२०७२।०४।१६, काठमाडौं
स्रष्टा समाज काठमाडौं, नेपालको आयोजनामा यसपटक कविका स्वरहरुमा “भुकम्पले हल्लाएका केही कविताहरु ….” वाचन गरियो ।
प्रमुख अतिथि दिनानाथ शर्मा, समालोचक विनोद मञ्जन तथा कृष्णदेव रिमाल संचालक रहेको उक्त कार्यक्रममा भुकम्पले असरिर भएकाको सम्झनामा शसरिर उपस्थितहरुले १ मिनेट मौनधारण गरेपछि रातो र चन्द्र सुर्य राष्ट्रियगान बाट कार्यक्रम सुरुवात गरिएको थियो । कार्यक्रमको अध्यक्षता स्रष्टा समाज काठमाडौंका अध्यक्ष अतृप्त पाण्डेले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गायत्री विष्ट, मुकुन्द न्यौपाने, गोपाल नेपाल, बेञ्जु शर्मा, मञ्जु काँचुली, बिजयध्वज थापा, राधेश्याम लेकाली, मणि थापा, सरला शर्मा, मुरारी शर्मा, प्रमोद स्नेही, गीता खनाल, असिम सागर, बुद्धिराज पाण्डेय, राम विनय, गोपाल कुमार मैनाली, दिनानाथ शर्मा, शोभा दुलाल, प्रशान्त खरेल, मोक्तान थेवा, नर बहादुर वि. सि., देवकी के. सि., अतृप्त पाण्डेय, यस. पि. चौलागाईं, ओम कोईराला, धर्तीचन्द्र यात्री, खिमानन्द पोखरेल, कृष्णदेव रिमाल, पूर्णविराम लगायतका स्रष्टाहरुले आ-आफ्ना कविता, मुक्तक वाचन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दिनानाथ शर्माले साहित्यमा भावनाहरु अभिव्यक्त हुन्छन् र यी युगका प्रतिनिधि आवाजहरु हुन् भन्ने मन्तव्य ब्यक्त गर्नुभो ।
समालोचक विनोद मञ्जनले समालोचना गर्दै भन्नुभयो कविता सबैले लेख्नु पर्छ भन्ने छैन, जसले लेख्छ उसले लेख्नै पर्छ । कवितामा सौन्दर्य, कल्पना, विम्ब र प्रतीक हुनुपर्छ । बिम्ब भनेको छायाँ हो र प्रतीक भनेको चिन्ह हो । सबैभन्दा माथी समाज हुन्छ, जीवन हुन्छ र यसैको लागि कविता लेखिनु पर्छ । स्वयम् कवि भन्दा ठूलो समालोचक कोही हुँदैन । आउँदा दिनलाई पनि हुने गरि सृजना गरौं ।
सभाध्यक्ष पाण्डेयले बैशाख १२ गतेको महाभुकम्पले कवि मात्र होईन कविता पनि हल्लाएर जनजीवन मात्र होईन सृजना पनि प्रभावित भएकैले यो कार्यक्रम संचालन गरिएको हो भन्नुभयो । उपस्थित सबै स्रष्टा तथा स्रोता, खरो समालोचनाका साथ प्रस्तुत समालोचक तथा प्रमुख अतिथि सबैमा हार्दिक धन्यवाद सहित सभा विसर्जन गर्नु भयो ।