मितिः २०६९।१।२
रमेश पोखरेल, काठमाण्डु
साहित्य सन्ध्याको ३१५ औँ विशेष कार्यक्रम आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘नव वर्ष शुभ कामना कवि गोष्ठी’ गरी सम्पन्न गरियो। ठिक १.०० बजे सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालन र अध्यक्ष राम विनयको अध्यक्षतामा सुरु भएको उक्त विशेष गोष्ठीमा नेपाली कम्युनिस्ट आन्दोलनका हस्ती क. पुष्पलालका समकालीन हर्क स्याङ्बो, जनमत साहित्यिक मासिकका अध्यक्ष मोहन दुवाल, सामाजिक रूपान्तरण अभियानकी अभियन्ता एवम् साहित्यकार शान्ता मानवी, वरिष्ठ कवि पूर्ण विराम, वरिष्ठ कवि कणाद महर्षि, समीक्षक एवम कवि डमरु पौडेल अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो।
शुभ कामना विशेष कविगोष्ठी भएकाले नेपाली कम्युनिस्ट आनदोलनका अगुवा एवम् हस्ती क.पुष्पलालका समकालीन ८५ बर्से कवि हर्क स्याङ्बो, देवी नेपाल, मुक्तिनाथ शर्मा, गोपाल नेपाल, पूर्ण विराम, रमेश पोखरेल, रमेश गौतम ‘पाल्पाली’, इन्द्रजित शर्मा चौलागाईँ, असीम सागर, डा. जे.एन.पा48डे, डिल्लीराज अर्याल, राम विनय, अतृप्त पा48डे, गोपालकुमार मैनाली, सीताराम नेपाल, कणाद महर्षि, रामबहादुर पहाडी, प्रेमराज सिलवाल, भारद्वाज मित्र, जी.बी.आचार्य, प्रशान्त खरेल, रामप्रसाद प्रसाईँ, रसुवाली कवि, रामचन्द्र गिरी, नवराज श्रेष्ठ, कृष्णजित खड्का, ब्रह्मप्रिय प्रेमस्वरुप, डा.बमबहादुर थापा जिताली, पीताम्बर भ48डारी, सोझो गाउँले, बलराम राई, बैरागी जेठा, अल्फाली साँझ, डम्बर पहाडी, रूपक अलङ्कार, पारस ढकाल, पु48य गौतम ‘विश्वास’, सरोज दिलु, जी.के.एन.खडेरी, राजेन्द्र तारकिणी, प्रदीपरत्न शाक्य, नारायण निराशी, प्रमोद स्नेही, प्रितिका खत्री, अच्युत घिमिरे, सङ्गीता सापकोटा, गायत्री विष्ट, नर्मदेश्वरी सत्याल, विनोद दाहाल, हेम प्रभास र साधुराम पोखरेल (५० जना)ले आआफ्ना कविता, गीत, गजल तथा तान्का वाचन गर्नु भएको थियो।
वाचित कवितामाथि समीक्षक एवम् कवि डमरु पौडेलले टिप्पणी गर्नु हुँदै गोष्ठीमा पुराना र नयाँ पुस्ताको जमघट साहित्य सन्ध्याले गराएको र सिक्ने सिकाउँने कार्यशालाका रूपमा लामो समयदेखि साहित्य सन्ध्याले सबैलाई मञ्च प्रदान गरि रहेको, पुराना स्रष्टाका उत्कृष्ट कवितादेखि नयाँ स्रष्टाका सिकारु कविता वाचन गरिएका, साहित्य सन्ध्याले आयोजना गरेको यस गोष्ठीको अभिप्राय भनेकै हरेक कविका कवितामा परिवर्तनको आकाङ्क्षा होस् अर्थात् यथास्थितिमा रूपान्तराको भावना अभिव्यक्त होस् भन्ने हो र यही नै प्रगतिशीलता हो। वाचित सबै कविताहरू समग्रमा चाहिँ राम्रा रहेका तर केही कवितामा कतै रूप सुन्दर तर अन्तरवस्तु कमजोर भने कुनैमा अन्तरवस्तु राम्रो तर रूप पक्ष कमजोर रहेको पनि पाइएको छ। वास्तबमा कविताले यथास्थितिको चरम उदात्तीकरण गर्नु पर्दछ, समयको विसङ्गतिलाई सशक्त ढङ्गले उजागर गर्नु पर्दछ त्यो अधिकांश कवितामा उजागर भएकै छ। राजनीतिक घोचपेच अलिक बढी र पीडित नेपालीका व्यथा अलिक कम प्रस्तुत भएका हुन् कि भन्ने पनि लागेको छ। स्पष्ट वैचारिकताका साथ सोद्देश्यमूलक सिर्जनाका लागि भने साहित्य सन्ध्याले फेरि पनि प्रशिक्षणमूलक कार्यशाला सञ्चालन गर्नु अझ बढी सान्दर्भिक हुन्छ भन्ने धारणा राख्नु भयो।
उपस्थित सबै स्रष्टालाई धन्यवाद दिँदै साहित्य सन्ध्याको उद्देश्य तथा अभियानका बारेमा समेत जानकारी दिई स्रष्टाहरूको निरन्तर सहभागिताको अपेक्षा सहित अध्यक्ष राम विनयले गोष्ठीको समापन गर्नु भयो।