बिपना उर्फ श्रीमती – बिप्र

-बिप्र

बोकेर नसकेको एक बिटो
सुकेको खर जस्तो सपना
आज त लगिसकेछ – कोहि कसैले कतै !

र पो रहेछ –
भोलिपल्ट – घरको बुइकलभरिको
पानीको आहाल पन्छाउन
मेरी श्रीमतीले व्यायाम गर्नु परेको !

र पो रहेछ –
भोलिपल्ट – घरको बुइकलभरिको
पानीको आहाल पन्छाउन
मेरी श्रीमतीले व्यायाम गर्नु परेको !

र पो रहेछ –
मैले सपनामा देखेजस्तै मुठाका मुठा
खरलाई धुरी चढाउनु परेको !

धुरीजस्तै गरी फाटेका मनहरुमा
कहिल्यै बस्न सक्दैनन् सपनाहरु
कहिल्यै हुँदैन सपना र सपनाको प्रेम
एक पटक फाटेपछी मनको धुरी
जतिपटक जसरी जसरी सिएपनी
बस्न नसक्ने हुनेरहेछ मन !

र पो-
बोकेर नसकेको एक बिटो
सुकेको खर जस्तो सपना
आज त लगिसकेछ – कोहि कसैले कतै !

कहिलेकाही घरको घुरीजस्तै
मन पनि भैदिए हुन्थ्यो – जस्तो लागिरहन्छ !

खरहरु बदलिरहने – धुरी
सपनाहरु बदलिरहने – मन

र पो
एकोहोरो टोलाएर आफैंले छाएको
धुरी हेर्दै बसेको हुँदोरहेछु आजकल !

सायद मेरी श्रीमतीले सहि भनेकी हुन् :

”श्रीमान – तपाईंले अझै कयौं पटक
यो धुरीको खर फेरेको बिपना देख्नुछ, मैले” !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *