तारा खसेको समय -(रामप्रसाद प्रसाईं)

खस्दै गरेका ताराहरु
आम सडक रोइरहेको समय विम्वमा
युगले युगान्तकारी शुन्यता घोषणा गरिरहँदा
जन्मदै गरेका बिहानीहरुमाथि
टारबारीका पालुवाहरुको फल्ने फुल्ने
प्रतिलिपि अधिकार हडप्दै
गेट्स समयका घनचक्रमा
हुर्कदै गरेका रोर्बटका मान्छेहरु
खुशियाली मनाइरहँदाछन्
युग खसेर मझेरी रक्ताम्मे भएको बेला
बहुराष्ट्रिय चाउचाउ कम्पनीहरु आतसबाजी गरिरहँदाछन्
ऊ झर्यो त आकाश खस्यो भन्दै
तर यहाँ
ऊ झर्दैमा आकाश झर्दैन

ऊ डुब्दैमा समुद्र पनि सुक्दैन
किनकि
उसमा वैचारिक भूगोल बाँच्छ
वैचारिक भूगोलमा ऊ बाँच्छ
समाजको कायापलटमा युग युग बाँचिरहनेछ ऊ

मानवमुक्तिको महावर्णनमा
अनन्त विडम्वनापूर्ण निष्कर्ष छः
“आधुनिक होमोस्यापिन्जहरु
भूमण्डलीकृत विश्व मानस सन्तान भएको भानमा
खेपिरहेछन्
मानसिक प्रोल्याप्सिस्”,

(स्व. ह्युगो चाभेजप्रति शब्दाञ्जली)

…………………………

रामप्रसाद प्रसाईं
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल

Related posts:

Leave a Reply

Your email address will not be published. Required fields are marked *