साहित्य सन्ध्यामा बाल साहित्यको चर्चा

रमेश पोखरेल, उपाध्यक्ष, साहित्य सन्ध्या
काठमाडौँ, २०७० माघ ४

साहित्य सन्ध्याको ३३४ औँ कार्यक्रम माघ ४ गते शनिवार अपराह्न १ बजे ‘आर.आर क्याम्पस, प्रदर्शनी मार्ग’मा  सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त ‘बाल साहित्यका बारेमा चर्चा तथा बाल कविगोष्ठी’को समुद्घाटन बाल कविद्वय प्रलिसा अधिकारी र प्रजिसा सत्यालले राष्ट्रिय गीत गाएर गरेका थिए । वरिष्ठ आख्यानकार तथा बाल साहित्यकार विनय कसजूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अतिथिको रूपमा नेपाल बाल साहित्य समाजका अध्यक्ष भिक्टर प्रधान, प्राज्ञ रामकृष्ण दुवाल, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका सल्लाहकार रामप्रसाद प्रदीप, जन साहित्यिक मञ्च नेपालकी केन्द्रीय सदस्य डा.विन्दु शर्मा, एम्बिसन एकेडेमीका सञ्चालक एवम् साहित्यकार देवी घिमिरे, छायादत्त न्यौपाने र मुक्तिनाथ शर्मा न्यौपाने उपस्थित हुनु हुन्थ्यो । 

image

image

प्रमुख अतिथि विनय कसजू र बाल साहित्य समाजका अध्यक्ष भिक्टर प्रधानले संयुक्त रूपमा बाल साहित्यकार मुक्तिनाथ शर्मा न्यौपानेद्वारा लिखित बाल कथा सङ्ग्रह ‘आविष्कार’को लोकार्पण गर्नु भयो भने उक्त कृतिमाथि समीक्षक छायादत्त न्यौपानेले सङ्क्षिप्त टिप्पणी गर्दै मुक्तिनाथ शर्माले हालसम्म प्रकाशित गर्नु भएका ३१ ओटा कृति मध्ये १४ ओटा बाल साहित्यसँग सम्बन्धित विभिन्न विधाका रहेका र बाँकी १& ओटा नेपाली साहित्य र प्रशासनसँग सम्बन्धित कृति रहेका; धर्म, संस्कृतिलाई पनि समय अनुकूल रूपान्तरण गर्नु पर्ने वैज्ञानिक विचार राख्ने गरेको पाइएको, &४ वर्षको उमेरमा पनि साहित्यका क्षेत्रमा सक्रिय जीवन निर्वाह गरि रहनु भएको, लोकार्पित कथा सङ्ग्रह बाल बालिकाका लागि निकै प्रेरणादायी रहेको धारणा राख्नु भयो ।
image

image

नेपाल बाल साहित्य समाजका अध्यक्ष भिक्टर प्रधानले बाल साहित्यलाई एकै पटक अथ्र्याउन सकिँदैन, यो ज्यादै व्पापक हुन्छ । नेपालमा बाल साहित्यको विकास अपेक्षाकृत नहुनुमा चाहिँ सिर्जना गरिएका बाल साहित्य बालकका तहमा पुग्न नसक्नु, बाल साहित्यलाई व्यवहारपरक बनाउन नसक्नु नै हो । यसका साथै बाल साहित्य सम्प्रेषणीय, उदाहरणीय र अनुकरणीय हुनु पर्दछ र त्यसले बाल बालिकामा सकारात्मक प्रभाव पार्न सक्नु पर्दछ अनि बाल साहित्यका स्रष्टाले पनि यी कुरामा ध्यान दिनु पर्दछ भन्ने धारणा राख्नु भयो ।
image

image

प्रमुख अतिथि विनय कसजूले राष्ट्र बनाउने हो भने बाल बालिकामा ध्यान दिनु पर्दछ । बाल साहित्यको सिर्जनामा स्रष्टाको विशेषज्ञता आवश्यक छ । बाल मनोविज्ञान, देशको सामाजिक, राजनीतिक अवस्था आदि सबै पक्षलाई ध्यान दिएर बाल साहित्यको सृजना गरिनु पर्दछ । बाल बालिकाको दिमाग स्पन्ज जस्तो हुन्छ त्यसैले उनीहरूको सर्वाङ्गीण विकासलाई ध्यान दिएर बाल साहित्य सिर्जना हुनु पर्दछ । सबै भाषा, धर्म, संस्कृतिको सम्मान गर्ने संस्कार बालकैदेखि सिकाउनु पर्दछ र त्यस्तै खालका बाल साहित्यको रचना गरिनु पर्दछ । संसारको जुनसुकै भागमा जन्मेको भए पनि बालकको भविष्यका बारेमा चिन्ता गरिनु पर्दछ र अन्य विकसित देशले गर्ने गरेको पनि पाइन्छ । अहिले सञ्चार माध्यमको नकारात्मक प्रस्तुतिका कारण बालकले खराब कुरा सिक्ने गर्दछन् । यो बाबुआमा तथा समाजकै लागि चुनौतीको विषय बनेको छ । संसारमा बाल साहित्यको इतिहास १०० वर्षभन्दा पुरानो रहेको छ तर हामीकहाँ हेर्ने हो भने किशोरावस्थामा छ र आज बजारमा पाइँने बाल साहित्य नब्बे प्रतिशत विदेशी नै पाइन्छन् । अहिलेका बाल बालिकामा नपढ्ने बानीको विकास भएको छ त्यसैले यसमा सुधार ल्याउनका लागि पनि कम्पुटरको अधिक प्रयोगका माध्यमबाट बाल साहित्यलाई उपदेश र शिक्षामा मात्र सीमित नगरी मनोरञ्जनात्मक पाराले त्यस्तै सन्देश दिने खालका साहित्य सिर्जना गर्न सकिए बाल बालिकामा पढ्ने बानीको विकास गराउन सकिने हुन्छ । त्यसै गरी अहिलेका बाल बालिकाको रुचि बढाउनका लागि अभिभावकलाई पनि शिक्षा दिनु पर्ने अवस्था छ भन्ने धारणा राख्नु भयो ।
image

image

गोष्ठीमा बालकविहरू प्रलिसा अधिकारी, प्रजिसा सत्याल, आशिष घिमिरे, निहारिका दाहाल, विज्ञता कार्की, शशिका विष्ट, भिजन गुरागाईँ, संहिता सिलवाल, प्राञ्जल आचार्य र सम्पन्न सिलवालले आआफ्ना कविता, गीत वाचन÷गायन गरेका थिए । त्यसै गरी बाल बालिकाका लागि लेखिएका कविता, गीत, गजल लेख्ने स्रष्टाहरूमा सरस्वती चिमौरिया, कणाद महर्षि, कलाधर काफ्ले, राजेन्द्र तारकिणी, जयन्ती स्पन्दन, रामकृष्ण दुवाल, रामप्रसाद प्रदीप, मुक्तिनाथ शर्मा न्यौपाने हुनु हुन्थ्यो । अन्य कविता, गीत तथा गजल बाचन गर्नेहरूमा देवविक्रम राई, इन्दु अंशु, प्रशान्त खरेल, नवराज श्रेष्ठ, दिलु पन्त, प्रेम सिलवाल, गोपाल मैनाली, प्रदीपरत्न शाक्य, पुण्य गौतम ‘विश्वास’, नारायण निराशी, जी.बी.आचार्य, नवीन चिराग, गणेश अणुँ, सुभद्रा भण्डारी र अमृता स्मृति हुनु हुन्थ्यो ।   
image

image

समारोहका अध्यक्ष राम विनयले साहित्य सन्ध्या नियमित मासिक कार्यक्रम हो । यसले हरेक महिना एउटा कुनै न कुनै विशेष विषयमा छलफल तथा बहस गराउने गरेको छ र अर्काे महिनामा पनि कुनै विशेष विषयमा छलफल बहस सहित कविता गोष्ठीको आयोजना गरिने जानकारी सहित जाडोको दिनमा समेत उपस्थित भइ दिने प्रमुख अतिथि, अतिथिहरू तथा सहभागी सबैलाई हार्दिक धन्यवाद दिँदै गोष्ठीको समापन गर्नु भयाे ।
image

Leave a Reply

Your email address will not be published. Required fields are marked *