साहित्य सन्ध्यामा ‘मानव स्वास्थ्य र जीवनशैली’ विषयमा विशद चर्चासहित विशेष कविगोष्ठी’ सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४४० औँ विशेष शृङ्खला जेठ ६ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.कयामपस प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरी ‘मानव स्वास्थ्य र जीवनशैली’ विषयमा विशद चर्चासहित विशेष कविगोष्ठी’ गरी सम्पन्न भयो ।


सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा डा.हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी, मधेसी आयोगकी सदस्य माननीय आभा सेतु सिंह, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, युद्धप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, प्राज्ञ विष्णु प्रभात, डा.गोविन्दप्रसाद आचार्य, वरिष्ठ कविहरू डम्बर पहाडी ‘एलाक’ र खेमराज निरौला, वरिष्ठ गजलकार रामबहादुर पहाडी, नियात्राकार पोषरमण चापागाईँ, वरिष्ठ स्रष्टा बेनीबहादुर थापा, नन्दु उप्रेती उपस्थित हुनुहुन्थ्यो ।


समारोहमा ‘मानव स्वास्थ्य र जीवनशैली’ विषयमा डा.हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ले विशद चर्चा गर्नुहुँदै हामीले मूल्यहीन ठानेको कुरा भनेको शरीर हो र हामीले थाहा पाउननसकेको कुरा पनि शरीर, मन र चेतना हो । चढ्ने मोटरसाइकलमा हाल्ने पेट्रोलमा शुद्धता खोजिन्छ तर खानेकुरामा शुद्धता खोजिन्न ! अहिले हामीले बाँचेको समय रोग, शोक र पीडाको समय हो तर हामीलाई बाँचुन्जेल सहाराविना बाँच्ने स्वास्थ्य आवश्यक हुन्छ । आजको समय भनेको मानवको मात्र होइन समग्र जैविक विविधता रक्षाको चिन्ता गर्ने समय हो । हामी चाहिँ आफ्नै जीवनको चिन्ता आफैँले नगर्ने समस्या भोगिरहेका छौँ । रोगहरू सर्ने र नसर्ने प्रकारका हुन्छन् । सर्ने रोगका सम्बन्धमा सबै सचेत हुन्छन् तर खासमा नसर्ने रोगले अहिले संसारमा झन् ठुलो महामारी ल्याइरहेका छन् । हृदयाघात, क्यान्सर, मधुमेह, बाथ, दम आदि नसर्ने रोगको प्रकोप भयावह देखिन्छ । तिस वर्षभन्दा कम उमेरका व्यक्तिमा नै हृदयाघात हुने दर तीब्ररूपमा बढेको छ । बिहान ३ देखि ८ बजेको समयमा हृदयाघात बढी हुने गरेको पाइन्छ ।


हम्रो जीवनशैलीमा आएको परिवर्तनले गर्दा औषधिको बलमा कुनै पनि रोगबाट मुक्त हुनसकिँदैन । उल्टो औषधिको मात्रा बढ्दै जान्छ र औषधिका पाश्र्वप्रभाव पनि देखिन्छन् । पचास वर्षअघिसम्म हाम्रो जीवनप्रणाली कृषिमुखी थियो, जैविक खेती प्रणाली थियो तर त्यो विस्तारै रासायनिक खेतीप्रणालीमा रूपान्तरित भयो । त्यस सँगसँगै रोग भित्रिनथाले । कीटनाशक औषधि, हर्मन आदिको प्रयोग थालियो । अहिले त्यही हर्मनका कारणले मानवजीवन खतरामा परिरहेको छ । समय समाप्त हुनलागेका पाश्चात्य प्रविधिलाई हाम्रो देशमा भित्र्याउने र मानवजीवनसँग खेलबाड गर्ने प्रवृत्ति बढेको छ !


मानवस्वास्थ्यमा भोजन, व्यायाम र तनाबको व्यवस्थापन हुनुपर्छ । अमेरिकी विख्यात मुटुरोग विशेषज्ञ डा.अर्निसले मानव मुटुमा बाइपास सर्जरी गर्ने प्रविधिलाई नै बाइपास गर्न नुन र चिल्लो नभएको शाकाहारी भोजन, तनाब व्यवस्थापन, योगा गर्ने, चुरोटरक्सी नखाने र परहित सोच्ने काम गर्नुपर्छ भनेका छन् । मोटोपन समस्याको जड हो । होटल र त्यहाँ खाइँने खानेकुरा, प्याकिङ गरिएका खानेकुरा हाम्रो स्वास्थ्यका लागि खराब हुन्छन् । होटलको खानेकुरा निम्नकोटिको हुन्छ । मानवस्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिएको अजिनोमोटो थाइल्यान्ड र नेपालमा खुल्लमखुल्ला प्रयोग हुन्छ । विगतमा ज्वानोदेखि केशरसम्म एक सय थरीका मसला हाम्रो भान्सामा प्रयोग गरिन्थे तर अहिले कृत्रिम मसलाको प्रयोग गर्ने चलन छ । मसलाको गुण उडनशील तेलमा हुन्छ र यो औषधीय हुन्छ तर पिसेको मसलामा उडनशील तेल उडेर गइसक्छ । नेपालको भान्सासंस्कृति व्यापक छ तर अहिले हाम्रो भान्सामा बढी सेता विषहरू जस्तै चिनी, नुन, सेतो चामल, मैदा, अजिनोमोटो प्रयोग हुने गर्छन् जुन हानिकारक छन् । हाम्रो शरीरलाई दैनिक साढे दुईदेखि तीन ग्राम नुन भए पुग्छ । नुनयुक्त परिकार घटाउनु नै उच्चरक्तचाप हुने सम्भावना घटाउनु हो । मैदामा ग्लुटिन भन्ने तत्त्व हुन्छ र यो आन्द्रामा टाँसिन्छ । रातो चामल स्वास्थ्यबर्धक हुन्छ । वनस्पति घिउ अखाध्य हो, यो हानिकारक हुन्छ । हाम्रो शरीरको तापक्रम ३७ डिग्री हुन्छ तर वनस्पति घिउ ४८ डिग्री तापक्रममा मात्र पग्लिन्छ, त्यसैले यो मानवस्वास्थ्यका लागि मानिएको हो । हाम्रो भूगोलमा पैदा भएका वस्तु हाम्रालागि उपयुक्त छन् । शुद्ध पाइए तोरीको तेल सबैभन्दा राम्रो हुन्छ । एकपटक तताएको चिल्लोको पुनः प्रयोग गरिनुहुन्न ।


ँबकत ाययम ाबकत मबभतज भनिन्छ । पहिले दहीचिउरा, मकैभटमास हाम्रा छिटा तयारी खाजा थिए । ओट्स् स्वास्थ्यकर छ तर कर्नफ्लेक्स स्वास्थ्यकर मानिन्न । चाउ चाउमा मैदा र अजिनोमोटो हुने भएकाले अत्यन्त हानिकारक छ । बिस्कुटभन्दा ब्राउन पाउरोटी उपयुक्त हुन्छ । उद्योगमा उत्पादन गरिएका खानेकुरा सकेसम्म घरमा नल्याउने, महङ्गो मूल्य तिरेर बजारिया खानेकुरा नखाने बानीको विकास अत्यावश्यक छ ।


व्यायाम श्रम होइन । विषमताका बिचमा समता ल्याउनु व्यायाम हो । योगासन उचित छ । शिव, जनक र बुद्धसभ्यता नेपालबाट विकसित भएका हुन् । कुनै रोग नभए रोग नलाग्नका लागि योग आवश्यक हुन्छ । तनाब पनि थोरै चाहिँ हितकर हुन्छ । हामीले प्रतिस्पर्धा, महत्वाकाङ्क्षा र अहङ्कार सिकेका छौँ । यही जित्ने मोहले तनाब पैदा हुन्छ । हाम्रो वर्तमानलाई या त भूतले लखेटिरहेको हुन्छ या त भविष्यले तानिरहेको हुन्छ । व्यापारको जीवनले सधेँ तनाब ल्याउँछ । आफ्नो पेसाका प्रति गर्वधोध नभएपछि पनि तनाब पैदा हुन्छ । हाम्रा सानातिना गतिविधिले हाम्रो मानसिक अवस्थालाई प्रतिविम्बित गर्दछन् । दश वर्षमुनिको बच्चालाई त्यही उमेरदेखि सकारात्मक र तनाबरहित कुरा सिकाउनुपर्छ, अरूबाट आशा गर्ने र विनिमय गर्ने काम बन्द गर्नुपर्छ । त्यसो भए मात्रै तनाबबाट मुक्त हुनसकिन्छ । आपूmलाई चिन्ने र अरूलाई खुसी पार्ने काम गरियो भने तनाबबाट मुक्त हुनसकिनछ ।


गोष्ठीमा भावना न्यौपाने, मुकुन्द न्यौपाने, डम्बर पहाडी, खेमराज निरौला, डा.फणीन्द्रराज निरौला, डा.गोविन्दप्रसाद आचार्य र विधान आचार्यले आआफ्ना कविता, गीत, मुक्तक, एलाक, लघुकथा वाचन गर्नुभएको थियो ।


मानव स्वास्थ्य र जीवनशैलीमा नै विशद चर्चा भएका कारण आज वाचित रचनामाथि टिप्पणी गर्ने समय पुगेन । गोष्ठीका अध्यक्ष राम विनयले आजको यो विशेष समारोहमा गुणस्तरीय उपस्थिति रहेको छ । प्रमुख अतथिले अत्यन्त विशदरूपमा र अत्यन्त मसिनो गरी मानव स्वास्थ्य र जीवनशैलीका बारेमा चर्चा गरिदिनुभएको छ जुन ज्यादै नै लाभदायक अनुभूत गरिएको छ । आफ्नो समयको व्यवस्थापन गरी हाम्रो निम्तालाई स्वीकार गरेर उपस्थित भइदिने सबै सबैप्रति हामी आभार व्यक्त गर्दछौँ । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । हामी मासिक शृङ्खलाका माध्यमबाट हरेक महिना भेटिन्छौँ नै । साहित्य सन्ध्या सदैव आफ्नो उद्देश्यप्राप्तिमा समर्पित भइ नै रहन्छ । साहित्य सन्ध्याका समारोहमा यसैगरी निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि अर्काे महिनाको पहिलो शनिबार भौतिक उपस्थितिका लागि अनुरोध गर्ने नै छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *