साहित्य सन्ध्यामा ‘युवा पलायन समस्या र सम्भावना’ चर्चा तथा कवि गोष्ठी सम्पन्न

साहित्य सन्ध्याको ३५० औँ कार्यक्रम असार ५ गते शनिवार अपराह्न १ बजे ‘आर.आर.क्याम्पस’ प्रदर्शनी मार्गमा ‘युवा पलायन समस्या र सम्भावना’ परिचर्चा एवम् कविगोष्ठी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय योजना आयोगका पूर्व माननीय सदस्य प्रा.डा.भीमप्रसाद न्यौपाने उपस्थित हुनु हुन्थ्यो भने अतिथिहरूमा प्रा.डा.प्रभा हमाल, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ एवम् वरिष्ठ कवि पूर्ण विराम, वरिष्ठ साहित्यकारहरू रामप्रसाद प्रदीप, रामबहादुर पहाडी, उमेश उपाध्याय, जन गायक रामकृष्ण दुवाल, अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरे, कवि सरस्वती चिमौरिया, जन साहित्यिक मञ्च, नेपालका महासचिव विनोद मञ्जन उपस्थित हुनु हुन्थ्यो ।

image

गोष्ठीको प्रारम्भमै रमेश पोखरेलले विनाशकारी एवम् त्रासदी पूर्ण भूकम्पका कारण सिङ्गो देश तहसनहस भएको, करिब दश हजारको ज्यान गएको, बिस हजारभन्न्दा बढी मानिस घाइते भएका, पाँच लाख घर संरचना ध्वस्त भएकाले यो विपत्ति पूर्ण एवम् त्रासदी पूर्ण अवस्थामा पनि विगतदेखि युवा पलायन भइ रहेको हाम्रो समस्या नरोकिएको, यतिखेर मुलुकलाई निर्माणका लागि युवा आवश्यक भएको भए पनि सिङ्गा गाउँहरू युवा विहीन भइ रहेका हुँदा यो समस्या भविष्यमा झन् विकराल हुने ठानेर आजको यस विशेष कार्यक्रममा ‘युवा पलायन समस्या र सम्भावना’ विषयमा विज्ञद्वारा चर्चा गर्ने प्रयत्न गरिएको र यस प्रयोजनका लागि राष्ट्रिय योजना आयोगमा विज्ञका रूपमा कार्य गरि सक्नु भएका प्रा.डा.भीमप्रसाद न्यौपानेलाई निमन्त्रणा गरिएकोमा हाम्रो निमन्त्रणा स्विकारेर आइ दिनु भएको छ; त्यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकार गरी आइ दिनु हुने सबै सबैमा हार्दिक आभार व्यक्त गर्नु भयो र हामी स्रष्टाले सोही अनुसारका चेतना सम्प्रेषण गर्ने सिर्जना गर्नु पर्ने अवस्था रहेकाले सबैको ध्यान आकृष्ट गर्दै कार्यक्रमको थालनी गर्नु भयो।
image

अर्थविद् प्रा.डा.भीमप्रसाद न्यौपानेले ‘युवा पलायन समस्या र सम्भावना’ विषयमा बहसको थालनी गर्नु हुँदै द्वन्द्व, महामारी, भोकमरी, ‘कुनै मुलुकबाट जा जा अनि कुनै मुलुकबाट आइज आइज’ (एगकज बलम एगिि ाबअतयच), ज्यालादरमा हुने भिन्नता अनि मानव जीवन उच्च पार्ने चाहनाका कारणले युवा पलायन हुने; युवा पलायन हाम्रो देशबाट मात्र होइन संसारमा हुने गरेको, आफ्नो आयले समृद्ध जीवन जहाँ व्यतित गर्न पाइन्छ त्यहाँ बसाइँ सर्ने जस्तै स्टिजरल्यान्डबाट अस्ट्रियामा सर्ने, पहिला पहिला नेपालबाट तिब्बतमा जाने प्रवृत्ति थियो भने चीनमा तिब्बत गाभिएपछि रोकियो र दक्षिणतिर जाने प्रवृत्ति सुरु भयो, पाकिस्तानको लाहोरमा जाने भएकाले लाहुरे हुने, गोरखा भर्तीका रूपमा जाने जस्तो संस्थागत आप्रवासन पनि सुरु भयो र हुँदा हुँदा यो दक्षिणको बर्मासम्म पनि पुग्यो । हाम्रो देशको अर्थतन्त्रको मुरुदण्ड भनेकै कृषि हो जब कृषि व्यवसायले गुजारा हुँदैन अर्थात् कृषिक्षेत्रले मान्छेको जीविका चल्दैन तब यस क्षेत्रमा रहेको लुप्त बेरोजगारी अन्यत्र जान बाध्य हुन्छ । हाम्रो देशको बजेटको कुल १०–१२% रकम कृषिक्षेत्रमा खर्च हुन्छ तर यो क्षेत्रमा वैज्ञानिक खेती प्रणालीको विकास हुन सकि रहेको छैन, यस क्षेत्रले रोजगारी वृद्धि गर्न सकि रहेको छैन, युवा आकर्षण गर्न सकि रहेको छैन, सरकारी नीति निर्माताले यस विषयमा गम्भीरता देखाएका छैनन् त्यसैले युवा पलायन हुन बाध्य छन् र हाल ५० देखि ७० लाख युवा वैदेशिक रोजगारीमा रहेको तथ्याङ्क पाइन्छ । वैज्ञानिक प्रविधि भित्र्याएर र युवा रोक्ने नीति तथा कार्यक्रम ल्याएर मात्र यसको समाधान खोजिनु पर्नेमा त्यसतर्फ राज्यको ध्यान केन्द्रित हुन नसकेको अवस्था छ । हुन त संसारका सबै मुलुकमा युवा पलायनको समस्या छ र सिप सिक्ने, प्रविधि भित्र्याउने र आफ्नै देशमा केही न केही उन्नतिका काम गर्ने उद्देश्यले युवा बाहिरिनु चाहिँ राम्रो कुरा हो, योजना बनाएर जानु वा पठाउनु पर्छ तापनि हामीकहाँ त्यसो हुन सकि रहेको छैन । विनाशकारी भूकम्पका कारण मुलुकले यतिखेर युवा खोजेको छ, बलियो नीति र कार्यक्रम खोजेको छ, नव निर्माणका लागि युवा आवश्यक रहेको पनि छ तर फेरि पनि युवा बाध्यतावश बाहिरिने क्रम अद्यापि जारी नै छ । मुलुकको बजेटको सबैभन्दा ठुलो हिस्सा शिक्षामा अनि स्वास्थ्य क्षेत्रमा खर्च हुन्छ तर शिक्षामा भएको लगानी बालुवामा पानी भइ रहेको छ, ९९ अरब लगानी गरेको शिक्षा क्षेत्रमा एसएलसीमा ४७% विद्यार्थी मात्र उत्तीर्ण भएका छन्, बेरोजगारी झन् विकराल भइ रहेको छ अनि बिदिसिनु बाहेको विकल्प के हुन्छ त ? त्यसमा पनि महिला बिदिसिनु चाहिँ सुरक्षाका दृष्टिले पनि अत्यन्त खतरनाक छ । देशमा उद्योग धन्दा, कलकारखाना घट्दै जाने र युवा पलायन बढ्दै जाने अवस्था देखिएको छ, विदेश गएका युवाका परिवारले गाउँ छाडेर सहर केन्द्रित हुने अवस्था बढेको छ जसका कारण उनीहरूले पठाएको रेमिटान्सले सहरमा कारोवार बढ्ने, उनीहरूको जीवन स्तर बढेको देखिने उता गाउँमा सरकारी बजेट केही न केही पुगेर बाटाघाटा बनेका, धेरै सन्तान जन्माउने प्रवृत्तिमा सुधार आएको, बालमृत्युदर घटेको आदि सबै कारणले समग्रमा गरिबी पनि १०% ले घटेको देखिएको छ; विदेशबाट फर्केको युवा पनि गाउँमा नगएर सहरमै बसोवास गर्न थाल्ने प्रवृत्ति देखिएको छ । अहिले युवा पलायनका विषयमा दुइटा भनाइ रहेका छन् – पहिलो, युवा संसारभर जानु पर्छ यो राम्रो पक्ष हो । दोस्रो – स्वाधीन राष्ट्रिय अर्थतन्त्र बनाउने हो भने पलायन राम्रो कुरा होइन । वास्तवमा स्वरोजगारका कार्यक्रम ल्याउने, महिला सुरक्षा र स्वरोजगारका कार्यक्रम ल्याउने, स्पष्ट नीति कार्यक्रम बनाएर नियन्त्रित ढङ्गले राज्य राज्यका बिचमा सम्झौता नै गरेर प्रविधि र सिप विकास गरी स्वदेशमा भित्र्याउने समेत प्रयोजनका लागि युवा बाहिर पठाउने व्यवस्था गरिनु उचित हुन्छ । युवा पलायन पूर्ण रूपमा नियन्त्रण गर्न सकिदैन, सम्भव छैन भन्ने धारणा राख्नु भयोimage

गोष्ठीमा कविहरू प्रेमराज सिलवाल, जी.बी आचार्य, मोहनमणि पोखरेल, पूर्ण विराम, अतीन्द्र दाहाल, नर्मदेश्वरी सत्याल, प्रेम ओली, टीका ढुङ्गाना, रामबहादुर पहाडी, रामप्रसाद प्रदीप, गोपाल नेपाल, ओमप्रसाद कोइराला, मुकुन्दप्रसाद न्यौपाने, डम्बर पहाडी, रमेश गौतम पाल्पाली, स्मिता, गोपाल मैनाली, लीलाराज दाहाल, नारायण निराशी, डम्बरध्वज लिम्बू, इन्द्रजित शर्मा चौलागाईँ, कल्पना काफ्ले, केशव निश्चल काफ्ले, अभ्यस्त यात्री, निशान निष्कर्ष, ऋचा, देवकी के.सी., नानीमैया अधिकारी, रामचन्द्र खतिवडा, उमेश उपाध्याय, सरस्वती चिमौरिया, उर्मिला पन्त पाण्डेय, यदुनाथ वसन्तपुरे, इन्दु अंशु, रामकृष्ण दुवाल, सुदेश सत्याल, गोविन्दप्रसाद आचार्य र थरेन्द्र बरालले आआफ्ना कविता, गीत, गजल, कथा प्रस्तुत गर्नु image

भयो ।

वाचित कवितामा टिप्पणी गर्नु हुँदै जन साहित्यिक मञ्च, नेपालका महासचिव एवम् समालोचक विनोद मञ्जनले हरेक कुराको नियम हुन्छ र कविताको पनि हुन्छ, शब्दलाई विशेष रूपमा संयोजन गर्नु कवित्व हो, शब्दको गरिाइमा जानु पनि कवित्व हो, कसैले कवितामा नारा हुनु हुन्न भन्छन् तर नारा पनि आपैmँमा विशिष्ट हुन्छ, विशेष अर्थयुक्त हुन्छ, कवितामा प्रकृतिको मानवीकरण गर्ने, विचार सम्प्रेषण गर्ने कार्यलाई कविले जति सुन्दर पार्यो त्यति नै कविता पनि सुुन्दर हुन्छ र उत्कृष्ट कविताले कविको व्यक्तित्व पनि उठाइ दिन्छ । वास्तवमा कविता लेख्न सजिलो पनि छ र गारो पनि छ । कविले कहाँ, कसरी र कुन विषयमा लेख्ने भनेर सोच्नु पर्छ र लेखेपछि आफ्नो सिर्जनालाई विवरणात्मक होइन विम्बात्मक र विशिष्ट पार्न सक्नु पर्छ भन्नु हुँदै वाचित सबै कविताका बारेमा सुझाब समेत दिimage

नु भयो ।

गोष्ठीको समापन गर्दै अध्यक्ष राम विनयले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको सशक्त अभियान चलाइ रहेको संस्था भएकाले यसले समग्र प्रगतिशील साहित्यको अध्ययन र उत्थानको पाटोलाई कुनै न कुनै कोणबाट विश्लेषण गर्ने कार्य गर्दछ । आज हाम्रो देशले भोग्नु परेको ‘युवा पलायनको समस्या’लाई व्यवस्थित गर्न सके देशको नव निर्माणमा योगदान हुन सक्थ्यो भन्ने ठानी यो विशेष गोष्ठीको आयोजना गरिएकोले यस कार्यक्रममा उपस्थित भई अर्थविद् प्रा.डा.भीमप्रसाद न्यौपानेले विस्तृत रूपमा युवा पलायनको समस्या र सम्भावनाका बारेमा प्रकाश पारि दिनु भयो र यो गोष्ठीमा उपस्थित भएर स्रष्टाले आफ्ना उत्कृष्ट रचना वाचन गरि दिनु भयो, विनोद मञ्जनले टिप्पणी गरि दिनु भयो सबै सबैलाई हार्दिक धन्यवाद छ भन्दै गोष्ठीको समापन गर्नु भयो ।
image

Leave a Reply

Your email address will not be published. Required fields are marked *