‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने कार्य सम्पन्न

रमेश पोखरेल,

साहित्य सन्ध्याको ३४१ औँ कार्यक्रम भदौ १४ गते शनिवार अपराह्न १ बजे ‘नेपाल राष्ट्र बैङ्क, थापाथलीको सभाकक्षमा ‘वार्षिक कार्यक्रम तथा पुरस्कार अर्पण’ विशेष समारोहका रूपमा सम्पन्न भयो । साहित्य सन्ध्याका कार्य वाहक अध्यक्ष रमेश पोखरेलको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त भव्य एवम् विशेष समारोहका प्रमुख अतिथि वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता, संस्कृतिविद् डा.मोदनाथ प्रश्रित हुनु हुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा वरिष्ठ साहित्यकार, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् नेकपा एमाले सचिव प्रदीप ज्ञवाली उपस्थित हुनु हुन्थ्यो । अतिथिका रूपमा साहित्यकार भागीरथी श्रेष्ठ, सुमिना राना मगर, वरिष्ठ अधिवक्ता एवम् सभासद् अग्नि खरेल, वरिष्ठ सञ्चारकर्मी तीर्थ कोइराला, साहित्यकार नरनाथ लुइटेल, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, महासङ्घका महासचिव राजेश थापा, साहित्यकार तथा चिन्तक विष्णु प्रभात, गीता केशरी, माया ठकुरी, प्रा.डा.महादेव अवस्थी, जन गायक रामकृष्ण दुवाल उपस्थित हुनु हुन्थ्यो ।  

image

उपस्थित सबै विशिष्ट व्यक्तित्वलाई साहित्य सन्ध्याका सचिव देवी नेपालले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको शुभारम्भ प्रजिसा सत्याल, प्रलिसा अधिकारी र सामिप्य पुडासैनीले राष्ट्रगान गाएर भएको थियो ।

image

साहित्य सन्ध्याको कार्य समितिले २०&० सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मानबाट सम्मानित गर्ने स्रष्टा चयनका लागि प्रा.डा.जीवेन्द्र देव गिरीज्यूको संयोजकत्वमा साहित्यकार द्वय शान्ता मानवी र भागवत आचार्य रहेको स्रष्टा चयन समिति गठन गरेको र सो समितिले गरेको सिफारिसका आधारमा साहित्यकार भागीरथी श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरिएको जानकारी गोपालकुमार मैनालीले दिनु भयो । त्यसै गरी डा.मदनप्रसाद सत्याल र नर्मदेश्वरी सत्यालले मृत्युपछिका परम्परित संस्कार तथा कर्महरू कुनै पनि नगर्ने गरी पारिवारिक सहमति कायम गरी त्यस वेला खर्च हुने रकम अहिले नै रु.१,५०,०००।(अक्षय कोष खडा गरी शिक्षाका क्षेत्रमा, आयुर्वेद चिकित्साका क्षेत्रमा र असहाय बाल बालिकाको शिक्षाका क्षेत्रमा वार्षिक पुरस्कार तथा सम्मान अर्पण गर्ने उद्देश्यले साहित्य सन्ध्यामा कोष खडा गर्नु भएको र सो कोषको रकमको ब्याजबाट यस पटक आयुर्वेद अन्तर्गतको चार दशकसम्मको प्राध्यापन र ‘काय चिकित्सा’का क्षेत्रमा गर्नु भएको योगदानको सम्मान गर्दै पचासी बर्से डा.लक्ष्मीकान्त मिश्रलाई ‘साहित्य सन्ध्या(मन पुरस्कार तथा सम्मान’ अर्पण गर्ने र काभ्रेको कालिका प्रा.वि.मा कक्षा ४ मा अध्ययनत मातृ वात्सल्य विहीन सुमिना राना मगरलाई ‘साहित्य सन्ध्या(मन बाल प्रतिभा पुरस्कार तथा सम्मान’ अर्पण गर्ने निर्णय गरिएको जानकारी पनि मैनालीले दिनु भयो ।

image

सम्मानित स्रष्टा भागीरथी श्रेष्ठको व्यक्तित्वका बारेमा प्रकाश पार्दै स्रष्टा चयन समितिका सदस्य भागवत आचार्यले २००५ सालमा जन्मिएकी भागीरथी श्रेष्ठ मूलतः आख्यानकार भएकीले छ ओटा कथा सङ्ग्रह प्रकाशित भएका, दुइटा उपन्यास प्रकाशित भएका, तिन ओटा बालकथा सङ्ग्रह प्रकाशित भएका, हिन्दी उपन्यासलाई नेपालीमा अनुवाद गरी अनुवादक व्यक्तित्व समेत स्थापित भएको, सम्पादनको काम समेत गरेकी; कविता, गीत, निबन्ध पनि फुटकर रूपमा थुप्रै प्रकाशित भएका; सामाजिक यथार्थवादी कथाकार भएकीले दीनदुखीका पक्षमा साहित्य सिर्जना गरेकी, विभिन्न सङ्घसंस्थामा संलग्न रहनुका साथै विभिन्न सङ्घसंस्थाबाट सम्मानित तथा पुरस्कृत समेत भइ सकेकी, समाजको रूपान्तरणमा साहित्यले चेतना फैलाउन सक्छ, महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मान्यता राखी साहित्य सिर्जना गर्ने गरेको देखिएकाले उनलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्न सिफारिस गरिएको धारणा राख्नु भयो र सिफारिसलाई कार्यान्वयन गरी सम्मानित गरिएकोमा सम्मानित साहित्यकारलाई बधाई तथा शुभ कामना समेत दिनु भयो ।

image

डा.लक्ष्मीकान्त मिश्रको व्यक्तित्वका बारेमा प्रकाश पार्दै डा.जया सत्यालले ८०% जनसङ्ख्या गरिबीको रेखामुनि रहेको हाम्रो जस्तो देशमा त्यतिकै सङ्ख्याका जनता जडिबुटीका भरमा बाँचेका छन् । यति ठुलो सङ्ख्याका जनताको सेवामा समर्पित आयुर्वेद चिकित्सालाई सरकारी तहबाट समेत हेलाको दृष्टिले हेरिने गरेको तर डा.लक्ष्मीकान्त मिश्रले जीवनका चार दशकसम्म मानव जीवन रक्षाको कार्यमा आफूलाई समर्पित गर्नु भएको, सहप्राध्यापकसम्म भई प्राध्यापनको कार्य गर्नु भएकाले उहाँको त्याग, समर्पण र निष्ठाको सम्मान गर्दै ‘साहित्य सन्ध्या(मन पुरस्कार तथा सम्मान’का लागि सिफारिस गरिएको धरणा राख्नु भयो । त्यसै गरी आमा गुमाएकी निम्न वर्गका बाबुले लालनपालन गरेकी सुमिना राना मगरको शिक्षादीक्षामा सहयोग पुगोस्, उनको जीवन शिक्षाको उज्यालो घामबाट बञ्चित नहोस्, फुल्न, फल्न र मगमगाउन सकोस् भन्ने अभिप्रायले ‘साहित्य सन्ध्या(मन बाल प्रतिभा पुरस्कार तथा सम्मान’का लागि सिफारिस गरिएको जानकारी दिनु भयो ।

image

त्यसपछि साहित्यकार भागीरथी श्रेष्ठलाई विशिष्ट अतिथि प्रदीप ज्ञवालीले माला लगाइ दिनु भयो भने प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले दोसल्ला ओडाउनु भयो र रु.१०,०००।( राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गर्नु भयो । त्यसै गरी डा.लक्ष्मीकान्त मिश्रलाई अर्पण गरिएको रु.५,०००।( राशिको ‘साहित्य सन्ध्या(मन पुरस्कार तथा सम्मान’ उहाँ अशक्तताका कारण उपस्थित हुन नसक्नु भएकाले उहाँलाई पुर्याइ दिने गरी डा.जया सत्याललाई प्रदान गरियो । काभ्रेको कालिका प्रा.वि.मा कक्षा ४ मा अध्ययनरत सुमिना राना मगरलाई रु.५,०००।( राशिको ‘साहित्य सन्ध्या(मन बाल प्रतिभा पुरस्कार तथा सम्मान’ अर्पण गर्दै विशिष्ट अतिथिले माल्यार्पण गर्नु भयो भने प्रमुख अतिथिले दोसल्ला ओडाउनु भयो, सम्मान पत्र तथा पुरस्कार राशि प्रदान गर्नु भयो ।

