मेरो डेड सी भ्रमण

– भगवती बस्नेत

आल्हादित हुदै यात्रारत यात्रीहरु
पानीले निथुर्क्क भिजेका बाटाहरु
सडकपेटी चिहाइ रहेका जैतुनका बोटहरु
घुम्ती, मोड सुरुंग हिउँका डिस्काहरु
जेरुसेलेमको   बेथलहेम शहर छिचोल्दै
कतै रेगिस्तानको मरुभुमि
हिडिरहेका उँट र खच्चडहरु
स्वच्छन्द उडिरहेक चराहरु
सब्बातमा निर्जन सुनसान सडक
निरन्तर अघि बढिरहेको यात्रा !!

इजरायल,जोर्डनको सिमा छुटाएरदक्षिण बगेको
लेबनानी हवासंगैअनुपम सौन्दर्यमा मुस्काई रहेको मृत सागर हेरेर
खलिल ग्रीब्रान सम्झदै थिएँ
मेरो ह्रदयमा “प्रोफेट”हरु सल्बलाई रहे
मैले मेरो प्यारो देश सम्झिएँ यतिबेला
अनि भनिदिए यो कतै डेड सी हो
अनि कतै स्वयम् म !

समुन्द्रको पारी देखिने पहाड झैँ अग्लिएको मन
सागर जस्तै गहिरिएर आँखामा बसेको मनमोहक दृश्य
नुतन हावाको स्पर्शले लठ्याएका अंगहरु
सागरको तटमा संगालेको अनगिन्ती खुशीहरु
मनभरी र पोल्टाभरि संङ्दैगाल्दै थिएँ
गोधुलीसाँझमा बिनालुडको पहाडबाट
सन्देशहरु आए
उठ सखारै भैसक्यो
भोलि तिमीहरुलाई अनन्त निद्राले छोप्नेछ
अहिलेलाई उठ
यी खैयामीहरफहरुले को बिउझिन्न र ?
यस्तै यस्तै रह्यो मेरो डेड सी भ्रमण !!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *