घाम हाँस्छ धर्ती हेर्दै पानी-झरी परे पछि,  त्यसै गरि नयन हाँस्छ धेरै आँसु झरे पछि ॥  जिउँदो हुँदा वास्ता छैन मानिसलाई मानिसकै, ‘ला बाबै खा केरा ‘भन्छन आफ्नो  मरे पछि ॥  तर्नु भन्दा पहिले नै किनार थाहा नहुनेलाई ,    फर्की हेर्छन तिनैले नै त्यहि खोला तरे पछि ॥  पाप-पुण्य भन्ने कुरा मानिसलाई मात्र होइन,   देऊताले नि भोग्नु पर्छ धेरै पाप गरे पछि ॥ Continue Reading

–  किरण टी लिम्बू  नींद नहुने भए सपनीको के नै अर्थ हुन्छ र रात नहुने भए बिहानीको के नै अर्थ हुन्छ र ।। यो अर्थै-अर्थले जेलिएर अल्झेको मायावी संसारमा, माया नभएको भए जिन्दगानीको के नै अर्थ हुन्छ र ।। रीतिथिति,धर्म र दायित्व निभाउनै पर्ने समाजमा, घरबारै नचाहनेलाई अर्धाङ्गिनीको के नै अर्थ हुन्छ र ।। आमालाई मायाकी खानी पुजिने मन-मन्दिरमा, ममता नभएको भए जननीको केContinue Reading

 – पोष्टराज चापागाइ लौन भारत, सत्य बोल् त, तेरो हो सुस्ता ? इतिहास पढी हेर् त , मेरो हो सुस्ता ! नेपालीको रासोबासो सबै लुटदै, तेरा डाका आई बस्ने डेरो हो सुस्ता ? विशाल त्यो नेपालको छाती रेटेर, मेरी आमा ! भनी लाको बेरो हो सुस्ता ! आफ्नो देश रक्षाContinue Reading