image

त्यसै गरी २०३९ साल पुस महिनाको २ गते काठमाडौँको नपाल ल क्याम्पसमा साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरण गर्ने स्पष्ट उद्देश्यका साथ साहित्य सन्ध्याको थालनी गर्ने वरिष्ठ अधिवक्ता तथा सभासद् एवम् नेकपा एमाले केन्द्रीय सदस्य अग्नि खरेल, वरिष्ठ सञ्चारकर्मी तीर्थ कोइराला र साहित्यकार नरनाथ लुइटेललाई ‘साहित्य सन्ध्या सम्मान’ प्रदान गर्दै विशिष्ट अतिथिले माल्यार्पण गर्नु भयो भने प्रमुख अतिथिले दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गर्नु भयो । साहित्य सन्ध्याको इतिहास निर्माता मध्येका डा.गोपाल सिवाकोटी ‘चिन्तन’ पोखरामा रहनु हुने भएका कारण उपस्थित हुन सक्नु भएन भने उच्च प्रशासक राम आचार्य सम्मान ग्रहण गर्न आइ पुग्नु भएन । हरेक महिनाको २ गते गर्ने भनी थालनी गरिएको साहित्य सन्ध्या विदाको दिन पार्नु पर्ने रहेछ भन्ने ठानी पहिलो शनिवार गर्न लागिएको र यस कार्यक्रमले अविच्छिन्न रूपमा बत्तिस वर्ष पुरा गर्नुका साथै ३४१ औँ शृङ्खला पुरा गरेको छ ।

image

सम्मानित भएकाहरूमध्येबाट नरनाथ लुइटेल र तीर्थ कोइरालाले कविता वाचन गर्नु भयो, साहित्य सन्ध्याका तर्फबाट देवी नेपालले ‘सलाद जस्तो देश’ शीर्षकको सुन्दर एवम् बेजोड कविता वाचन गर्नु भयो । वरिष्ठ गजलकार रामबहादुर पहाडीले मुक्तक वाचन गर्नु भयो भने सुन्दर स्वरकी धनी इन्दु अंशुले गजल वाचन गर्नु भयो ।

image

साहित्य सन्ध्याको प्रकाशन ‘शब्द संयोजन साहित्यिक मासिक’को असार अङ्क भानु विशेषाङ्कका रूपमा प्रकाशित गरिएको र सो अङ्कलाई महिला विशेषाङ्क बनाइएकोले सो कृतिमाथि प्रा.डा.जीवेन्द्र देव गिरीले समीक्षा गर्नु भयो । ‘शब्द संयोजन’ले विभिन्न आदरणीय व्यक्तिहरूका १०० देखि १,००० पृष्ठसम्मका विशेषाङ्क प्रकाशित गरि सकेको, अरू सबैले गरेभन्दा फरक पारेर भानु विशेषाङ्कलाई महिला विशेष पारेको, यस अङ्कमा धेरै महिलाका भानुभक्तका सम्बन्धका धारणाहरू आएका, सबैको निष्कर्ष चाहिँ भानुभक्तले गरेका सकारात्मक कामलाई सकारात्मक रूपले तत्कालीन समय, परिस्थितिलाई विचार गरी मूल्याङ्कन गर्नु पर्ने भन्ने नै रहेको, भानुको रामायणले सामाजिक सद्भाव कायम राख्न र एकतावद्ध नेपाल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्ने दृष्टिकोण आएको; वधु शिक्षाका बारेमा भने आलोचनात्मक दृष्टिकोण आएका भए पनि तत्कालीन समय तथा परिवेशको ख्याल गरिनु पर्ने नै धारणा आएका, सूर्यविक्रम ज्ञवालीले भानुभक्तका बारेमा लेखेको ऐतिहासिक सामग्री साभार गरी राखिएको आदि सबै पक्षलाई हेर्दा शब्द संयोजनको यो अङ्क सङ्ग्रहणीय, पठनीय र उत्कृष्ट रहेको चर्चा गर्नु भयो ।

image

सम्मानित व्यक्तित्वका तर्फबाट वरिष्ठ अधिवक्ता एवम् सभासद् अग्नि खरेलले राजविराजमा सन्ध्याकाल पारेर नेपाली भाषाको सम्वर्धन गर्ने उद्देश्यले चलाइएको साहित्य सन्ध्याका परिकल्पनाकार तथा सहयोगी काठमाडौँ आएपछि नेपाल ल क्याम्पसमा भएको छलफलबाट सामाजिक रूपान्तरणको स्पष्ट उद्देश्य सहित साहित्य सन्ध्या गर्ने र हरेक महिनाको २ गते ३ बजे साहित्यिक गोष्ठी गर्ने भन्ने निर्णय गरिएको भए पनि शनिवार पार्नै पर्ने बाध्यता आयो र २०३९ पुसदेखि यसको थालनी गरियो । त्यतिखेर यो कार्यक्रम वा अभियानले यति लामो समयसम्म निरन्तरता पाउँछ भन्ने सोचिएको होइन, १२ औँ सन्ध्यापछि आफू अलग भएर पेसामा गएको र एकै पटक २&५ औँ कार्यक्रममा सहभागी हुन सकेको; इतिहासको कुनै कालखण्डमा जोडिएको मात्र मान्छेलाई पनि सम्झना गरेर, इतिहास खोतल्दै सम्मान गर्नु भएको र बोल्ने समेत अवसर दिनु भएकोमा संस्थालाई र संस्थामा योगदान गरि रहनु भएका अभियन्ताहरूलाई हार्दिक धन्यवाद दिन्छु भन्नु भयो ।

अर्का सम्मानित व्यक्तित्व साहित्यकार भागीरथी श्रेष्ठले समाज रूपान्तरणको बलियो हतियार साहित्य हुन्छ, साहित्य सिर्जना गर्नु पर्छ भन्ने प्रेरणा डा.मोदनाथ प्रश्रितबाट पाएको, सक्रिय राजनीतिमा आफू लाग्न नसके पनि तत्कालीन प्रतिकूल परिस्थितिमा सामाजिक रूपान्तरणका अभियन्ता प्रश्रित लगायतका राजनेतालाई सकेको सहयोग गरेको कारणले पनि भरोसा गरेर अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी गिरीज्यूले जन साहित्यिक मञ्च नेपालको सल्लाहकार बनाउनु भएको वेलामा भने सहयोग गर्न नसकेकोमा पछुतो भइ रहेको; साहित्य सन्ध्याले आज प्रदान गरेको पुरस्कारले जन पक्षीय साहित्य सिर्जनामा आफूलाई थप प्रेरणा दिएको धारणा राख्नु भयो र आफूलाई पुरस्कृत गर्ने साहित्य सन्ध्यालाई धन्यवाद दिनु भयो ।

विशिष्ट अतिथि प्रदीप ज्ञवालीले ३२ वर्षदेखि अविच्छिन्न रूपमा नेपाली प्रगतिवादी साहित्यमा लामो, सार्थक र परिणाममुखी यात्रा तय गरेकोमा साहित्य सन्ध्यालाई नै बधाई भन्नु हुँदै नेपाली समाजका किनारामा पु¥याइएका पात्रहरू विशेष गरी नारीका समस्या र पीडालाई जीवन्त रूपमा चित्रण गर्ने र सार्वजनिक गर्ने स्रष्टा भागीरथी श्रेष्ठलाई पुरस्कृत गरिएकोमा पनि बधाई दिन्छु, यो पुरस्कार राशि सानो रकमको भए पनि आन्दोलनको ऊर्जा बोकेको संस्थाको यो पुरस्कार गरिमामय रहेको, डा. मदन सत्याल र नर्मदेश्वरी सत्यालले मृत्युपछिका परम्परागत सामाजिक कर्म नगर्ने गरी कटौती गरी सो रकम समाजको उत्थानमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने कर्ममा खर्च गर्ने जुन निर्णय गरी पुरस्कारको अक्षय कोष स्थापना गर्नु भएको छ त्यो अत्यन्तै सराहनीय र अनुकरणीय छ । सन्ध्याको स्थापना कालमा योगदान गर्ने व्यक्तित्वलाई खोजी सम्मान गर्ने कार्यले इतिहासको सम्मान भएको छ । सन्ध्या आफैँमा एउटा आन्दोलन हो, अभियान हो र विद्रोह हो । यसले निरङ्कुशताका विरुद्धमा विद्रोहको आबाज घन्काएको छ । सांस्कृतिक मूल्यहरूको जगेर्ना गर्दै जनता र देशको लागि लेख्नेहरूको अहिले पनि अभाव रहेको छ त्यसैले यस्ता स्रष्टा तथा योगदान गर्ने व्यक्तित्वको छनोट गरी सम्मान गर्ने परम्परा ज्यादै अनुकरणीय छ, यसले निरन्तरता पाइ रहोस् भन्ने कामना व्यक्त गर्नु भयो र सम्मानित सबैलाई बधाई ज्ञापन गर्नु भयो ।         

प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले साहित्यकार भागीरथीलाई सुरुमा कविता, गीत लेख्न प्रेरणा दिएको; हाम्रो दुई परिवारका बिच मितेरी साइनो रहेको, राजनीतिक अभियानमा लाग्दा उनले विभिन्न खाले सहयोग गरेकी, राम्रो गीत गाउने क्षमता उनमा रहेको, उनको ‘मालती’ उपन्यास आफूले बनारसबाट प्रकाशित गरि दिएको संस्मरण गर्दै साहित्य सन्ध्या जस्तो जनस्तरको पुरस्कारले उनमा अझै देश र समाजको दायित्व बोध होस् र जन पक्षीय साहित्य सिर्जना अझ धेरै हुन सकुन् भन्ने शुभ कामना दिनु भयो । त्यसै गरी साहित्य सन्ध्याको इतिहास निर्माण गर्ने अग्नि खरेल, तीर्थ कोइराला, नरनाथ लुइटेल सामाजिक जीवनमा अहिले पनि रूपान्तरण अभियानमा कुनै न कुनै ठाउँबाट योगदान गरि रहनु भएका व्यक्तित्व हुनु हुन्छ । साहित्य सन्ध्याले उहाँहरूले प्रतिकूल समयमा गर्नु भएको योगदानको सम्मान गरेको छ । इतिहासको सम्मान गर्ने यो अत्यन्तै राम्रो परम्परा हो । यतिका धेरै सम्मान एकै पटक गर्न सकेको देखेर साहित्य सन्ध्या व्यवस्थित हुँदै गएको महसुस भएको, राजनीतिले साहित्यलाई महत्त्व नदिएको कारण यति लामो र अविच्छिन्न साहित्य सन्ध्याको सेवा तथा योगदान राज्यबाट सम्मानित हुन नसकेकोमा चिन्ता पनि जाहेर गर्नु भयो र सरकारसँग दबाबमूलक तबरले सहयोग मागी सन्ध्याको आफ्नो घर निर्माण गर्नु पर्ने धारणा राख्नु भयो । अहिले प्रगतिशील भनाउँदा नै ढोँगी भइ रहेको अवस्थामा प्राथमिक कालका भानुभक्तलाई गाली गर्नुको औचित्य नै छैन त्यसैले उनले गरेका सकारात्मक कामलाई हामीले समर्थन गर्ने र ग्रहण गर्ने फराकिलो दृष्टिकोण राख्नु पर्ने धारणा राख्नु भयो ।

समारोहको समापन गर्दै अध्यक्ष रमेश पोखरेलले २०३३ सालमा राजविराजबाट थालनी भएको साहित्य सन्ध्याका परिकल्पनाकार गङ्गाप्रसाद उप्रेती, अनिरुद्ध तिम्सिना र डा.केशवप्रसाद उपाध्यायलाई पहिलो चरणमा सम्मान गरिएको; शिशु देवकोटा, डा.भरतबहादुर कार्की, चूडामणि अधिकारी, खिलध्वज थापा र योगिश खरेललाई गत वर्ष सम्मान गरी राजविराजको पाटो समाप्त गरिएको र यस पटक काठमाडौँमा सोद्देश्यमूलक ढङ्गले सामाजिक रूपान्तरणकै लागि थालनी गरिएको सन्ध्याका संस्थापकहरू पाँच जनालाई सम्मान गरिएको र यो सम्मानको परम्पराले निरन्तरता पाइ रहने; यस पटक आठ जना पुरस्कृत तथा सम्मानित हुनु भएको छ, अब हरेक वर्ष यो क्रम चलि रहन्छ । साहित्य सन्ध्याको एउटा पुरस्कारमा यो वर्षदेखि थप दुइटा पुरस्कार थपिएका छन्, समाजमा निस्वार्थ सेवा गर्नेहरू छानी छानी सम्मानित गर्दै जाने, असहाय बाल बालिकाको शिक्षामा समेत योगदान गर्ने लक्ष्य रहेको जानकारी दिनु भयो र सभाकक्ष उपलब्ध गराइ दिने नेपाल राष्ट्र बैङ्क लगायत उपस्थित भइ दिने, कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै सबैलाई हार्दिक धन्यवाद सहित समारोहको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *