साहित्य सन्ध्यामा विशेष कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, मितिः २०६९।६।६

साहित्य सन्ध्याको ३२० औँ विशेष कविगोष्ठी आज शनिवार १ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष कविगोष्ठीको सञ्चालन सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीले गर्नु भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालका समकक्षी वयोवृद्ध स्रष्टा हर्ष स्याङ्बो, प्रगतिशील लेखक सङ्घका कार्यवाहक अध्यक्ष रामप्रसाद प्रदीप, राष्ट्रिय जन साँस्कृतिक महासङ्घका महासचिव खगेन्द्र राई, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, वरिष्ठ कवि कणाद महर्षि अतिथिको रूपमा उपस्थित हुनु हुन्थ्यो ।

गोष्ठीमा डिल्लीराज अर्याल, कमल जङ्गली, डिल्लीप्रसाद मुल्तिउन, हर्ष स्याङ्बो, गोपाल नेपाल, कणाद महर्षि, पुनाराम गिरी, रमेश गौतम पाल्पाली, नवराज श्रेष्ठ, उमा मिश्र, पुण्य गौतम विश्वास, बी.के.पाल्पाली, पार्वती राउत, मुक्तिनाथ शर्मा न्यौपाने, खगेन्द्र राई, प्रशान्त खरेल, डम्बर घिमिरे, नवीन निराकार, पञ्चकुमारी परियार, रवीन्द्र खड्का सङ्घर्ष, तारा गाउँले, बालाकृष्ण अधिकारी, ध्रुव घिमिरे, डम्बर पहाडी र सानु पहाडीले आआफ्ना कविता, गीत, गजल तथा लघुकथा वाचन गर्नु भएको थियो ।

वाचित कवितामाथि समीक्षक विनोद मञ्जनले टिप्पणी गर्नु हुँदै स्रष्टाले सदैव यथास्थितिको विरोध गर्ने, आतङ्कवाद र गर्भपतनले विश्व साहित्यमा स्थान प्राप्त गरेका तर यथास्थितिको विरोध र रूपान्तरणको पक्षमा भने त्यतिको सक्रियता नदेखिएको, आजको सन्ध्यामा वाचित कविताले समसामयिक अवस्थाको चित्रण गरेका र रूपान्तरणको आग्रह गरेकाले गोष्ठी समग्रमा उपलब्धिमूलक रहेको धारणा राख्नु भयो ।

उपस्थित अतिथिज्यूहरू, आमन्त्रित व्यक्तित्वहरू सबैलाई धन्यवाद दिँदै साहित्य सन्ध्याले साहित्यका माध्यमबाट सामाजिक, साँस्कृतिक रूपान्तरण गर्ने उद्देश्य तथा अभियानको यात्राले लामो फड्को मारेको, अविच्छिन्न मासिक गोष्ठी गरी साहित्यका माध्यमबाट समाजिक रूपान्तरणको अभियान सञ्चालन गरि रहेकाले आगामी महिना फेरि कुनै विशेष कार्यक्रम सहित यहाँहरू सबैलाई उपस्थितिको आग्रह गरिने जानकारी सहित गोष्ठीको समापन गर्नु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *