग्रह समय रेखाको विमोचन गरियो र कविगोष्ठी सम्पन्न गरियो । ठिक १.०० बजे सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीको सञ्चालन र सल्लाहकार वासुदेव अधिकारीको अध्यक्षतामा सुरु भएको उक्त विशेष गोष्ठीका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् नेकपा एमालेका नेता प्रदिप नेपाल हुनु हुन्थ्यो भने अतिथिमा जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष डा जीवेन्द्र देव गिरी, प्राज्ञ विष्णु प्रभात, मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिव माधव प्रधान, साझा प्रकाशनका सञ्चालक अनिल पौडेल, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, राम विनय, डा.रामप्रसाद ज्ञवाली, अन्वेषक शीतल गिरी, वरिष्ठ कवि राम बहादुर पहाडी, हास्यव्यङ्ग्यकार डम्बर घिमिरे, नेपाली कम्युनिस्ट आन्दोलनका हस्ती क. पुष्पलालका समकालीन हर्ष स्याङ्बो उपस्थित हुनु हुन्थ्यो ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयले जनकवि गोकुल जोशीको कविता वाचन गरेर प्रारम्भ गरिएको कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले गोकुल जोशीको साहित्यिक योगदानका बारेमा विस्तृत रूपमा चर्चा गर्नु भयो ।

कवि एवम् समालोचक देवी नेपालको समालोचना सङ्ग्रह समय रेखाको विमोचन प्रमुख अतिथि प्रदिप नेपालले गर्नु भयो र आफूले पुरै पढन नपाएको भए पनि प्रखर कविका रूपमा, शास्त्रीय छन्दका सारथिका रूपमा सक्रिय भइ लागेका देवी नेपालले समालोचनाको पहिलो कृति प्रकाशन गर्नु भएको र विमोचनको अवसर दिनु भएकोमा धन्यवाद भन्दै साहित्य सन्ध्या अब नेपाली साहित्यकै त्यसमा पनि प्रगतिवादी साहित्यको ठुलै हिस्सा बनि सकेको, लगातार तिन दशकदेखिको अविच्छिन्नता कायम राखेको संस्था भइ सकेकाले पनि कवि गोकुल जस्ता जनताका पक्षमा कलम चलाउने इतिहास बोकेका स्रष्टाका बारेमा बहस चलाउने सत्कार्य गरेकोमा पनि धन्यवाद दिँदै गोकुल जोशीको व्यक्तित्व तथा कृतित्वलाई प्रभावकारी रूपमा उजागर गर्न प्रकाशनकै माध्यमबाट पहल गर्नु पर्ने हुँदा साहित्य सन्ध्याले त्यो कार्य गरोस् भन्नु भयो । साथै नेपाली साहित्यमा पनि गतिलो उपस्थिति जनाएका मदन भण्डारी यो शताब्दीकै प्रखर र नेतृत्वदायी राजनीतिक योद्दा भएका र उनकै राजनीतिको सेरोफेरोमा मुलुकको राजनीति घुमेको, सबैले उनैको अनुसरण गरेका, मदन भण्डारीले छयालिस सालको आन्दोनका उपलिब्धि अधुरा रहेकाले अर्काे त्राmन्ति हुने र जनताले अधिकार पाउने भविष्यवाणी गरेका हुँदा त्यो चमत्कारिक क्षमताका नेता यो शताब्दीमा पनि मुलुकमा नभएका, अर्काे एक शताब्दीसम्म पनि पैदा नहुने भएकाले उनको त्यो विलक्षणताका बारेमा समेत अध्ध्ययन, अनुसन्धान गरिनु पर्ने धारणा व्यक्त गर्नु भयो ।

विमोचित समालोचना सङ्ग्रहका बारेमा रमेश पोखरेलले टिप्पणी गर्नु हुँदै महाकवि लक्ष्मी प्रसाद देवकोटाका महाकाव्यमा प्रयुक्त ४४ ओटा शास्त्रीय छन्द खुट्याउने, युद्धप्रसाद मिश्र, ऋषिराम न्यौपाने, केवलपुरे किसान, डा. कृष्णहरि बराल लगायतका वरिष्ठदेखि अहिलेका पुस्ताका व्यक्तित्वका कृतिका बारेमा लेखिएका तेर ओटा समालोचनाको सङ्ग्रह प्रकाशित भएको, प्रवाहपूर्ण, सरल तर गठिलो, कसिलो भाषाको प्रयोग, सरलताका माध्यमबाटै गम्भीर भाव सम्प्रेषण गर्ने क्षमताको प्रयोग, अनुसन्धानात्मकता, सफल कवि व्यक्तित्वको प्रतिच्छाया समालोचनामा समेत परेको पाइएकाले विमोचित समालोचना सङ्ग्रह सबैका लागि पठनीय र सङ्ग्रहणनीय रहेको धारणा व्यक्त गर्नु भयो ।

विमोचित कृतिका स्रष्टा देवी नेपालले छोटै समयको तयारीमा वैरागी जेठाले प्रकाशन गरि दिने भन्नु भएकाले कृतिको रूप दिइएको, पूर्व प्रकाशित समालोचनालाई परिमार्जन गरिएको भन्ने जानकारी सहित कृति प्रकाशित गरि दिने प्रकाशक र परिचर्चाको वातावरण तयार पार्ने आफ्नै घर साहित्य सन्ध्या अनि चर्चाकार तथा उपस्थित भएर सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भयो ।

गोष्ठीमा नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा एवम् हस्ती क.पुष्पलालका समकालीन ८५ बर्से कवि हर्ष स्याङ्बो, देवी नेपाल, अनिल पौडेल, बालकवि उज्ज्वल नेपाल, गोपाल नेपाल, रमेश गौतम ‘पाल्पाली’, असीम सागर, राम विनय, गोपालकुमार मैनाली, सीताराम नेपाल, रामबहादुर पहाडी, पीताम्बर भण्डारी, बलराम राई, बैरागी जेठा, डम्बर पहाडी, रूपक अलङ्कार, पुण्य गौतम ‘विश्वास’, मोहिनी मन, नारायण निराशी, डम्बर घिमिरे, जयन्ता पोखरेल, कृष्णदेव रिमाल, देवकी के.सी., मीना ज्ञवालीले आआफ्ना कविता, गीत, गजल तथा तान्का वाचन गर्नु भएको थियो ।

वाचित कवितामाथि समीक्षक एवम् कवि भागवत आचार्यले टिप्पणी गर्नु हुँदै गोष्ठीमा पुराना र नयाँ पुस्ताको जमघट (आठ बर्से देखि ८५ बर्से कवि) साहित्य सन्ध्याले गराएको र सिक्ने सिकाउँने कार्यशालाका रूपमा लामो समयदेखि साहित्य सन्ध्याले सबैलाई मञ्च प्रदान गरि रहेको; पुराना स्रष्टाका उत्कृष्ट कवितादेखि नयाँ स्रष्टाका सिकारु कविता वाचन गरिएका, साहित्य सन्ध्याले आयोजना गरेको यस गोष्ठीको अभिप्राय भनेकै हरेक कविका कवितामा परिवर्तनको आकाङ्क्षा होस् अर्थात् यथास्थितिमा रूपान्तरणको भावना अभिव्यक्त होस् भन्ने हो र यही नै प्रगतिशीलता हो । वाचित सबै कविताहरू समग्रमा चाहिँ राम्रा रहेका तर केही कवितामा कतै रूप सुन्दर तर अन्तरवस्तु कमजोर भने कुनैमा अन्तरवस्तु राम्रो तर रूप पक्ष कमजोर रहेको पनि पाइएको छ । कुनै कविता वाचन गर्दा कविले व्याख्या गर्ने गरेको पाइएको तर त्यो राम्रो नभएको, वास्तबमा कविताले यथास्थितिको चरम उदात्तीकरण गर्नु पर्दछ, समयको विसङ्गतिलाई सशक्त ढङ्गले उजागर गर्नु पर्दछ र त्यो कविताले नै बोल्नु पर्दछ, अधिकांश कवितामा उजागर भएकै पनि छ । स्पष्ट वैचारिकताका साथ सोद्देश्यमूलक सिर्जनाका पक्षमा स्रष्टाले ध्यानु पु¥याउनु पर्दछ भन्ने धारणा राख्नु भयो ।

उपस्थित सबै स्रष्टालाई धन्यवाद दिँदै साहित्य सन्ध्याको उद्देश्य तथा अभियानका बारेमा समेत जानकारी दिई स्रष्टाहरूको निरन्तर सहभागिता तथा रचनामा निखारको अपेक्षा सहित अध्यक्ष वासुदेव अधिकारीले गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *